Techie IT
शनिबार, वैशाख ६,२०८२

नयाँ वर्ष 


प्रकाश तिवारी

बिस्तारै हिंड बिस्तारै हिंड नयाँ वर्ष

तिम्रो गति संगै

मेरो बुढेउली झन् छिटो बढ्छ

मलाई यो पनि थाहा छ

तिम्रो हरेक वृद्धिले

मलाइ बुढेउलीको नजिक पुर्याऊँछ

उजाड जर्जर रंगहीन बनाऊँछ ।

तेसैले त म

तिमीसङ्ग झस्केको छु ।

तिम्रो पदचापसंग तर्सेको छु

म त संधै

जवान रहन चाहने मान्छे

 

यो कस्तो मेरो बुद्दु सोच

कस्तो आलोकाँचो बिचार

किन मलाई था नभएको ?

तिम्रो क्रमिक वृद्धिले

मलाई थप नयाँ अनुभव

पनि त दिन्छ ।

एक नयाँ छितिज पनि त देखाऊँछ १

जुन मैले

आजसम्म नदेखेको

नभोगेको  हुनसक्छ।

जुन हिजोभन्दा समुन्नत

कालजयी पनि हुनसक्छ ।

 

तेसैले

ए मेरो नालायक मन

मेरो हरिलठक तन

जा ढोलक ठटा

आशाको सङ्गीत बजा

उमङ्गको गाना गा

खूद नांच् अरुलाई नँचा

हौसलाको वीणा उठा ।

 


क्याटेगोरी : विचार/बहस
ट्याग : #नयाँ वर्ष, #प्रकाश तिवारी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Drizzle
5:33 am6:31 pm +0545