आमा तिमी कति निःस्वार्थी
स्निक्ता दाहाल
दिनभरि पढेर स्कुलबाट घर पस्ने बित्तिकै झोला ढोकामै फ्यालेर खेल्न जानु अगाडि मुखबाट निस्कने पहिलो शब्द ‘आमा’ । कहीँ कतै गएर घर आँउदा अहिले पनि हेलमेट ठाँउमा नराखी सुरुमा मेरो मुखबाट निस्कने शब्द नै आमा हो । केहि काम नपरे पनि आमालाई घरमा नदेख्दा मन चाँहि खिन्न नै हुन्छ।
‘आमा’ आहा कति प्यारो शब्द । हरेक मानिसको जीवनको एउटा निःस्वार्थ पात्र । जगतकै परम शब्द हो, ‘आमा’। बोली फुट्दा उच्चारण गर्ने पहिलो शब्द ‘आमा’, छक्क पर्दा ‘आमा’ दुःखमा होस् या त सुखमा उही आमा मात्र आमा । नौ महिनासम्म गर्भमा राखेर संसार देखाउने ‘आमा’ शिक्षाको पहिलो हरफ, घाउमा लगाउने मलम, घाम पर्दाको छाया या त भनौं ठेस लाग्दाको साहारा। जीवनको एउटा यस्तो पात्र जस्ले निस्वार्थ रुपमा माया गर्न जानेको छ।
सानो रुघा खोकि लाग्दा, ज्वरो आएर दैनिक रुपमा बिरामी हुँदा मलाई सधैँ नजिक चाहिने मेरि आमा भने कहिल्यै पनि मलाई सञ्चो छैन भनेर सुतेको आज सम्म पनि याद छैन मलाई। आमा मामाघर जाने थाहा पाएपछि म स्कुल गएको बेलामा छलेर मामाघर जाने मेरि आमा २-४ दिन मामाघर बसेर फर्कदा भान्छा कोठाका नुन, तेल देखि ओछ्यानका लुगाहरु भने अस्त व्यस्त हुन्थ्यो।
अहिले सम्झन्छु । बिहानै उठेर सबै काम सक्काएर मेरो सानो भाइदेखि बुढि हुनुभएको आमालाई खाना दिएर घरको धन्दा सक्काएर पढाउन स्कुल जानु हुन्थ्यो। काम गरेर घर आएपछि दिनैभरिकै भारि बिसाउन नपाँउदै फेरि घर सफा गर्न पट्टि लाग्नुहुन्थ्यो। त्यति मात्र होर अब छोरिलाई होमवर्क पनि त सिकाउनु थियो। घरमा चकचक गर्न पनि त धेरै सिपालु थिएँ म। त्यहि पनि त्यति कामको चाङ्ग पुरा गर्दा पनि आमालाई थकित भने कहिले देखिनँ ।
जे देख्यो त्यहि चाहियो भनेर रुने र जिद्दी गर्ने बच्चा त थिइनँ म तर पनि कहिले काँहि केहि चिज माग्दा नकिन्दिएपछि लोभीको संज्ञा दिने गर्थेँ म । अहिले यसो सम्झन्छु चाडबाड कति आए कति गए नयाँ लुगा आफूलाई भनेर किनेको थाहा नै छैन । मलाई त हरेक चाडबाडमा सधैँ नयाँ लुगा ल्याइदिनु हुन्थ्यो। चाडबाड आएसँगै घरमा आफन्तको घुइँचो हुन्थ्यो। मलाई त चक्लेट खान पाउँदा त आफन्तहरू सधै आइरहून् जस्तो लाग्थ्यो तर मेरी आमालाई खाना पकाउँदा र भाडा माझ्दा नै १२ बज्थ्यो। तिजको दिन आफ्नो व्रत हुँदापनि बिहानै उठेर नुहाई धुवाई गरेर हामीलाई खाना पकाएर खाना खान दिएर पूजा गर्न निस्कनुहुन्थ्यो। मेरो आमाले ममाथि खर्चिएको समर्पण मैले निकै नजिकबाट देखेको छु।
एउटा मात्र रोटि भए पुग्छ आमा भन्दा २ वटा रोटि दिने मेरि आमाले सबै जनाले खाएर उठिसकेपछि मात्र खान बस्नुहुन्थ्यो । त्यसो त आमालाई सबै परिवार सँगै बसेर खाएको त मैले कहिल्यै देखिनँ तर आमाले पकाएको दालको झोलको अगाडि अरु कसैले पकाएको गुलियो खिर पनि खल्लो लाग्थ्यो ।
एउटा उखान छ नि ‘अरुको लाख आमाको काख’ । साँच्चै नै हाम्रा बाजे बराजुले उखान त खोजेरै मिलाएरै राखेका रहेछन् नि !!
क्याटेगोरी : विचार/बहस
ट्याग : #snikta dahal, #आमा तिमी कति निःस्वार्थी, #स्निक्ता दाहाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ४तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ५काभ्रे कबड्डी लिग हुने, बिजेतालाई ३० हजार
- ६पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
- ७तारकेश्वरमा एक महिनादेखि प्रमुख प्रशासकिय अधिकृत नहुँदा जनताका आधारभूत काम ठप्प , भुक्तानी, ठेक्का सम्झौतादेखि बिषयगत शाखाका कर्मचारी टिक्नैसकेनन
- ८यात्रुवाहक बसमाथि फपिङ प्रहरीको निगरानी : रौतहटका युवा लागुऔषध सहित पक्राउ
तपाईको कमेन्ट लेख्नुहोस्