हार हो कि मेरो जित ?
कठै मेरो काँठ !

सँचाइको अपर्याप्तताका कारणले हो वा फरक खाद्यान्नको स्वादले खानामा सहजता ल्याउँछ भनेर हो, वर्षामा धान र हिउँदमा गहँुको खोतीले प्राथमिकता पाउँथ्यो मेरो काँठको खेतमा । यसलाई पहिलो पिँढीका बाजेहरूको भनाइलाई मान्ने हो भने हिउँद र वर्षायाममा लगाइने छुट्टाछुट्टै बाली नै प्रकृतिमैत्री बालीको रूपमा लिइन्थ्यो रे पहिले–पहिलेदेखि नै । हिउँदका समयका कुरा गर्ने हो भने फाँटमा लहलह गहुँका बोटले हरियाली छाएको देख्न पाइन्थ्यो । फागुन चैत्रमा लाग्ने फिरफिरे बतासले यता र उता गर्दै फर्काएको गहुँको हरियो पात अनि तोरीको पहेँलपुर हुनेगरी लागेको पूmलले मनलाई हलुङ्गो र प्रफुल्ल बनाइरहन्थ्यो । बारीमा खनिएको माटो फिरफिरे बतासले यताउता लैजाँदा फुस्रो छारोले आँखा चिम्ल्याउने बनाउँथ्यो । प्रकृति सधैँँ बराबरीको हिसाबमात्र जान्दछ, त्यसैले तातेको हावालाई आफैले चिसो पार्न केही बढी हावा प्रवाह ग¥यो भने भन्ने गरिन्थ्यो— ‘चैते हुरीले घर–कटेराको छानो नै उडाउलाजस्तो छ । आँखामा परेको छारोको के कुरा गर्नु !’
भूमिकै शक्तिको रूपमा भन्ने हो भने उर्वर भूमिको कमीका कारणले यसले काँठको संज्ञा प्राप्त गरेको होला ! यहाँका बर्खेभन्दा हिउँदे बालीलाई सिँचाइको कमी हुने गर्दछ । घोकन्ती विद्या धाउन्ती खेती— रात साँझ नभनी धाउन्ती गरेपछि मात्र अन्नको उब्जनी हुने गर्दछ । त्यसैले गहुँमा पानी लगाउन भनेर रातभरि अनिँदो र भोलिपल्ट कक्षाकोठामा गुरुले फलाकिरहँदा आपूmले देखेको सपना र पछाडि बेन्चका साथीले तानेको टुप्पीको झस्काले बिउँझेको कुरा गरेर साध्य नै छैन । यसरी मेहनत गरेपछि मात्र खेतमा गहुँ पहँेलपुर हुन्थ्यो । साधारण तथा वैशाख–जेठमा गहँु तयार हुन्थ्यो ।
भित्र्याउने वेलाको हिसाबले भन्दा गहुँलाई झन्झटिलो बालीको रूपमा हेर्ने गरिन्छ । गहुँ भित्र्याउनका लागि घाम र पानीको राम्रो व्यवस्थापन गर्नुपर्ने हुन्छ । घाम लागेको वेलामा छिटोछिटो गरेर भित्र्याउन सकिएन भने पानी परेपछि गहुँलाई छ्वालीबाट छुट्याउन असजिलो हुन्छ । लामो समय पानी पर्न गएर गहुँ खेतमै उम्रिनेसमेत हुनजाने कारणले पनि छोटो समयमा यसलाई भित्र्याइसक्नुपर्ने हुन्छ । जनशक्तिको कमीका साथै सबैलाई काममा सहभागिता गराउँदा अपनत्व बढ्छ भनेर होला, के विद्यार्थी के अन्य पेशाकर्मी सबैले बिहान चार बजे नै खेतमा पुगेर बिहानै एक भारी गहुँ ल्याएर मात्र अन्य कार्य गर्ने काँठको दिनचर्या हुन्थ्यो गहुँ भित्र्याउने बेलामा ।
वैशाख जेठको समयमा बारीमा रोपिएको मकैले हरियारी छाउन खोजिरहेको हुन्थ्यो । बारीमा पानीको माग अनि खेतमा घामको माग प्रकृतिले राम्रैसँग व्यवस्थापन गरिरहेको देखिन्थ्यो । मानिसलाई सहज रूपमा अगाडि बढ्नका लागि प्रकृतिप्रेमी हुनुपर्दछ, अर्थात् प्रकृतिले जुन समय जसरी व्यवस्थापन गरेको छ, त्यसरी नै आपूmलाई व्यवस्थापन गर्नसके सहज अवतरण हुन सकिन्छ । कृत्रिमताले क्षणिक सफलता देला तर दीर्घकालीन सफलताको लागि प्रकृतिको आदेश बमोजिम अगाडि बढ्नुपर्ने हुन्छ ।
काँठक्षेत्रका मानिस पनि घाम वा पानी जुन समय जे आइपर्छ, त्यसलाई व्यवस्थापन गरेर हुर्किएका हुन्थे । घाम लागेको वेलामा गहुँ काट्ने, बोक्ने, चुट्नेको बाहुल्य देखिन्थ्यो भने पानी परेर बारीमा चिस्यान छाएको वेला मकै, बोडी, सिमीलगायतका बाली लगाउने, गोड्ने आदि कामको व्यवस्थापन गरेर जीवन निर्वाह गरिरहेका हुन्थे । थोरबहुत समय अन्य पोशा वा व्यवसायमा रहे पनि अधिकांश पूर्ण कृषकको रूपमा जिइरहेको देखिन्थ्यो ।
कृषक परिवारमा हुर्कने उमेरका बालबच्चाका लागि जेठ र असारमा कोदाली लिएर खेतमा जाँदाको रौनकै अर्कै हुन्थ्यो । दुईचार जना साथीभाइलाई अगाडि पछाडि लगाएर मच्चाएको कोदालीले कतिको प्रशंसा पाउँथ्यो भने कतिको उपहास । सच्चा कृषक बन्न चाहनेले आएका सबै विषयहरूलाई आउँदा दिनको लागि प्रसाद सम्झेर कार्यसम्पादन हुन्थ्यो ।
काममा सहजता होस् भन्ना खातिर समूहमा खेतिपातीको कार्यसम्पादन हुन्थ्यो । एउटाको काम गरिदिएवापत अर्कोलाई पनि काम गरेर न,ै अर्थात् श्रमको आदानप्रदान गरेर नै श्रमजीवीहरू जिइरहने चलनलाई मेलापर्म भन्ने गरिन्छ । मेलापर्मका आधारमा खेती हुने चलन होस्टेमा हैँसे काँठको एउटा विशेषता मानिन्थ्यो । सबैको रोपाइँ भइसकेपछि कुनै खेत बाँझो देखियो भने सोधखोज गरेर सबै मिलेर रोपाइँ गरिदिने चनन, ‘मै खाऊँ मै लाऊँ’भन्दा माथि उठेर गरिने सबैलाई सँगै लिएर हिँड्नुपर्छ भन्ने समभाव अर्थात् व्यावहारिक कम्युनिजम काँठमा देखिने व्यवहार हो ।
आज देशमा कम्युनिष्ट पार्टीहरूको जन्म र विस्तार भएको सुनिन्छ÷देखिन्छ तर त्यसलाई समाजमा आइपर्ने असजिलाहरूलाई सबै मिलेर समाधान गरी सकारात्मक रूपान्तरण गर्नको लागिभन्दा पनि आफ्नो समूहको हितमा अगाडि बढ्न प्रयोग भएको देखिन्छ । आफ्नाको लागि सात खुन माफ र अरूको लागि विविध विषय देखाएर होस्टेमा हैँसे गर्नुको सट्टा उल्टै पल्टाइदिने परिपाटीको नराम्रोसँग विकास हुँदै आएको देखिन्छ ।
समाज रूपान्तरणको लागि नमुना बन्नपर्ने वर्ग नै आसेपासेको विकासमा केन्द्रित भएको भान आज हुन थालेको छ । आजको समाजले बुझेको विकास भनिने विषय क्षणिक फाइदाको लागि सीमित वर्गको लागि मात्र हुनेगर्दछ । मानिसको लागि हुने रूपान्तरित विषय नै वास्तविक विकास हो । त्यो नै दीर्घकालीन हुन्छ, स्थायी हुन्छ, सबैले पचाउनसक्ने खालको हुन्छ ।
वर्षायाम सकिएर शरदले आफ्नो पौँजा फैलाउन अगाडि बढेपछि भने काँठको रौनक नै अर्कै खालको हुने गर्दथ्यो विगतमा । मकैको बोटमा पलाउन थालेको धानचामरले खोड्ने बास्ना र धानको बोटका पालले छोड्ने बास्नाको त कुरै नगरौँ, कति मग–मग हुन्थ्या— फाँट झरे पनि पाखा चढे पनि त्यस वेला । शहरिया मानिसले आफ्नो शरीरलाई बास्नादार बनाउन प्रयोग गरेको अत्तरले के भ्याउनु प्रकृतिले उपहार स्वरूप दिएको समयानुकूलित बास्नालाई, कुनै समय पूmलको बास्ना त कुनै समय फलको बास्ना ।
सुगन्धितको अनुपम मेल भन्नुपर्छ काँठलाई । मौरीको हुनहुनाकारदेखि चराको फरक–फरक आवाजमा काँठ झल्किने खालको हुन्थ्यो । न चराको चिरबिरे पनमा अधिकता, न मौरीको हुङ्कारमा अधिकता सबैले आ–आफ्नो पनमा मधुरता फगत काँठेको लागि दिइरहेको महसुस हुन्थ्यो ।
वर्षायामको साँझपख हल्का उकालो लागेको कुहिरो अनि लिरिलिरिल्याङको ध्वनि मधुरतामा थपिने थप स्वाद त्यसैगरी भाद्र–आश्विनतिर सुनिने÷देखिने ढुकुरकुर गर्दै भाले ढुकुर पोथीको वरिपरि नाचेको मधुरम दृश्य मानिसले नारीलाई गर्नुपर्ने सम्मानको प्रतीक मान्ने हो भने मानिसले गर्ने प्रेमले के पो भ्याउँछ र ! बाँसको झ्याङमा बसेर चिरबिर गर्ने सारङले त झन् मानिसमा उपमा छर्न सफल भएको मान्नुपर्छ । धेरैजना एकैपटक अरूको कुरा नसुनी आपूmमात्र बोल्न थाले भने सुन्नेहरूले — कस्तो बाँसको झ्याङमा सारङले बास बस्न लागेकोजस्तो कराएका भनेर अधिल्ला पिँढीका व्यक्तिले भन्ने गरेको सुनिन्थ्यो ।
यसो जङ्गलतिर पाइला चाल्यो भने को हो ? को हो ? भन्दै कोइलीले आफैलाई सोधेको जसरी सोधनी गरेको आवाज सुन्ाको आनन्द शब्दका दुईचार हरफले केको भ्याउँछ र ! तीनतिर तिक्रिक्क भन्दै बुटोभित्र बसेको तित्रा चराले निकालेको आवाजलाई सिकारीले पच्टयाउँदै सिकार गरेजसरी धैरै कुरा गर्ने मानिसलाई आफ्नै कुरा कता चिप्लिएको थाहा नहुँदै अर्काले कुरैकुरामा समात्न सक्ने भएर होला बाजेहरूले भन्ने गरेको सुनेको थिएँ ‘तित्राको मुखै बैरी’ भन्ने खालको उखान काँठमा चल्दथ्यो ।
अहिले थरीथरीका बोट–बिरुवाको विनाश भएर होला, न हुङ्कार न चिरबिरे पन । यस्तो आवाज सुन्नुप¥यो भने विद्युतीय सामानको प्रयोग गरेर बस्नेहरूको जमात पनि देखिन थालेको छ । जुन वेला प्रकृतिले आफ्नो स्वरूपको दर्शन दिएर मधुरम् मधुरम् आवाज मानवलाई निःशुल्क दिइरहेको थियो, त्यसलाई संरक्षण गर्नुको साटो नयाँपनमा प्रवेश गर्ने नाउँमा विनाशको बाटोतर्फ उन्मुख भइयो भने अहिले त्यही प्राकृतिक स्वाद खोजेर कहाँ पाउनु ?
चलन परापूर्व कालदेखि समाजलाई सकारात्मक बनाइराख्नका लागि चल्दै आएको अलिखित नियम कानून हो । हावापानी प्रकृतिक बनोटलाई मध्यनजर राखेर समय सान्दर्भिक बनाउदै सबैलाई पाच्य हुनेखालको भएमा मात्र दीर्घकालसम्म चल्न सक्दछ, अन्यथा यसमा पनि विविध किसिमको उतावचढाव पैदा भई चाहेकोजस्तो नहुन पनि सक्दछ । कुनै समूह वा वर्गले आपूmलाई अनुकूल हुनेखालको अर्को चलन वा रीतिको श्रीगणेश गरेर अगाडि बढ्न पनि सक्दछ । तर यो विषय त्यति सजिलो चाहिँ होइन र असम्भव भन्ने त झनै होइन । हर विषय हर समयको लागि सम्भव र असम्भव दुवै हुन सक्दछ । चलनकै कुरा गर्दा काठमाडौँको काँठमा गोरु प्रयोग गरेर खेतबारी जोत्ने चलन िएन ।
यो क्षेत्र पशुपतिनाथको क्षेत्र अनि गोरु नन्दीको प्रतीक भएकाले नजोतेको भन्ने भनाइ हजुुरबा पिँढीबाट यो पङ्क्तिकारले सुनेको थियो । त्यसैले खेतबारीमा कोदाला कोदालीकै भर हुन्थ्यो । जेठको खेतखन्दा खान पाएको मह र ध्यू घसेको रोटी (घ्यूसँग महको मिलन स्वस्थ्यकर हुँदैन भने पनि त्यस वेलाको भोगाइ हो ।
अनि मङ्सिरमा खान पाएको फाँटमै लगेर पकाएको दालभात र दहीको स्वाद सम्झँदा आजका दिनमा पनि जिब्रो नै जलमग्न हुन्छ । काम नगरी खाएको वन भतेरभन्दा कोदाली खनेर खाएको दालभात होस् वा घ्यू दलेर फाँटमा पठाएको रोटीले पारेको स्वादको महिमा बयान गरेर साध्य नै छैन । श्रमले पसिना मानव शरीरबाट बाहिरेपछि जठाराग्निले मागेको वेलामा दिन सकेको पेय तथा खाद्यपदार्थ नै वास्तविक रूपमा शरीरले सहर्ष स्वीकार गर्ने गर्दछ । स्वीकारको प्रतीक नै स्वादमा प्रतिविम्बित भएकोले होला पेय तथा खाद्यबस्तुको महिमा अविस्मरणीय भएको ।
आपूmलाई हुनेखाने भन्न रुचाउनेहरूले पहिले होस् वा अहिले वन भतेर सधैँँ खान्छन् होला ! तर हुँदा खाने अधिकांश काँठे बालबच्चाको लागि हिउँदमा अमलाको रूखमुनि भात पकाएर त्यही भातलाई आफ्ना इष्टदेवसमेतलाई अर्पण गरेर खाने र नाचगान गर्ने चलन स्मरणीय लाग्नु स्वाभाविकै हो । यस्तो चलन अन्यत्र छ छैन, थाहा भएन तर काँठमा थियो । आज ती समयसापेक्ष नभएर हो वा के कारणले हो संस्कार हस्तान्तरण हुन सकेको जस्तो लाग्दैन ।
आजका बच्चाका लागि सबै अरूले गरिदिनुपर्ने भएर होला त्यतातिर ध्यान गएको पनि देखिँदैन । सँगसँगै अभिभावकले पनि अभि्रेरित गरेको सुनेको÷देखेको छैन । गाउँका अमलाको बोट मासियो भने बच्चाले पिराउलान् भनेर पनि अभिभावकले यस्ता कुरा गर्न छाडेको हुन सक्दछ । भूमि अतिक्रमितमा परेर भएका बिरुवा सबै नाश भइसके भने नयाँपनको खोजी पहिलेका कुरा खुइले भन्ने जमातको बाहुल्य हुन थाल्यो । वनभोजकै विकसित रूप रे पिकनिक । घरबाट बाहिर गएर खाना÷खाजा खाने अनि माइक लगाएर विभिन्न थरीका गीत बजाउन,े आफै भुक्ने । पार्कहरूको निर्माण हुँदै छ काँठका खाली डाँडा र चौरहरूमा । आयातीत संस्कारलाई सकेसम्म चाँडै भित्र्याउन पाए के के न हुन्थ्यो भन्ने जमातको बाहुल्य भएको भएर नै मौलिक वनभोज धर्ती पूजाआजाको चलनमा ह्रास आएको हो भन्न सकिन्छ ।
साउनको कोदाबारी खन्दा निस्केको पसिना र मकैको पातले लछारेको सम्झँदा यस्तो पनि जीवन हो र ! भन्ने लाग्नु स्वाभाविकै होजस्तो लाग्दछ । शरीरलाई कष्ट दिएर पनि फेरि शरीरकै लागि भनेर खानुपर्ने कस्तो विचित्रको श्रमसम्बन्ध भन्ने भान हुन्छ । आज आपूmलाई विकसित भन्न रुचाउने समाजले गरेको मानव अधिकार र व्यायामको अमिल्दो सम्बन्धलाई देख्दा दालमा चिनी राखेर खाँदा आएको स्वादको प्रतीत हुन्छ । हाम्रा काँठमा विगतदेखि नै शारीरिक÷मानसिक सन्तुलन र कार्यविभाजन भएको प्रतीत हुन्छ । अधिकांश काँठको बढ्दो उमेरको मानिसले भोग्ने शारीरिक परिश्रम यस्तै हुन्थे । चाहेर वा नचाहेर श्रमको घेराबाट कोही पनि बाहिर निस्कन नसक्ने भएपछि मौसम अनुसारका खेतिपाती, बस्तुभाउ, मानमनितो यस्तैमा त समय व्यतीत हुने हो नि !
यसै परिवेशमा हुर्किएको पङ्क्तिकारको कुरा गर्दा मङ्सिरदेखि फागुनसम्म लाग्ने बाक्लो हुस्सुले हुने चिसो छल्नलाई कहले मीनपचासको बिदा आउला र मामाघर गएर जाडो पनि छलिने र मिठो पनि खान पाइएला भन्ने हुन्थ्यो । मामाघर छिमेकी जिल्ला नुवाकोट, जहाँ ग्रामीण रहनसहनमा दिनचर्या चलिरहेको हुन्थ्यो, त्यस समयमा देखावटीभन्दा पनि पु¥याउन सक्ने नसक्नेको आधारमा व्यवहार अगाडि बढिरहेका हुन्थे । काठमाडौको काँठजस्तो चिनीले आफ्नो वर्चस्व जमाउन नभ्याएकोले होला, गुलियोको लागि मामाघरमा उखु लगाउने र त्यसलाई हिउँद महिनामा पेल्ने चलन थियो ।
यसै त जहाँ गुलियो त्यही बाहुन भुलियो भन्दछन् । त्यसमाथि पनि सानो उमेरमा मामाघर अनि उखु, सक्किगो नि ! अहिले कहाँ पुग्यो ? त्यो हुस्सु, अर्थात् कुइरोे, कहाँ पुग्यो ? हात कठाङ्ग्रिने जाडो, कहाँ पुग्यो ? बिहान उठेर घर बाहिर हेर्दा गहुँ÷मैदाको पिठो टरिएकोजस्तो सेतै देखिने तुसारो, हालको भोगाइमा बाह्रै महिना झुल हालेर सुत्नुपर्ने अवस्था सृजना भएको छ । यो कसलाई भन्ने ? प्रकृतिलाई कि प्रकृतिको अति दोहन गर्ने मानिसलाई ? या समर्पणवादी काँठेलाई ?
घरको कामकाजको व्यवस्थापन गरेर मात्र पढ्ने÷पढाउने काम हुन्थ्यो हाम्रा पालामा । यसरी हुर्किएकालाई कार्यको सिलसिलामा नै व्यायाम हुने भएर होला, शरीरमा पुष्टताको साथै दिमागमा चलाखीपनाको विकास भएको पाइन्थ्यो । आजका बच्चालाई अभिभावकले कोठामा थुनेर राख्ने र स्कुल पठाएपछि पनि अभिभावकलाई देखाउन हो वा आफ्नो काम अरूलाई गराउन खोजेको भएर अभिभावकको भूमिकामा न्यूनता छायो भनेर काम नै अभिभावकलाई गराउन हो— होमवर्कको नाममा बच्चाले पूरा थकान महसुस गर्नेगरी कार्य बोझ थोपार्ने गरिएको देखिन्छ । भन्नलाई यति र उति पढेको छ भन्नसक्े तर जीवनोपयोगी के काम गर्न आँउछ भनेर सोध्यो भने त्यो पनि आउँदैन ऊ पनि आउँदैन । यस्तै छ नयाँ शिक्षाको वरदान ज्ञानभन्दा बढी प्रमाणपत्रको भारी ।
त्यसैको एउटा छेउ काँठ, उसले पनि त भोग्नु नै प¥यो नि ! घरमा खाना बनाउन, कपडा, घर सफा गर्न, अर्को मानिस राख्ने आपूmचाहिँ व्यायामशाला धाउने कस्तो विपरीत दिशातर्फ मौलाएको समाज भोग्नुप¥यो भने ! यसलाई अविलम्ब सकारात्मकतर्फ धकेल्न सकिएन भने काँठको कन्तविजोक हुन जाने देखिन्छ । बोलीकै हिसाबमा भन्ने हो भने हिजो काँठे भनेपछि ठूलो स्वरले बोल्न सक्थे भने आज आएर परजीवी भएजस्तै बोल्नुपर्ने अवस्था आउन थालेको महसुस हुन थालेको छ ।
आजको मेरै पेरिफेरीमा हेर्दा देख्छु— अनेकन भौतिकताले गल्र्याम्म अङ्गालो मारिरहेको छ । पहिले–पहिले याँमानका काउली फल्थे काठमाडौंको माटोमा, अहिले त्यस्तो देखिँदैन । काउली फल्नेको त के कुरा गरौँ, धान फल्ने खेतमा समेत सबैतिर घर झुलिरहेका छन् । बच्चाबच्ची जम्मा भएर खेल्ने स्थानको अभाव भएको छ ।
बाजेको पालाका सार्वजनिक वा पर्ती वा ऐलानी भनिएका जमिन देवस्व र राजस्व मास्यो भने कुलको क्षति हुन्छ भन्दै सकेसम्म जोगाएर राख्ने गरिन्थ्यो । आज ती सबै भूमाफियाको अधीनमा परिसकेको भान हुन्छ । वरपीपलका चौतारा र त्यसमा बसेर गाउने सिलोकको दोहोरी हेर्दाको मजा नै अर्कै हुन्थ्यो ।
हजुरबा पिँढीका बाजेहरूको व्यङ्ग्यात्मक(घोचपेच) शैलीको भाषागत व्यङ्ग्य हामी फुच्चे पिँढीका कानले सुनिरहन खोज्दथे । कहाँ पुुगे खोइ ती शीतल चौतारी, अनि ती लोकभाकाका पद्यात्मक स्वर । सबैतिर कङ्किटका पहाडजस्ता थुप्रा थुप्रिएका छन् भने मौलिकताको अन्त भई नवआगन्तुकको शैली विस्तारमा समाज अगाडि बढिरहेको भान हुन्छ । विविध सांस्कृतिक झाँकीदेखि लोक नाचगान हुँदै गरिने मानसिक तथा शारीरिक अभ्यास र त्यसबाट प्राप्त हुने अनेकन सकारात्मक ऊर्जामा कमी आएर समाज नकारात्मकताको शिकार भएको भान हुन्छ ।
जताततै मोटर र मोटरसाइकलको क्वार्र र कुर्र सुन्छु । दशैैँ–तिहारमा पिङ (रोटे र लिङ्गे) हालेर रमाइलो गर्ने स्थान कहाँ–कहाँका अपरिचित, अर्थात् नदेखे÷नसुनेका मानिसको अधीनमा भएको सुन्नमा आउन थालिसकिएको छ । थाहै नभएका नवआगन्तुकले आफ्ना भूभागमा धावा बोल्न आउँदा सुन्नलाई त आश्चर्य लाग्ला तर भोग्नेको लागि कस्तो होला ? त्यो अदृश्य पीडा काँठले भोग्नुपरेको अवस्था अहिले छ । खोलाले प्राकृतिक रूपमा पाएको नैसर्गिक अधिकार आफ्नो बहाव स्थान नपाएर सरकारी पैसा खर्च गरेको सडक प्रयोग गर्न परिरहेको छ भने कतिपय अवस्थामा शहर पसेका भनाउँदाहरूको गृहप्रवेशसमेत गरिरहेको अवस्था देखिन्छ ।
कसरी बताऊँ मेरो काँठको भूगोलको आधुनिकताको अवस्था यस्तो देखिन्छ । यसलाई विकास भन्ने कि विनाश ? विकास भनूँ भने मानिसका लागि उपभोगमा आउन सक्ने प्राकृतिक बस्तुको उपभोगमा नै कृत्रिमताले फन्को मारेको छ । नदीनालाको कुरा गरौँ कि, चउरको कुरा गरौँ, रूख बिरुवाको कुरा गरौँ कि बाटोघाटोको कुरा गरौँ । सबै चरम आक्रमणमा परेका छन् ।
अव्यवस्थित बसोबास, अप्राकृतिक रहनसहन, अमर्यादित संस्कृति आदिका कारणले पनि सिङ्गो काँठेसभ्यता नै मर्न खोजेको हो कि भनेझैँ हुन लागेको छ । सिङ्गो मानव सभ्यताभित्र हिमाल, पहाड, तराई हावापाीको आधारमा फष्टाउँदै गएजसरी नै काँठको सभ्यता पनि मध्यमार्गी धारबाट बढ्दै गएको थियो । न शहर न गाउँ दुवैको स्वाद यसले भोक्ताहरूको लागि दिँदै आएको थियो । आज त्यस स्वादमा अप्राकृतिक (अमिल्दो) मिसावटले गर्दा काँठ आफैले आत्महत्या गर्न खोज्यो कि यसलाई अरूले मार्न खोजे, यो नै आजको खोजीको प्रधान विषय हुन सक्दछ ।
बिहानै प्रभातफेरीको नाममा आफ्नो शरीर आफैलाई भारी मान्दै फ्वाँ फ्वाँ र पूmँ पूmँ गर्दै हिँडिरहेको जमातसमेत देख्छु । कतै एकले अर्कोलाई अर्कै उपग्रहबाट आएको जसरी वास्तासमेत नगरी हिँड्नेको लस्कर देख्छु । कहाँ पुग्यो होला, मानवजातिको बोलीचालीका माध्यमले एकले अर्कोलाई गरिने सहयोगको शृङ्खला भन्ने लाग्दछ । कतै एकाबिहानै भैरवका वाहनले आपूmलाई घरबेटी भन्न रुचाउनेहरूलाई घिच्याउँदै लगेको देख्छु, अनि देख्छु तिनै घरपालुवा जनावरलाई बाटोको छेउमै शौचालयको रूपमा प्रयोग गराइरहेको, अनि सँगसँगै देख्छु तिनै मनुवा मूत्रमा चिप्लिएर होला घरबेटी भन्नेहरूलाई गाली गर्दै त्यत्रो घर बनाउन सक्ने अनि त्यो जाबो कुकुरलाई हगाउने ठाउँ चाहिँ बनाउन नसक्ने, के खालको शहरिया होला ।
त्यति जाबो कुकुर बस्ने घरको व्यवस्थापन गर्न नसक्ने भए गाउँमै बसेको भए भइहाल्थ्यो । शहर पसेपछि अलिकति सभ्य त हुनुपर्छ नि ! आपूmलाई मन परेको बस्तु पाल्नलाई कसले रोकेको छ र ? गाउँमा यसरी चिप्लिएर लडेको भए, त्यसलाई देखाइदिनुहुन्थ्यो तर यो शहर हो यहाँ कसलाई केको चिन्ता छ र ? भन्ने आवाज पनि सुन्नुपरेको छ ।
अधिकांश स्थानमा हिँड्ने बाटोको नाममा अलकत्राको लेदो पोखेर कालाम्मे बनाएको देख्छु । मानिस नजिकपुडो हुँदा नाकले नजिक नआइज भन्ने आदेश दिने ालको प्रजातान्त्रिक जल (डेमोक््रयासी वाटर) को गुण (आपूलाई गनाउने, प्रयोगकर्तालाई वास्ता आउने होला) आएको मनन गर्छु । कति स्थानमा देख्छु, प्लाष्टिकका थैलामा भरिएका घस्याङ–घुसुङ यत्रतत्र सर्वत्र । ठाउँ–ठाउँमा देख्छु, अबोध पशुहरू आफ्नो आत्मारहित शरीर मान्छेको आहाराको लागि तयार भएर आपूm आफ्नो धाम लागिसकेका छन् । औषधीपसलको घुइँचो फेरि हेर्नै पर्ने रहेछ । त्यो पनि हेरिरहेको छु ।
छिचल्लिएर अन्यत्र हिँड्न खोज्ने पशुलाई घास देखाउँदै गोठमा लगेर बाँधेजसरी काँठका बासिन्दालाई आधुनिकताको लोभले भौतिक साधनमा आकर्षण गर्दै लगेको कारणले बिस्तारै–बिस्तारै जमिन खण्डीकरण गरेर बेचबिखन गर्ने होडबाजी नै चलेको देखिन्छ । बाजेको सम्पत्तिमा मोटर चढ्ने अनि क्यासिनो धाएर डेमोक्रेसी वाटरको पारखमा लाग्नेको जमात पनि बढ्न थालेको आभास हुन थालेको छ । अन्य आम्दानीको स्रोतको बढोत्तरी नगर्ने, फगत जमिन बेचेर देखासिकी गर्नेको पनि बढोत्तरी नै भएको देखिन्छ ।
चाहे बिहाबारीका कुरा हुन्, चाहे चाडपर्वका नाममा नै किन नहोस्, आना फाल्नेको लर्को पनि बढ्न थालेको छ । आज आना खर्चेर पल्सर नचड्ने त काँठे नै हुँदैन भनेजस्तो भयो । यसो गर्दागर्दा सक्कली काँठेहरू अब सुकुम्बासीमा नाम दर्ता गर्न जाने वेला आउन धेरै समय लाग्दैनजस्तो लाग्छ । घर, कुँडार, रछ्यान, सागसब्जी, फलपूmलका बोट पूmलबारीमा दौडिएका आँखाले कौसीखेतीको लागि तालिम लिन आपूmलाई जानकार भन्नेहरूले पढाउँदै हिँड्न थालेको देख्नुपरेको छ । यही आँखाले गमलामा पूmल फुलेको हेर्न परेको अवस्था छ । आफ्नो मौलिक संस्कृति बोझिलो मान्दै पश्चिमा संस्कृतिको आड लाग्नेको बढोत्तरी हुँदै गएको भान हुन थालेको छ ।
विविधतामा एकता नेपाली पहिचान हो भन्ने गरिन्छ तर यहाँ आज भएको मासेर नभएको खोजीमा दौडिनेको लाम लाग्न थालेको आभास हुन थालेको छ ।
पहाडका मानिस शहरको खोजीमा काठमाडौँ त्यसमाथि पनि काँठ पस्नेको ओइरो थामिसक्नु छैन । कुन व्यवसाय गर्दछन् र मानिस जग्गाको खोजी गर्दछन् ? भन्ने वेला आयो अब । गाउँबाट रासन ल्याएर कलेज धान्ने मानिस दुईचार वर्षमा नै काठमाडौँमा घडेरीको कुरा गर्ने भइहाल्छ, अनि त्यसले त्यही काँठे भेट्छ, जो एकदुई आना गएर के भयो ?
यत्रो रोपनी–रोपनी छँदै छ भन्ने खालको । बूढापाकाले भनेको सुनेको थिएँ– सिङमाङको घ्यू र स्थायी सम्पत्ति भनेको नकोट्याउन्जेल हो कोट्याउन थालेपछि सकिएको थाहै हुँदैन । घ्यूको मिठो स्वाद र पैसा खर्च गर्ने स्वाद उस्तै उस्तै हो रे ! आज यस्तो कुरा गर्दा भएकाले त खर्च गर्ने हो, यसलाई केको चिन्ता भन्ने कुरा हुन सक्छ । मलाई अरूको सम्पत्तिको भन्दा पनि मेरो काँठ मर्न लाग्यो भन्ने चाहिँ चिन्ता लागेको हो ।
अन्य कुरा नहेरी ठाडै भाषामा भन्ने हो भने परिस्थितिसँग हार खाएर नै अगाडि बढिने भएर यसलाई व्यवहार भनेको होला अन्यथा व्यवजित किन भनिएन त भन्ने प्रश्न आउन पनि सक्थ्यो । त्यसैको परिधिलाई हेर्दै जाँदा पङ्क्तिकारकै परिधिमा मात्र विचार गर्दा पनि घर–व्यवहारको काम आफैले सिकेदेखि अरूको भर पर्नुपर्दैन भन्दै बिस्तारै–बिस्तारै धागो बाटेर जनै बनाउन, डोरी बाटेर नाम्लो बुन्न, चोया काडेर डोका, भकारी बुन्न र घर बनाउनलाई प्रयोग हुने काठ काट्न, चिर्न, झ्यालढोका बनाउने लगायत काठको काम गर्न, ढुङ्गामाटोको गाह्रो लगाउन, छ्वाली परालले छाो छाउन आदि काम सिकाउने पिताजीको लौकिक शरीरलाई बिदा गरिसकियो ।
बिस्तारै काँठलाई पनि बिदा गर्ने अवस्था आएको हो कि भने झैँ हुँदै छ । नचाहँदा नचाहँदै अग्रजको शरीरलाई पञ्चमहाभूतमा मिलाउन अग्रसर भएको यसै शरीरका आँखाले आफ्नै सभ्यता मरेको कसरी हेरौँ, अनि कुन मनले बिदा गरूँ मेरो काँठलाई यही विषयले घरीघरी झस्क्याइरहन्छ ।
क्याटेगोरी : विचार/बहस, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्