आसन्न मौद्रिक नीति कस्तो आउदा सुषुप्त अर्थतन्त्र ब्युतिन्छ ?

विषय प्रवेशः
मौद्रिक नीति भनेको केन्द्रिय बैंकले अर्थतन्त्रलाई सन्तूलित बनाउन र वित्त नीतिलाई पछ्याउने नीति साथै मुद्रा प्रदायमाथि गरिएको विवेकपूर्ण नियन्त्रण हो । यो अर्थतन्त्रको अवस्था हेरेर कहिले लचिलो त कहिले कसिलो नीति तर्जुमागरिन्छ । यदि अर्थतन्त्रमा आवश्यकता भन्दा बढी तरलता भएकमा कसिलो नीति लिइन्छ भने यसको विपरीत भएमा लचिलो नीति अवलम्बन गरिन्छ । मौद्रिक नीति भनेको अल्पकालिन कर्जाको ब्याजदर तथा मुद्रा आपूर्र्ति नियन्त्रण गर्ने तथा मुद्रास्फीति नियन्त्रण गर्ने मुद्राको स्थायित्व कायम गर्ने र राष्ट्रको मुद्रामा विश्वास कायम गराउने नीति पनि हो ।
नेपालको अर्थतन्त्र विगत लामो समय देखि निष्कृय रहेको कुरा सबैलाई जगजाहेर नै छ । अर्थव्यवस्थाका हरेक आयामहरु अहिले प्यारालाइसिस जस्तै भएको छ । सरकारले ल्याएको वित्त नीति अत्यन्तै लचिलो र खूकूलो ढंगबाट आएको छ । यस वित्त नीतिलाई सफल बनाउनका लागि वित्तीय नीति पनि कसिलो नभई लचिलो प्यारामिटर्समा ल्याउनू आवश्यक छ । देशले तरलताको संकट विगत लामो समयदेखि सामना गर्दै आएको छ । वास्तवमा यथार्थ कुरा भन्ने हो भने अर्थतन्त्रका विभिन्न सुचकहरु नकरात्मक गतिमा जानुमा थुप्रै अवयवहरुको भुमिका देखिन्छ । जस्तै ६ महिने भारतीय नाका बन्दी,२०७२ सालको भूकम्प,सन्त्रासपुर्ण विश्वव्यापिरुपमा फैलिएको कोभिडको असर र हाल आएर यूक्रेन र रसिया बीच भैरहेका यु४ आदिको असरका प्रत्यक्ष वा परोक्ष कारण नै हो ।
अर्थतन्त्रमा तरलताको संकट किन देखियो त ?
प्रथमतः नेपालको कृषि क्षेत्रले भारतीय कृषि क्षेत्रसंग प्रतिस्पर्धा गर्न नसक्नु । मित्रराष्ट्र भारतको सबै भन्दा ठूलो रकम नै कृषि क्षेत्रमा विनियोजित भएको पाइन्छ । जसका कारण नेपालका कृषि फसल तथा वस्तु हरुले भारतीय कृषि उत्पादनसंग प्रतिस्पर्धा गर्नसक्दैन । दोस्रो कृषकहरुले समयमा नै रासायनिक मल,बिउविजन,सिञ्चाई तथा अत्याधूनिक कृषि औजारहकरु आवश्यकताको आधारमा उपलब्ध गराउन नसक्नु । तेस्रो कृषि क्षेत्रबाट उत्पादित कतिपय मौसमी फलफुल तथा नगदेबालिहरुले बजार नपाउनु ।शितघरको व्यवस्था सरकारद्वारा व्यवस्थपन गर्ननसक्नु । हाम्रो कृषि क्षेत्रबाट उत्पादित वस्तुहरुको लागत भारतीय कृषि लागतको तुलनामा अत्यधिक महङ्गो पर्नु । चौथो विप्रेक्षण आगमन घट्नु, छाया बंैकिé मौलाउनु , बंैकिé क्षेत्रको लगानी अनुत्पादक क्षेत्रमा एकत्रित हुनु । सरकारद्वारा कृषि क्षेत्रलाई दिएको अनुदान कागजी प्रकृया पुरा गरेको आधारमा स्थलगत निरीक्षण नगरी पहूंचको आधारमा दिएको र त्यस्ता लगानी प्रायजसो रियलस्टेटमा लगानी गर्नु । विदेशी प्रत्यक्ष लगानी नभित्रिनु र भएका समेत राजनीतिक अस्थिरताका कारण मुल देशमा नै फिर्ता लानु ।
आयातित मुद्रास्फितिका कारण देशमा मुद्रास्फिति बढेका कारण नेपाली मुद्राको क्रयशक्ति घट्न । विदेशी लगानीमा आर्जन गरेको मुनाफा आफ्नो देश लानपाउने अदालती नियर्ण ,कोभिडका कारण रोजगारीमा कटौती, सि.सि.डि लाई हटाएर सि.डि.रेसियो कायम । सेवा क्षेत्रमा भएका लगानी निष्कृय जसका कारण प्रतिफल घट्न गयो । पुंजीगत खर्च समयमा नै खर्च गर्न नसक्नु । नेपालको अर्थतन्त्र चलायमान हुनलाई अर्थतन्त्रका सूचकहरु समेत चलायमान हुनुपर्ने हुन्छ तर नेपालमा अर्थतन्त्रका सूचकहरु उल्टो दिशामा चलिरेको छ । आयातमुखि अर्थतन्त्र, उत्पादनमुखि अर्थतन्त्र नभएर व्यापारमुखि ,आयात बढ्दा राजश्व बढ्ने अर्थतन्त्र।
अब कस्तो मौद्रिक नीति आउनु पर्छ त ?
३ प्रतिशतमा कायम गर्दा तरलता बढ्न गई लगानी वृद्दी हुन्छ । कित ६ प्रतिशतमा कायम गर्दा उचित देखिन्छ । लगभग ५ प्रतिशतमा झार्दा अर्थतन्त्र चलायमान हुनेदेखिन्छ ।
कृषि क्षेत्रमा नै लगानी गर्नूपर्ने बाध्यकारी नीति ल्याउने साथै सो आधारदरमा भएको लगानी बराबरको रकममा एक प्रतिशत थपेर सरकारले शोधभर्ना दिंदा राम्रै होला । विप्रेक्षणबाट आर्जित रकम बैंक च्यालनबाट ल्याउन आकर्षक ब्याजको व्यवस्था गर्ने ।
विलासिताका लागतहरुको आयातमा प्रतिबन्ध लगाउने ।क
नेपाली विद्यार्थीलाई विदेश पढ्न जादा नेपालमा नै उपलब्ध विषयहरु भएका सन्दर्भमा पासवर्ड र भिजामा कठोर नीति लिने तर नेपालमा उपलब्ध नभएको विषयमा भने सहज नीति लिने व्यवस्था मौद्रिक नीतिमा ल्याउने । विदेशी लगानी भित्र्याने र विद्युतीय गाडी नेपालमा नै एसम्बल गर्न लगाई पेट्रोलियम प्रोड्क्टको लागत घटाउने । कृषिमा दिएको अनुदान उत्पादनको आधारमा दिने र कृषकहरुले उत्पादन गरेको फसलहरु तथा उत्पादनको बिक्री वितरण स्थानीय सरकारले जिम्मा लिने ।
वाणिज्य बैंकलाई फोर्स मर्जको नीति मार्फत यसको संख्या १० मा झार्ने ।शोधनान्तर घाटा भिमकाय ढंगबाट घटाउन उत्पादनमुखि अर्थतन्त्रलाई बढवा दिने र मौजुदा बाहेक नयां नयां देशहरुसंग रोजगार सम्झौता गरि विप्रेषणमा अभिवृद्गी र्ने ।
शेयर बजारमा विवेकपूर्ण पुनःविचार गरि ४र१२ को क्यापमा संशोधन गर्दा राम्रै होला । वित्तीय अनुशासन कायम गर्न अन्तर्राष्ट्रिय उम्दा अभ्यास अवलम्बन गर्ने । कृषि क्षेत्रमा द्यष्न उगकज तजभयचथ अवलम्बन गर्दै मुद्रास्फितिको सामना गर्न तयार हुने नीति ल्याउने ।
निष्कर्ष मौद्रिक नीति कस्तो आउछ भन्ने सन्दर्भमा देशको अर्थतन्त्र कतातिर जान्छ भनि निक्र्योल गर्न सकिन्छ । मुद्रा प्रदाय संकुचित भएको अवस्थामा निश्चय नै मौद्रिक नीति कसिलो नभई लचिलो र रसिलो आउने भन्ने विश्वास मुलुकले लिएको छ । अर्थतन्त्रमा संकट आएको बेलामा बैंक तथा वित्तीय संस्थाहरुले समेत नाफामुखि भन्दा पनि टिकाउमुखि नीति अगाल्नुपर्छ । लिन र दिने बीचको ब्याजको अन्तर २ प्रतिशत भन्दा बढी लिन नमिल्ने गरि मौद्रिक नीति तर्जुमा गरि लागु हुनुपर्छ । सुरुवातिका केही समयसम्म मुद्रास्फिति बढ्छ जब लगानी उत्पादन सुरु गर्न थाल्छ, मुद्रास्फिति स्वतःकरेक्शन हुन्छ ।
लेखकः विश्वराज भ०डारी
( यी विचार लेखकको निजी र स्वतन्त्र विचार हून )
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्