Techie IT
शुक्रबार, चैत्र २८,२०८१

किन बनाए प्रचण्ड-माधवले एमसीसीलाई ‘रबरको हात्ती’ ?


-निर्मल भट्टराई

कथाकार स्लोमिर म्रोजेकले सन १९६२ मा ‘हात्ती’ शीर्षकको एक कथा लेखे । कथाको सारांश यसप्रकार छः एउटा प्राणी उद्यानमा सबै प्रकारका बन्यजन्तु राखिएका थिए । तर त्यहाँ हात्ती राख्न सकिएको थिएन । देशको मुक्ति दिवशको दिन सो उद्यानलाई सरकारले एउटा हात्ती उपहार दिने निर्णय गर्यो ।

उद्यानमा हात्ती आउने खबरले त्यहाँका कर्मचारीहरू विछट्ट खुसी भए । तर प्राणी उद्यानका कर्मचारी त्यतिबेला झन चकित भए, जतिबेला तिनीहरूले उद्यानको कार्यकारी निर्देशकले केन्द्रमा हात्ती किन्न र पाल्न सस्तो तरिका अपनाउनु पर्ने आशयको पत्र पठाए ।

उसको प्रस्ताव थियो, वास्तविक हात्ती किन्न र पाल्न ठूलो खर्च लाग्ने भएकोले र ठाउँको समेत अभाव हुने भएकोले बरू त्यसको ठाउँमा ठीक साइजकोरबरको हात्ती राखिनु उपयुक्त हुन्छ ।

त्यसलाई हात्तीकै रङ लगाएर रेलिङमा ढड्याएर राखिनेछ । र त्यसको अगाडि एउटा सूचना टाँसिनेछ-‘यो हात्ती लोसे छ’ । वास्तविक हात्ती किन्ने पैसाले जेट किन्न सकिन्छ ।

मन्त्रालयको कर्मचारीले खर्च घटाउने कार्यकारी निर्देशकको उक्त ‘राम्रो’ प्रस्ताव तुरुन्त स्वीकृत गरिदियो । उद्यानमा रबरको हात्ती बनाउने काम शुरू भयो ।

यसमा समस्या के थियो भने जनतामा हात्तीको आगमनबारे जानकारी भइसकेको र उनीहरू हात्ती हेर्न बढी नै उत्सुक भएकोले रबरको हात्ती बनाउने काम राती कसैले नदेख्ने गरी गर्नु पर्ने भयो ।

एउटा गोप्य निर्माणस्थलमा दुईजना कर्मचारी त्यो हात्ती बनाउने रबरलाई दुईतिरबाट फुक्न थाले । घण्टौं फुक्दा पनि पार नलागेपछि हात्ती फुलाउने उपाय खोज्न थाले ।

एमसीसीको विषयलाई माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तै रबरको हात्ती बनाए । पहिले शेरबहादुर देउबासंग मिलेर एमसीसीलाई नेपालमा भित्र्याए । अमेरिकासंग सम्झौता गरे । पछि नेपालको आन्तरिक राजनीति र खासगरि तत्कालीन नेकपाको आन्तरिक राजनीतिमा उनले एमसीसी फुकिरहे ।

नजिकै ग्याँस पाइप देखेका उनीहरूले हात्तीमा ग्याँस भर्ने विचार गरे । ग्याँस पाइप जोडेको केही मिनेटमै रबरको हात्ती तयार भयो । यो काटीकुटी वास्तविक हात्तीनै थियो । भोलिपल्ट विहान सो हात्तीलाई तयार गरिएको स्थानमा सारियो । हात्ती नजिकै सूचना लेखियो,’निक्कै लोसे हात्ती, प्रायः चल्दैन’ ।

भोलिपल्ट विहानै एक हुल विद्यार्थी लिएर त्यहाँ एक शिक्षक अवलोकन भ्रमणको लागि आए । हात्तीको बारेमा उनी विद्यार्थीलाई पढाउन थाले ।

‘हात्ती एउटा शाकाहारी स्तनधारी प्राणी हो, यसले आफ्नो सूँडको सहायताले सानातिना रूख तान्छ र पातहरू खान्छ । यो ह्वेल माछापछिको दोश्रो र जमिनमा पाइने सबैभन्दा ठूलो प्राणी हो’ । विद्यार्थी खुरूखुरू नोट बनाउँदै थिए । उनीहरू हात्तीले कहिले नजिकैको रूखको हाँगा भाँच्ला भनेर पर्खेर बसे ।

त्यही बेलामा अलिअलि हावा चल्यो, रूखका पात हल्लिए ।

शिक्षकले भने,’एउटा पूरा विकसित हात्तीको तौल दशदेखि तेह्र हजार पाउण्ड हुन्छ’ ।

अचानक हात्ती जुर्मुरायो र हावामा उड्न थाल्यो । केही समय त्यो आकाशमै विचरण गरिरह्योर । हावा शान्त हुनेवित्तिकै हात्ती जमिनमा खस्यो, सिउँडीको झ्याँङमा पर्योा र हावा खुस्क्यो !

दत्तचित्त भएर हात्तीको बारेमा पढिरहेका विद्यार्थी नोट फालेर गुण्डागर्दीमा उत्रिए । तिनीहरूले टन्न पिए, झ्यालका शिसा फुटाए ।

एमसीसीको विषयलाई माओवादी सुप्रिमो पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस्तै रबरको हात्ती बनाए । पहिले शेरबहादुर देउबासंग मिलेर एमसीसीलाई नेपालमा भित्र्याए । अमेरिकासंग सम्झौता गरे । पछि नेपालको आन्तरिक राजनीति र खासगरि तत्कालीन नेकपाको आन्तरिक राजनीतिमा उनले एमसीसी फुकिरहे ।

एमसीसीलाई देखाएर आफू निख्खर राष्ट्रवादी बाँकी अरू राष्ट्रघाती बनाउने बाहिर-बाहिर प्रपञ्च गरिरहे । आफूले राम्ररी फुक्न नसकेपछि माधव नेपाललाई समेत साथ लिए । राजावादीहरूको साथ लिए । त्यति गर्दा पनि रबरको हात्तीरूपी एमसीसी आफ्नो स्वार्थ अनुकूल नफुकिएपछि पछिल्लो चरणमा छिमेकी चीनलाई समेत फुक्न लगाए ।

जनताको बलमा बनेको कम्युनिष्ट सरकारलाई प्रतिगामी करार गरेर शेरबहादुर देउबालाई आफ्नो राजनीतिको गडफादर बनाएका प्रचण्ड सत्ता र गठबन्धनको लोभमा एमसीसीलाई संसदबाट जस्ताको तस्तै पारित गराउन सहमत भएका छन् ।

एमसीसीको विरोधमा सडकमा उत्रिएका आफ्ना कार्यकर्तालाई वेखबर छोडेर उनी एमसीसीको पक्षमा उभिएका छन् । र,खुबै फुलाइएको एमसीसीको ‘व्याख्यात्मक घोषणा’को सिउँडीमा परेर आज हावा खुस्किएको छ । एमसीसीको भुङ्‌ग्रोमा एमालेलाई पोल्ने षणयन्त्र समेत समाप्त भएको छ ।

एमसीसीको सन्दर्भमा प्रचण्ड र उनका सहयोगी माधव नेपालले जतिसुकै नौटङ्‌की प्रदर्शन गरे पनि उनीहरूले एक्काइशौं शताब्दीका नेपाली जनतालाई मुर्ख भने अवश्य बनाउन सक्ने छैनन् ।आफूले गरेका हरेक कामलाई ‘अग्रगामी छलाङ्’को रूपमा व्याख्या गर्ने प्रचण्ड आफूले खनेको खाल्डोमा आफैं परेका छन् ।

एमसीसीलाई भँजाएर ठूलै राजनीतिक लाभ लिने प्रचण्ड योजना फ्लप भएको छ । माधवमण्डलीको हुर्मत भएको छ । एमसीसीलाई विगतमा अनावश्यक उछालपछाल गर्ने र अहिले उफ्रेर अनुमोदन गर्नेहरूले आगामी दिनमा देख्नेछन्- उनीहरूको राजनीतिको हावा पनि उल्लिखित रबरको हात्तीको हावाजस्तै खुस्किसकेको छ ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #एमसीसीलाई ‘रबरको हात्ती’ ?


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545