स्मृति स्वरूप स्मृति ग्रन्थ

मोहित मर्दन थापा
मनुष्यको जीवनमा वितेका कुराहरू हामीहरुले विभिन्न कोणबाट अवलोकन गर्न सकिन्छ चाहे उसको भौतिक शरिर नभए पनि। त्यसै स्वरूप मेरो आदरणीय बुवा स्व.जगतमर्दन थापाज्यूलाई एक उदाहरणको रुपमा हामीले लिन सक्छौं ।
हुन त उहाको प्रकाशित आत्माकथा ‘कर्मशीलजीवनयात्रा’मा नै धेरै जसो उहाँका बितेका कुरा र अनुभवहरू प्रिय पाठकवर्ग सामू पेश भैसकेको छ । त्यै पनि बुवाको सम्झना स्वरूप दुई/ चार शब्द यस स्मृतिग्रन्थमा कोर्न पाएकोमा मैले आँफूलाई निकै नैगौरवान्वित महशुष गरेको छु ।
बुवाले जहिले पनि भन्नु हुन्थ्यो ‘मनुस्यको शरीर केबल एक पात्र मात्र हो । भगवानले हामीहरु लाई माथिबाट केही समयको लागि यस सुन्दर धर्तीमा एउटा नाटक मन्चन गर्न पठाउनु भएको हो । हाम्रो भौतिक शरिर केवल केही क्षणको लागि मनुष्यको जीवन धारण गरी विभिन्न कोणबाट मन्चन गर्नको लागि हो । कसैले यो अवसरलाई राम्रो रुपमा प्रस्तुत गर्दछ न्भने कसैले आदि/अन्यथा मन्चन गर्दछन् ।
राम्रा राम्रा कामहरुको अवसर प्राप्त गर्ने व्यक्तिको फल मीठो हुन्छ,जे होस् जस्तै तिता/मीठा अनुभवहरूको बावजुद पनिअन्त्यमा हामीले हाम्रो भौतिक शरीर त्याग गरी जानु नै पर्छ । नकारात्मक सोचहरुलाई त्याग गरेर हामीले जहिले पनि सकारात्मक कार्य गरे मात्र यसको फल पछि मीठो नै हुन्छ ।’
जीवनमा हरेक कठिनाई,दुःख र सुखको अनुभवहरु हामीले बुवा स्व.जगतमर्दन थापाबाट सिक्ने र बुझ्ने अवसर पायौं । उहाले आफ्नो जीवनमा कहिले पनि हार नमानि सधैँ आफ्ना पाइलाहरु लाई अगाडि बढाउनु भयो । बुवाले बाल्यकाल देखि यौवनअवस्था सम्म र पछि जीवनको उत्तरार्ध सम्म पनि विभिन्न नयाँ नयाँ सोच र अनुभवहरू बटुल्नु भयो।आफ्नो सरकारी जागिरे जीवन देखि लिएर सांङ्गितिक क्षेत्रमा विभिन्न अनुभवहरू संगाल्नु भयो ।
वहाँका धेरै मित्रहरुले वहाँलाई‘वास्तवमा जगत मर्दन जीले सांङ्गितिक क्षेत्र छोड्नु भएको र पछि फेरि पुनः सक्रियहुनु भएको’भन्नु हुन्थ्यो । तर सांङ्गितिक क्षेत्रमा केही समय प्रत्यक्ष सामेल नभए पनि उहाँले यस राष्ट्रमा जनता र सरकारमा बसेर सेवा गरिरहनु भएको थियो । बाध्यताले मानिसको जीवनमा अनेकौ उतार चढाव, विभिन्न समस्याहरु झेल्नु एक अनुभव पनि हो । जे जस्तो परिस्थितिमा पनिआखिर आफ्नो सरकारी जागिरे जीवनलवेदा सुरुवाल र कालो भादगाउँले टोपीमा विना दाग धब्बापार गर्न सफल हुनुभयो ।
साथै राष्ट्रसेवकको रूपमा नेपाल सरकारमा ३३ वर्ष कार्यकालमा कठिन परिस्थितिका बाबजुद पनि जनताको सेवागर्ने मौकापाउनु भयो । वहा ‘धनसम्पत्ति चाहिन्छ तर हामीलाईभगवानले जे जस्तो दिनु भएको छ त्यसलाई नैहामीले स्वीकार्नु पर्छ, धेरै लाचर भएर यसको पछि लाग्नुहुदैन, यो त केवल क्षणिक मात्रहो’ भन्नु हुन्थ्यो ।
बुवाले आँफूले सेवागरेर प्राप्तभएकाविभिन्नकदरपत्र, पदकहरू हामीलाई जहिले देखाउनु हुन्थ्यो र भन्नु हुन्थ्यो ‘मैले जीवनमा गरेका कार्यहरु यो सबै मेरो र आगामी पुस्ताको लागि प्रेरणाको श्रोत हो ।
हामीचार जना छोराछोरीहरुलाई जन्माएर हुर्काउने कार्य देखि बुहारी, नातिनातिनाहरू बुवा जगत मर्दन थापा र मेरो ममतामयीमाताशान्तिदेवी थापा बाट हुन गयो । वहाँहरुले छोरा र छोरीमा कहिल्यै पनि भेदभाव राख्नु भएन ।
उच्च शिक्षा हासिल गर्नको लागि हामीहरुलाई सानोबाटनै राम्रो स्कुल र कलेजमा अध्ययन गराउनु भयो । सधैं राम्रो कार्य र सत्मार्गमा लाग्नको लागि सुझाव, उत्प्रेरणा र हौसला दिनु भयो ।
वुवाले हामी सधैं सत्मार्गमा हिँडेको देख्ने चाहना राख्दै भन्नु हुन्थ्यो ‘संगत गुनाको फल प्राप्त हुन्छ तसर्थ सधैँ राम्रा व्यक्तिहरु संग संगत गर्नु, बाबु,बाजेको नाक नकाट्नु’भन्नु हुन्थ्यो । आफ्नो बाबू स्व.महासेनानी नर मर्दन थापाले यो राष्ट्रमा गरेका योगदानहरू बेला बेलामा हामीलाई सुनाउनु हुन्थ्यो ।
हजुर बुवाले पहिलो विश्व युद्ध र दोस्रो विश्व युद्धमा नेपालबाट प्रतिनिधित्व गरेर राष्ट्र र सिङ्गो विश्वलाई सेवा गर्ने अवसर पाउनु भएको थियो त्यो एउटा गर्विलो उदाहारण र इतिहास बन्न गयो ।
बुवाले करिव ६दशक अगाडि आफ्नो साङ्गितिक यात्रा सुरु गर्नु भएको थियो र पछि उत्तरार्धको आफ्नो ८५औंबसन्तमा पनि वहाँ त्यति नै सक्रिय हुनु हुन्थ्यो । साहित्य र संगीत भने पछि वहाँ हुरुक्कै हुनुहुन्थ्यो । आफ्ना पुराना पुराना गीतहरू र आँफूले राखेको संगीतहरु लगायत कथा संग्रह‘पलाँसको फूल’ र गीति संग्रह ‘दिलको आवाज’बाट निक्कै ख्यातिकमाए पनिआफ्नो रुचि अनुसार पछिल्लो समय सम्मपनि निकैनै सक्रिय हुनुहुन्थ्यो । वहाँआँफूलाई निमन्त्रणा प्राप्त भएका विभिन्न सांङ्गितिक/साहित्यिक कार्यक्रमहरूमा हर सम्भव उपस्थित हुनुहुन्थ्यो।
नयाँ नयाँ गीतहरू लेख्ने र नयाँ नयाँ सहित्य सृजना गर्नमा वहाँ निकैनै व्यस्त हुनुहुन्थ्यो । उमेरले ८५ वर्ष पुगे पनि आफ्नो गलाले राम्ररी साथ दिएको मावहानिकै नै हर्षित हुनुहुन्थ्यो । वहाँलेअन्तिम समय सम्म करिब छ वटा गीति एल्वम, म्युजिक भिडियो र पुस्तकहरु प्रकाशित गर्ने अवसर प्राप्त गर्नु भयो ।
कोरोनाको महामारी बाबजुद पनि वहाँले आफ्नो सांङ्गितिक यात्रालाई निरन्तर अगाडि बढाइ राख्नु भएको थियो । विभिन्न रेकर्डिङ स्टुडियोहरुमा पुगेर आफ्ना नयाँ नयाँ गीतहरु रेकर्ड गर्ने कार्य गरिरहेको बेला अन्त्यमा यहि कोरोना कहरको कारणले आफ्नो भौतिक शरिर त्याग गर्न वहाँ बाध्य हुनुभयो ।
इतिहास साक्षी छ,बुवा स्व.जगतमर्दन थापाले यो राष्ट्रमा पु¥याउनु भएको योगदानलाई हामीले एउटा नौलो अनुभवको रूपमा स्वीकार्नु पर्छ । वहाँ जहाँ भए पनि वहाँको आत्माको चीर शान्तिको लागि सदा प्राथना गर्दछु ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #मोहितमर्दन थापा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्