प्रचण्डको अभिब्यक्ति र नेपालको सेयर बजार

ऋषीराज भुषाल
केही समय अघि ने.क.पा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहल प्रचण्डले सेयर बजारमा गरिने लगानी साम्राज्यवादको विकसित रुप भएकोे अभिब्यक्ती दिएपछि सेयर बजार मात्र होइन नेपाली राजनीति पनि तरंगित बन्यो , अध्यक्ष दाहलले माओवादी केन्द्रको सातैवटा प्रदेशको सम्मेलनलाई काठमाडौंमा सम्बोधन गर्दै ८० प्रतिशत जनतालाई भोकै र नाङ्गै राख्ने प्रणालि पुजिबजार हो भन्ने अभिब्यक्ती दिए ।
उनको त्यो अभिब्यक्तिको चारैतर्फबाट खण्डन भएपछि उनलेे आफ्नो अभिब्यक्ती नेपाली सेयर बजार र साना लगानीकर्ता तर्फ लक्षित भएको नभई अन्तर्राष्ट्रिय पुजीवादी चरित्रको सैद्धान्तिक विश्लेषण मात्र भएको र यसले नेपाली साना लगानीकर्ता तर्सन नपर्ने बरु साना लगानीकर्ताको हित पर्वद्वनमा आफ्नो पार्टीले जोड दिने धारणा प्रस्तुत गरे ।
तर माओवादी केन्द्रको भर्खरै सम्पन्न महाधिवेशनमा दाहलले सेयर बजार अरुको सम्पत्ति हडपेर अकुत पैसा पैसा कमाउने आशयको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका छन् ।
प्रचण्डको सेयर बजार र अन्तर्राष्ट्रियदातृ निकाय ,विश्व बैक,एशियाली बिकास बैक,अन्तर्राष्ट्रिय मुद्रा कोष तर्फ लक्षित यसप्रकारका अभिब्यक्तिबाट उनिहरु ससंकित मात्र होइन सहयोग रोक्न सक्ने सम्मका संकेत देखापर्न थालेका छन्
यता नेपालको सेयर बजारमा लगानि गर्ने करिब ४८ लाख नेपाली जनतालाई उनलेे तर्साउने भयभित पार्ने मात्रै नभई उनिहरुको लगानिलाई जोखिममा पार्ने काम पनि गरेका छन् । यसले बैदेशिक लगानीको बाताबरण बिग्रने र देशको पुजि पलायन हुने खतरा बढेर गएको छ ।
बास्तवमा पुजि बजार भनेको सबैलाई मालिक बनाउने ठाउँ हो । जहा( १० कित्ता) एकहजार लगानी गर्ने लगानीकर्ता र करोडौं लगानी गर्ने लगानीकर्ताको हैसियत बराबर हुने गर्दछ । नेपालकै कुरा गर्नुपर्दा थोरै कमाई भएका विद्यार्थी, गृहणी सबै जात जाति वर्गका मानिसले सेयर बजारमा लगानी गरेका छन् ।
अहिले नेपालीको सेयर बजारमा माओवादीले भन्ने गरेको सर्वहारा वर्गको सहभागीता सबैभन्दा धेरै छ । सेयर बजारबाट ती वर्गले पनि राम्रै कमाई गरेका छन् सेयर बजार अर्बौ रुपैयाँ हुनेले मात्र होइन हातमा केही हजार बोकेर करोड कमाउने सपना देख्नेले पनि लगानि गर्ने ठाउँ हो मजदुरी र ज्यालादारी गरेर कमाएको,साग र भटमास बेचेर कमाएको केही हजार लगानी गर्ने लगानीकर्ता साम्राज्यवादको एजेन्ट देख्नु ती श्रमिक र उत्पीडित वर्ग समुदाय प्रतिको अपमान होइन र ?
सेयर बजारले सानो सानो छरिएर रहेको पुजिलाई एकीकृत गरि उद्यमी हातमा पुर्याउँछ । उद्यमीले सर्वसाधारणबाट संकलन भएको पुजिलाई लगानी गरि समुदाय र राष्टमा हजारौं रोजगारी सिर्जना गर्ने सक्दछ भने अर्कोतर्फ राज्यले पनि राजस्व प्राप्त गर्ने अवसर सेयर बजारले जुटाईदिन्छ ।
अब कुरा रह्यो दोस्रो बजारको यदि प्रचण्डको अभिब्यक्ति दोस्रो बजारतर्फ लक्षित हो भने प्राथमिक बजारमा जारि गरिएका सेयर दोस्रो बजारमा लगानीकर्ताले आफुलाई पैसा चाहिएको बेच्न पाउदैन भने उसले प्राथमिक बजारमा सेयर किन किन्छ ? कम्पनीले दिने नाफा र घाटाका आधारमा दोस्रो बजारमा कम्पनीको मुल्य तलमाथि हुनु वा मोलमोलाइ हुनु स्वाभाविक हो ।
जनताको जीवनस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने र जोखिम मोलेर उद्यम गर्ने उद्यमीलाई सामन्ती देख्ने पार्टी र तिनका नेताबाट नेपाली जनताले देशमा नै रोजगार पाउने अपेक्षा कसरी गर्ने ? यदि प्रचण्डले भनेजस्तो सेयर बजार ८0 प्रतिशत जनतालाई नाङ्गै राख्ने ठाउँ हो भने आज भन्दा सयौं वर्ष अगाडि सेयर बजारको स्थापना भएका अमेरिका,जापान जस्ता देशका जनता किन समृद्व छन् ?
सेयर बजार छरिएर रहेको पुजिलाई उधोग ब्यवसायको स्थापना,बिस्तार,बस्तु तथा सेवाको उत्पादन रोजगारी सिर्जना तथा मानिसको जीवन स्तर सुधार गर्ने ठाउँ हो।
सिमित घेरा र दायराबाट फराकिलो बन्दै गरेको नेपालको ४४अर्ब पुजीकरण भएको तथा ४८ लाख जनतासंग प्रत्यक्ष सरोकार राख्ने बजारको राजनीतिक दलका नेतृत्व तहबाट आउने यसखालका अभिब्यक्तिले सेयर बजार प्रति नकारात्मक सोच राख्ने पार्टी र नेतालाई सधैका लागि राजनीतिबाट किनारा लगाईदिने सामर्थ्य नेपाली सेयर लगानीकर्ताले राख्दछन् ।
तसर्थ जसरी विश्वभरका सरकार सेयर बजार प्रति संवेदनशील हुने गर्दछन् त्यसरि नै यस सरकार,अर्थमन्त्री तथा सेयर बजार बिरोध अभिब्यक्ति दिने दाहाल बजार प्रति गम्भीर नबनेमा लगानीकर्ताले चलाएको नो भोट अभियानले सेयरबजार बिरोधि पार्टी र नेतालाई बढारेर पाखा लगाईदिन सक्छ ।
क्याटेगोरी : विचार/बहस
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्