Techie IT
शुक्रबार, चैत्र २८,२०८१

साधना : पहिलो पल्टको स्वर्गीय अनुभूति

अज्ञानको अन्धकार नाश भइ प्रकृतिको अनमोल ज्ञानको ज्योति


सृजना तिमल्सिना

मनिसको दुखको कारण भनेको आफुले चाहेको वस्तु हरुप्रती उब्जने राग र नचाहेके वस्तु पदार्थ हरू प्रति कॅ द्वेष र क्लेशकॅ सवेदना नै हो। यि कुराहरूलाई त्यागेर केवत परिवर्तन शील ससारको नियमलाई स् स्विकारेर तटस्थ भावमा रहन सक्यो भने दुःखका द्वारहरू आफ से आफ बन्द हुन्छन्। दुख सुख भनेका मनका खेलहरू मात्र हुन् । जसरी दिन र रातको चक्र घुमिरहेको हुन्छ त्य सरी नै दुख सुख राग अनि द्वेष को चक्र घुमिरहेको हुन्छ ।

मानिस यसैलाई ध्रुवसत्य मनेर दुखित पिडित भैरहेको हुन्छ । ह्दयमा उत्पन्न हुने यस्ता तमाम किसिमका संबेदना हरू प्रति तटस्थ रहेर आफुलाइ कर्ताभाव त्यागी केवल साक्षीभावले निरिक्षण गर्न सक्यो भने सुख र आनन्द को श्रोत आफै भित्र प्रष्फुटन हुन्छ । यि सबैलाई अनित्य हो भनेर स्वीकार्ने चेत पलाऊन सक्यो भने दुखको श्रोत नै बाकी रहदैन।

दशौ दिनको बिहानको साधना गरेर मौनता तोडेपछि साधक साधिका हरू सग पहिलो पल्ट सबाद गर्न पाऊदा अपार हर्षको अनुभूति हुदो रहेछ। शुरूमा यति कठीन लागेको साधना सफलता पूर्वक सम्पन्न गरेर आफु भित्र को अज्ञानको अन्धकार नाश भइ प्रकृति को अनमोल ज्ञानको ज्योति बल्दै गरेको अनुभूति हुँदा हर्ष विभोर हुइदो रहेछ। सबैको मुहारमा अवर्णनिय कान्ति छाएको हुन्छ ।

सबैजना सबै सग मैत्री भावले आ आफ्ना भावना र साधना को अनुभव साटासाट गरिरहेको दृष्यले भावुक बनाऊछ। भाव विभोर भएर खुसीले रोइरहेको दृष्य पनि देखिन्छ । यो हृदय दया माया करूणा र मैत्री भावले ओतप्रोत भएको हुन्छ । यो ससार नै यति सुन्दर लाग्न थाल्छ कि त्यो खुसी अवर्णनिय हुन जान्छ । ति कठोर साधनहरू के का लागि थिए?गाँठा हरू खुलेर उत्तर हरू आफसे आफ ह्दयमा प्रकट भैरहेका हुन्छन् । जब पन्च शिलको पालना गरेर पूर्ण अनुशासन मा बसिन्छ तब ती इश्वरीय गुणहरू आफ से आफ प्रकटित भएर आउदा रहेछन।

मौनतामा यति ठुलो शक्ति हुदो रहेछ कि वाह्य वातावरण मा पुर्णतया मौनता राख्न सक्यो भने अन्तर आत्मावाट ह्दय को पुकार सुनिन थाल्छ। यो साधना पछी साधकमा उच्च स्तरको अनमोल चेतनाको विकास हुन्छ जसलाइ शब्दमा प्रकट गर्न नै गारो हुन्छ भारतका बिभिन्न कारावासहरूमा यस किसिमको साधना शिविरको स्थापना गरेर ति जघन्य अपराधको अभियोगमा कडा भन्दा कडा सजाय भोगिरहेका अपराधीहरूलाई यस साधनामा सरिक गराएर उनीहरूलाइ रूपान्तरण गराएर सत्मार्गमा हिडाएको भिडियो हेर्दा सबै जना एकदमै भावुक र य स साधना प्रति नत मस्तक भएर आस्था र श्रद्धा का आसु बरबर बगाएर भाव विव्हल भै रहेका दृष्यहरु पनि देखियो यस्तो साधना मा सहभागी हुने अबसर पाउदा ह्दय कृतज्ञता को भाव ले भरिदो रहेछ ।

यति अनमोल ज्ञानको खजाना पाइने यस साधनाको अनगिन्ती बिशेशता हरू छन्। यो ध्यान विधि भगवान गौतम बुद्धले अभ्यास गरेर निर्वाण प्राप्त गरेको बिधि हो तर पनि बौद्ध सम्प्रदाय सग यसको कौने लेनदेन छैन भगवान बुद्ध को महान विचार अनुसार ससारको सबैभन्दा ठुलो दान भनेको धर्म को दान दिनु हो ।

रोग भोक र शोक र अभावमा बाँचेका हरूलाई बन्दोबस्ती का सामाग्री दिनु सट्टा उनी हरूलाइ त्यो महान चेतना नै प्रदान गरिसकेपछि भवसागर को चक्र बाट उनीहरु त मुक्त हुन्छन् नै अरूको लागि पनि धर्म को सबाहक बनेर ज्ञान र शान्ति को उज्यालो छर्दै हिड्छन्। यो साधना बिल्कुलै नि शुल्क छ ।

यो साधना शिविर केबल अघिल्ला साधकहरूले आफु ज्ञानको ज्योतिमा भिजेर ओतप्रोत भेसके पछि अहकार त्यागी मैत्री र करुणाको सद्भाभावले दिएको स्वच्छ दान दातब्यबाट आज सम्म अनवरत सचालन भैरहेको छ । धेरै पैसा खर्च गरेर पुगेका कुनै सुबिधायुक्त होटलहरू को भन्दा कम राम्रो बन्दोबस्त छैन यहा। प्रत्येक पलमा स्वय सेवकहरूले साधकलाइ के कस्तो कुराको जरूरत छ सजिलो अप्ठेरो अवस्थाको हरदम ख्याल राखि रहेका हुन्छन ।

तातो चिसो पानीको सुबिधा साधनाको लागि अत्यन्त उपयुक्त किसिमले बनाइएको शुद् सात्विक भोजनको प्रवन्ध अत्यन्त स्वच्छ सफा वातावरण ले गर्दा अकल्पनीय सुखानुभूति भैरहेको हुन्छ । जुनसुकै जात जाति लिग धर्म र भाषा भेश भुषा अपनाउने ब्यक्ति यसमा सहभागी हुन सक्छ ।

त्यहाको निश्चित अनुशाशन र निति नियम को परिधी भित्र रही जो सुकै पनि जान सक्छ जुनसुकै धर्म सस्कृति माथि आस्था राख वर्गको लागि पनि यो उतिकै उपयोगी र सर्वमान्य छ यस बिधिको अभ्यास द द्वारा सजग र सचेत भएर जव आफु र मनमा उठ्ने बिभिन्न सबेदनाहरूलाइ केवल द्रष्टा भावले हेरिन्छ तब कुनै पनि ब्यक्ति वा वस्तु प्रति राग र द्वेष बन्दैन पुराना सङ्ग्रह भएर र।हेका राग र देष को सस्कार बाट माथि उठेर निर्वाण प्राप्त गर्न यसले सिकाउछ।

यो साधना एक वैयक्तिक साधना पनि हो सबैलाइ एकै प्रकारको अनुभव र अनुभुति नहुन पनि सक्छ । त्यस कारण व्यक्ति स्वयम ले कुनैपनि साधना शिविरमा गएर विधि पुर्वक अभ्यास गर्दा मात्र यसको स्पष्ट बोध हुनसक्छ । धर्म कारावासको बन्दि बनेर यसबाट अनमोल ज्ञानको खजाना प्राप्त गर्न सकिन्छ ।

धर्म को यति बैज्ञानिक र सर्वमान्य परिभाषा यहा बताइएको हुन्छ नि आजको पापाचार युक्त यस भौतिक वादी दुनियाँ को लागि यो साधना वरदान साबित हुन्छ । उत्कृष्ट आध्यात्मिक चेतनाको बिजारोपण गर्न सक्षम यो साधना सर्व पुजित र बन्दनिय छ । सब्ब मंगलम भवतु ” “सबैको कल्याण होस”


क्याटेगोरी : विचार/बहस
ट्याग : #सृजना तिमल्सिना


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545