Techie IT
शुक्रबार, चैत्र २८,२०८१

जतिसुकै पटक संविधान आए पनि एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन सकिँदैन, संविधान नजलाई हुँदैन, नेता नभुटी हुँदैन


– स्वागत नेपाल

एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन नसकेजस्तै जति पटक जस्तो संविधान आए पनि पूरानै नेताहरुबाट केही पनि हुन सक्दैन, उमेर मात्र पूरानो होइन यितको विचार पनि पूरानै हो । नयाँ आएका पार्टीहरु पनि सबै पूरानै विचारका हुन् । यी सबैको विचार सांसद भएर मन्त्री /प्रधानमन्त्री बन्नुपर्छ भन्ने हो । नेपाललाई चाहिएको सांसदहरु मन्त्री प्रधानमन्त्री बन्न नपाउने व्यवस्था हो ।

नेपाललाई चाहिएको जनताले आफ्नो सरकार आफै बनाउन पाउने, विदेशीले ढाल्न नसक्ने सरकार बनाउन पाउने व्यवस्था हो । त्यो व्यवस्था सांसदको बहुमत होइन, जनताको मतदाताको जम्मा मत मध्ये ५१ मत पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था हो ।

पञ्चायत व्यवस्था गलत तर पञ्चायती व्यवस्थाकै व्यक्तिहरु लोकेन्द्र बहादृुर चन्द र सूर्यबहादुर थापा सही भनेर यिनै कांग्रेस र एमालेले हामीलाई फेरि बहुदलीय व्यवस्थामा पनि पञ्चको शासन भोगाएका हुन् । यिनै कांग्रेस एमाले पहिला पञ्चायतमा पनि शासक थिए अजुननरसिंहदेखि कम्युनिष्टका नेता राजपरिषद स्थायी समिति सभापतिसम्म ।

माओवादी आएपछि पनि हामीलाई यिनै बहुदलवादी र गणतन्त्रवादी नेताले कमल थापादेखि लोकमान ठीक हुन् भनेर यिनैले शासक बनाएर हाम्रा टाउकामाथि राखिदिए । त्यसैले पञ्चायतदेखिका अहिलेसम्मका सबै शासक एउटै हुन् । चाहे ती कांग्रेस एमाले माओवादी राजावादी मधेसवादी जो जो हुन् ।

त्यसैले हिजो राजाका समयदेखि कांग्रेस एमाले माओवादी सबैसँग मिलेर खाने राजेन्द्र महतो, जे पी गुप्ता, महन्थ ठाकुर सबैलाई सबैले दलले र व्यवस्थाले पालिरहेका थिए । आज पनि एमाले र माओवादी मिलेर राजेन्द्र महतोलाई भोट हालेर निर्णयै गरेर जिताएका हुन्, राप्रपका महामन्त्री राजेन्द्र लिंगदेनलाई पनि एमाले र माओवादीले आफ्नै उम्मेद्वार सरह भोट हालेर निर्णय नै गरेर जिताएका हुन.् । महन्थ ठाकुरलाई कांग्रेसले जिताएको हो ।

हृदयेशलाई कम्युनिष्टले जिताएको हो । प्रचण्डले हिजोअस्तिको स्थानीय निकायको निर्वाचनमा रुखमा भोट मागेको हालेको, देउवाले हिजो अस्ति मात्रै हो हसिया हथौडामा भोट हालेको । साझा विवेकशीलले कांग्रेलाई भोट हालेको राष्ट्रिय सभामा । अनि यिनीहरु सबैको के फरक फरक सिद्धान्त, नीति, विचार छ र ? यिनीहरु सबै जनताको ढाड सेकेर खाने एउटै सिद्धान्त भएका फरक फरक नामका एउटै पार्टी हुन् नेपालका हालसम्मका । नाममा नयाँ देखिए पनि नेपालका हालसम्मका सबै पार्टी पूरानै र एउटै नीतिका फरक फरक नामका त्यही सांसद खरिद बिक्री गर्ने, सांसदबाट मन्त्री/प्रधानमन्त्री बन्ने,जनताको बहुमतका नाममा जनताको होइन विदेशीको पैसाले खरिदबिक्री गरिएका सांसदको बहुमतबाट सरकार बनाउने ।

विदेशीले नै चाह्यो भने जनताको मतबाट होइन विदेशीकै इशारामा सांसदको भोटबाट सरकार ढलाउने, मह्रंगो चुनाव गराएर अप्राकृतिक मूल्यबृद्धि गराउने एउटै सिद्धान्तका पार्टीहरु हुन् । त्यसैले बहुमत छँदाछँदै पनि विदेशीको डरले सरकारलाई अmझै बढी सांसदहरुलाई मन्त्री बनाएर सरकारमा सामेल गराउनु पर्ने बाध्यता हुन्छ । अहिलेको सरकारलाई पनि त्यही भएको हो ।

जम्मामा, हालसम्मका सबै दल र नेताहरु निरंकुश हुन्, वास्तविक लोकतन्त्र विरोधी हुन् । यिनीहरु पञ्चायतकाल देखिकै नेता र दलहरु हुन् । त्यसैले संविधान पटक पटक हामीलाई षडयन्त्रमूलक ढंगले झुक्याएर परिबर्तन भए पनि नेता उनै रहिरहन्छन् । नेपालमा राजनीति भएकै छैन, जालझेल मात्र भएको छ ।

व्यवस्था परिवर्तन भए पनि तिनै निरंकुश शासनका पक्षधर नै अहिलेसम्म मन्त्री प्रधानमन्त्री छन् । यो देखिँदाको मात्र लोकतन्त्र हो । यो लेख पढिरहने तपार्इँ कतिले आफँैले हालेको भोटले यो देशको प्रमुख जन्मेदेखि अहिलेसम्म को कति पटक भयो ? तपार्इँको र तपार्इँको भोटले होइन, सांसदको भोटले मात्र सरकार चलाउने व्यक्ति छानिन्छ । सरकार बन्छ । तर सोझौ जनताको अर्थात् मतदातको जम्मा मत संख्याय ५१ प्रतिशत ल्याउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था हुने हो भने हरेक जनतालाई विदेशीले यसलाई भोट हाल्नुस् भन्न सक्छ ? सक्तैन त्यसैले विदेशी हस्तक्षेप चल्दैन । तर यी दल र नेताहरु त्यो व्यवस्था चाहँदैनन् किनकि यिनीहरु विदेशीका गुलाम हुन् । अब चाहने हो भने पनि यिनहरु पटक पटक नुहाइसकेका पानीहरु हुन् यिनैलाई प्रयोग गरेर नेपाली राजनीति र समाज शुद्ध हुन सक्तैन ।

मैले यो लेखमा राजनीति शास्त्र,कानुन वा अन्य विषयको पारिभाषिक शब्दहरुको ज्ञान नभएका व्यक्तिहरुले पनि बुझ्न बुझ्न सजिलो होस् भनेर शासकीय स्वरुपका क्लिष्ट शब्दहरु प्रयोग नगरेको हो । नेपालमा साँच्चैका नयाँ व्यवस्था हुनका लागि तलका केही तथ्यहरु हेरौँ

  • के तपाईं जीवित रहेका सबै नेताकाे स्राेत नखुलेकाे सम्पत्ति जफत गरि राष्ट्रियकरण हाेस् भन्ने चाहनु हुन्छ ? यसाे गर्दा उनीहरुले जनताबाट लुटेकाे रकमले झ्न्डै ४ वर्षकाे बजेट बन्ने रहेछ ।
  • के तपाईं सांसदहरु मन्त्री/प्रधानमन्त्री बन्न नपाउने व्यवस्था चाहनुहुन्छ ? यसाे गर्दा सांसद बन्न खर्चिलाे चुनाव हुन्न, सांसद खरिदबिक्रि हुन्न, अप्राकृतिक मूल्यबृद्धि हुन्न ।
  • के तपाईं सांसदकाे बहुमत हाेइन जनताकाे ५१% भाेट पाउनेले मात्र सरकार बनाउन पाउने व्यवस्था चाहनुहुन्छ ? यसाे गर्दा विदेशीले सांसदलाई लगानी गरेर सरकार ढलाउने बनाउने कुरा सम्भव हुँदैन, विश्वास,अविश्वासकाे मतमा सांसदले विदेशीकाे इसारा पर्खनुपर्ने हुँदैन । जनताले साेझै सरकार बनाउँछन् ।
  • के तपाईं पार्टीले गुण्डा फटाहालाई चुनावमा उम्मेदवारकाे टिकट दिँदा उम्मेदवार बहिष्कार गर्न पाउने राइट टु रिजेक्ट चाहनुहुन्छ ? यसाे गर्दा हामीले प्रतिनिधि छनाैटमा सहभागिता पाउँछाै, अहिले प्रतिनिधि हामीले छानेकाे हाेइन, टिकट दिनेले छानेकाे र जनताले भाेट हालिदिएकाे मात्रै हाे, उम्मेदवार उठाएकाे हााेइन ।
  • के तपाईं चुनाव जितेर गएपछि गर्छु भनेकाे काम नगर्नेलाई मैले दिएकाे भाेट फिर्ता लिन्छु भनेर उनीहरुलाई फिर्ता बाेलाउन पाउने राइट टु रिकल चाहनुहुन्छ ? यसाे गर्दा जनप्रतिनिधि जिम्मेवार बन्छन्, अहिले एक पटक जितेपछि महाभियाेग पनि नलाग्ने मैमत्त पद सांसद हाे ।
  • के तपाईं संघीयताको नाममा जनताकाे ढाड सेक्ने कर प्रणाली अन्त्य गर्न चाहनुहुन्छ ? यसाे गर्दा धनीबाट धेरै कर लिएर गरीबका लागि खर्च हुन्छ, अहिले डेमाेक्र्याटिक ट्याक्सेसन सिस्टम छैन, विनाेद चाैधरीहरुजस्ताले लिएको कयाैँ बैककाे ऋण सरकारले मिनाहा दिन्छ तर भैंसी किनेकाे किसानकाे ऋण भैंसी भीरबाट लडेर मर्दा पनि मिनाहा हुँदैन ।
  • के तपाईं सामावेसिताकाे नाममा ठालूहरु मात्र सांसद/मन्त्री हुने व्यवस्था हटाउन चाहनुहुन्छ ? यसाे गर्दा मधेसी महिलाकाे प्रतिनिधित्व राज्यलक्ष्मी गाेल्छा, मधेसीकाे प्रतिनिधित्व विनाेद चाैधरी, काठमाण्डुका नेवार महिलाकाे प्रतिनिधित्व शंकर पाेखरेल र ईश्वर पाेखरेलका श्रीमतीले अनि जनजातिका महिलाकाे प्रतिनिधित्व वामदेव गाैतमकाे श्रीमतीले गर्न पाउँदैनन् ।
  • के तपाईं काम नगर्नेहरु झन् धनीधनी र गरीव झन् गरीवगरीव हुँदै जाने व्यवस्था नष्ट गर्न चाहनुहुन्छ ?
  • के तपाईं कुनै काम नगर्ने अाफू एक पैसा नकमाउने तर समाजमा सबैभन्दा महंगा घर, गाडी, अस्पतालहरुमा शेयर हुने नेताहरुकाे साँचाे हैसियत पत्ता लगाउन र सधै मरीमरी काम गर्ने जनता चाहिँ विरामी हुँदा अस्पतालकाे सामान्य उपचार समेत गर्न नपाई मर्ने अवस्थाकाे कारण पनि सप्रमाण पत्ता लगाई तिनकाे पत्ता साफ् गर्न चाहनुहुन्छ ?
  • के तपाईं अाफ्नाे पेट पाल्नकै लागि राजनीति गर्ने र राजनीति बाहेक कुनै पेशा व्यवसाय नगर्नेहरुले राजनीतिलाई पेशा बनाएका कारण उनीहरुले देश लुटेका हुन् र यस्ताे कुनै अार्थिक उपार्जनकाे काम नगर्नेहरुले खानकै लागि राजनीति गरेका हुन् , त्यसैले त्यस्ता कुनै व्यवसायिक / प्राज्ञिक संलग्नता नभएकालाई अाफ्नाे पेटसम्म अाफै नपाल्नेहरुलाई राजनीतिबाट बिदा दिनुपर्छ अनि मात्र राजनीति ठीक हुन्छ भन्ने ठान्नुहुन्छ ?
  • के तपाईं सदाका लागि नेपालबाट नेपाली अनुहारका विदेशीहरुकाे समाप्ती भएकाे नेपाल हेर्न चाहनुहुन्छ ?.
  • के तपाईं हाम्रा मन्त्री/प्रधानमन्त्रीले कुनकुन विदेशीसँग के के गाेप्य देशघाती सहमति र कुराकानी गर्छन् भन्ने एकएक कल डिटेल हेर्न/सुन्न चाहनुहुन्छ ?
  • के तपाईं युवाहरुकाे स्वराेजगारीका लागि सरकारकाे मुख नताकी नयाँ “युनिक” उपायहरुबारे जान्न चाहनुहुन्छ ?
  • के तपाईं विरुद्ध कुनै पनि गम्भीर अपराध भएकाेछ र गरिवीकाे कारण न्याय समेत पाउनु भएकाे छैन भने निशुल्क न्याय चाहनुहुन्छ ?
    ………..

यदि हाे भने,
यसका लागि नेपालमा मात्र हाेइन विश्वमै कहिँ नभएकाे अभियान नेपालमा यही असोज १६ गतेदेखि हुँदैछ । हामी जनतालाई दुःख नदिई ग्यास चुल्हाे खाजा सामल अाफैँ बाेकेर, सडक सडकमै टेन्ट टाँगेर वा वास बस्दै जनतालाई कुरा बुझाउँदै मेचीमहाकाली अभियान गर्दैछाैँ । याे अभियानकाे तपाईं पनि मूल अायाेजक र सदस्य बन्न सक्नु हुनेछ, मेचीमहाकाली हामीसँगै जनतावीच अन्तरक्रिया गर्दै हिँड्न सक्नुहुनेछ । नसके अाफ्नाे नजिकका केही जिल्लासम्म केही दिन मात्र पनि रिले यात्रामा सहभागी भएर फेरि नजिकका जिल्ला वा अाफ्नै जिल्लाकाे निश्चित क्षेत्रसम्म मात्र सहभागी भएर अाफ्नाे घर फर्कन सक्नुहुनेछ । तर, एउटा शर्त छ- हामी गलत धन कमाउनेलाई साथ लिने छैनाैं, कारवाही गर्नेछाै, हामी पनि हाम्राे सम्पत्ति विवरण शुरुमै सार्वजनिक गर्नेछाैँ । हाम्रा कल डिटेल समेत जनतालाई सार्वजनिक गर्छाै । तपाईं अाफ्नाे काम र समयले भ्याउने दूरी अनुसार पैदलै, अाफ्नाे साइकल, माेटर,साइकल, गाडी जे पनि प्रयाेग गर्न सक्नु हुनेछ ।


यसका लागि तपाईं अाफू सहभागी हुने जिल्ला, स्थान, सम्पर्क नम्बर इमेल अाइडी र अाफ्नाे पेशा सहित खुलाएर फेसबुक inbox, email : swagatpal@gmail.com वा फाेन नम्बर ९८५१०१७७१० मा सम्पर्क गर्न सक्नुहुनेछ । विश्वास छ- तपाईँकाे साथ, समर्थन, सहयाेग र शुभकामना रहनेछ । याे कुनै पार्टी हाेइन स्वतन्त्र हाे, अशान्त क्रान्ति हाेइन अभियान हाे । त्यसैले यसकाे नाम स्वतन्त्र राष्ट्रिय अभियान हाे । हामी यहाँको फोन र इमेल आइडी सहित नाम ठेगाना पर्खने छौँ .

नेपालका हालसम्मका सबै पार्टी फरक फरक नाम भएका एउटै पार्टी हो, सबैको सिद्धान्त व्यवस्था र संविधान परिवर्तन गरिरहने तर व्यक्ति चाहिँ आफूहरु नै सबै मिलेर शासन गरिरहने हो त्यसैले जतिसुकै पटक संविधान आए पनि एक पटक नुहाएको पानीले फेरि नुहाएर सफा हुन सकिँदैन, संविधान नजलाई हुँदैन, नेता नभुटी हुँदैन तर भुट्ने भन्नाले विचारले भुट्ने हो । विचारले भनेर कुरा मात्र गर्ने होइन, कामले भुट्ने हो । आउनुस् हामी हातेमालो गरौँ धेरै दिन बाँकी छैन, यही असोज १६ देखि हामी मेचीमहाकाली अभियानमा छाँै ।

यो संविधानको अन्त्य गराँै, पूराना विचार र व्यक्तिहरुको होइन वास्तविक लोकतन्त्र स्थापित गर्ने नयाँ विचार र व्यक्तिहरु, जो एक पनि नुहाइसकेको पानी होइन, त्यस्ता व्यक्तिहरुको नेतृत्व निर्माण गरौँ । तपार्इँ हामी वीचमै तपार्इँ र म नै त्यो नेतृत्व र अभियन्ता हौँ । हामीले हामीलाई नचिनेर हो । संसारमा एउटा मान्छेजस्तो शक्तिशाली केही र कोही छैन । हामीमा त्यो शक्ति छ । आउनुस् यो व्यवस्था अन्त्य गर्न लागाँै, जागौँ ।

 


क्याटेगोरी : विचार/बहस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545