होसियार ! जीवनका खुसीहरु लुटिनसक्छ

–Cindy dobalee(Mina)
धेरैजसो युवायुवतीहरु, अझ भदौ किशोर किशोरीदेखि नै सुन्दर र पृथक देखिन टिपटप हुने र माया, प्रेमको चक्करमा रुमल्लिने अहिलेको समयमा फेसन जस्तो भइसकेको छ । सकारात्मक भन्दा नकारात्मक सोच र क्रियाकलाप बढिरहेका छ । राम्रो हृदय भएको व्यक्ति पत्ता लगाउन र पाउन मुश्किल छ । अहिले कस्तो योग आइसक्यो की समाजमा दाजुभाइ एकआपसमा घर झगडा, बेमेल । दिदिले बहिनी र बहिनीले दिदीमाथि नै शोषण । एक आपसमा पारिवारिक माया मोह, सामाजिक सद्भाव भन्दा पैसा, लोभ लालचले बहुमूल्य भयो ।
समाजमा धेरै किसिमका व्यक्ति हुन्छन । कुनै जन्मजात सन्कि र शंकालु, उत्तेजक र झगडालु स्वभावका । कोही असहयोगी, स्वार्थी प्रवृतिका । मानब गुण नभएकाहरु । त्यस्ताले प्रत्येक विषयलाई नकारात्मक ढङ्गले हेर्छन् । कतिपय मानिस पढेलेखेको छ, कुलीन परिवारमा जन्म भएको भएपनि मनमा धर्म नभएको, असल नियत नभएको पाईन्छ । मनोविज्ञान ९उकथअजययिनथ० अध्यनरत हुँ, शक्ति दिन्छु जस्ता भ्रम सिर्जना गर्ने थुप्रै बिकृती विसंगतिसंगै अपराधिक गतिविधि फैलिरहेका छन् ।
द्रव्र्यवहार, इष्र्या, लोभ, धन सम्पति मोह, यौन मनोबृत्ति जस्ता खराब मनसाय बढि देखिन्छ । जब यस्ता मनोसाय लिएर कसैले सम्बन्ध बढाउछ भने त्यहाँ हिंसा, बलात्कार जस्ता अपराध हुनेगर्दछ । पूर्व सम्बधका महिला होस् या पुरुष अरुका खुशीमा असर पुर्याउने, कमजोरीलाई बिन्दु बनाएर सरल जीवनमा समस्या पैदा गरिदिने गरेको पाईन्छ । अरुलाई चोट पुर्याउन आफु जस्तै अरुलाई खराब सोचेर गलत र नराम्रा प्रचारबाजी गर्दै हिड्छन् र बेइजत गर्छन् ।
हरेक मानिस, उ कस्तो वातावरणमा हुर्किएको छ, उसको सोचाई त्यसमा फरक पर्नसक्छ । धेरैजसो यी कुराहरुमा किशोरकिशोरी र युवायुवती फसेको पाईन्छ । यस्ता शोषणका अनगिन्ती समाचार सुन्छौ हामी । एक महिलाले अर्का महिलाई शोषण गर्छन् । आफ्नो स्वार्थको लागी होस् वा रिस, डाहा गरेर । यस्ता विकृत व्यवहार र मनोबृत्ति भएका व्यक्तिबाट ज्यादै सचेत भई जोगिनु पर्छ र समाजबाट त्यस्ता विकृति हटाउन सचेत नागरिकहरुले कडा कदम चाल्न सक्नुपर्छ ।
कुनै एक पूर्व सम्बन्ध रहेको पुरुषले महिलाको गलत प्रचार गरेर बैइजत गर्छ र उसलाई चोट पुराउने कार्य गर्दैछ भने असल महिलाहरुले उसको गलत कार्यको कडा विरोध गर्न सक्नुपर्छ र त्यस्ता गलत कार्य रोकेर र कारवाही गर्नु पर्दछ । तर यहाँ कतिपय अवस्थामा हामी के पाउन सक्छौं भने एक महिलाले महिलालाई नै दुव्र्यवहार गर्ने, हेप्ने, उसको परिवारको हैसियत हेरेर गरिब, धनीको भेदभाव गर्ने, पैसामा उसको स्वाभिमान र इज्जतमा चोट पुराउने भईरहेका छन् ।
गलत साथीसंग सम्बन्धको कारणले पिडित बन्न विशेष गरी युवायुवतीहरु छन् । एक निर्दोष नारीले गलत व्यक्तिलाई प्रेम गर्छिन् तर पछि केटाले आप्mनो स्वार्थ पुरा गरेर धोका दिनसक्छ, उसको स्वाभिमान, नैतिकता, इज्जत बर्बाद गरिदिन सक्छ । त्येसैले कुनै पनि सम्बन्ध मायाजालमा फस्ने किसिमले गर्नुहुदैन । असल र खराब छुट्याउनु नै पर्छ । खराब सम्बन्ध आगाडी नबढाएकै उत्तम हो । जसले पछि पछुताउनु पर्दैन ।
पुरुसमा पनि येस्त घटना घटेको हुन्छ । उनले आफ्नी पत्नीलाई माया गर्छिन् तर गलत व्यक्तिले उसको जीवनमा धोका दिएको हुन्छ ।
जीवनमा ठूला समस्याहरु आइपर्न सक्छन् । त्यसैले बेलैमा सबैले होस् पुर्याउनुर्छ । सचेत रहन सक्नुपर्छ ।
यस्ता समस्याबाट गुज्रिनु पर्यो भने खराब इतिहासले तपाईंको मानसिक स्वास्थ्य र व्यक्तिगत जीवनमा अध्याँरो पार्नसक्छ ।
हामी धेरै नै समाचार सुन्न सक्छौं कि गलत साथीको कारणले विशेष गरी जवान बन्दै गरेका किशोर किशोरी र युवायुवतीहरु पिडामा परेका छन् । आपराधिक मनोबृत्तिको सिकार बन्ने गरेका छन् ।
खासगरी आर्थिक रूप कमजोर परिवारका बढि पर्ने गरेका छन् । तर, त्यस्ता खराब मनोबृत्ति र अपराधीलाई समाजबाट परास्त गर्नुनै पर्छ ।
कडा भन्दा कडा कारवाही गर्ने र सचेतना फैलाएर यस्ता खराब कुरालाई रोक्नुपर्दछ । अनि सदैब सजगता अपनाएर बस्नु पर्दछ ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #–Cindy dobalee(Mina), #जीवनका खुसीहरु लुटिनसक्छ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्