Techie IT
शुक्रबार, चैत्र २८,२०८१

आमा


  • सुवास भट्टराई

नौ महिना कोखमा राखि  दुख पिडा

सबै सहि यो सुन्दर सन्सार देखायौ आमा

आफ्नो पेट काटि काटि

मेरो लागि सबै संग लडि

 

मलाइ यो योग्य बनायौ आमा

तिम्रो महान्ता वर्णन गर्न शब्दनै कहा बनेको छ र

तिम्रो दुधको ऋण तिर्न जे गरेनि कहा सकिन्छ र

आमा……

 

हात समाइ समाइ हिड्न सिकायौ तिमिले

सन्सारको तउर तरिका बु्झायौ तिमिले

तिम्रो पाठनै किताब भन्दा ठुलो ज्ञान भो मलाइ

तिम्रो भोगाइ नै जिवन जुउने मुलमन्त्र भो मरो लागि

 

म रुदा संगै रोइ मेरो हासों नै जीत बनाइ

मेरो प्रेरणाको स्रोत बन्यौ आमा

आफ्नो पेट काटि काटि मेरो लागि सबै संग लडि

मलाइ यो योग्य बनायौ आमा

 

तिम्रो ममताको आभास अरु बाट कहा पाइन्छ र

तिम्रो गुणको ऋण तिर्न जे गरेनि कहा सकिन्छ र आमा

मेरो चौधै भुवन तिमि मेरो तेतिस कोटि तिमि

जे जति धाम छन जे जति तिर्थ छ्न मेरो लागि ति सबै तिमि

आमा……


क्याटेगोरी : विचार/बहस
ट्याग : #आमा, #सुवास भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545