Techie IT
शुक्रबार, चैत्र २८,२०८१

यस्तो छ सुवास भट्टराईको गीत : सिमसिम झरीमा


  • सुवास भट्टराई

आउ न प्रियसी

सँगै मिली डुलौ यो रमाइलो मौसममा

नाचौ अनी गाऔं मिली यो सिमसिम झरीमा

आउ न प्रियसी

सारा खुशी समेटु यो रमाइलो पलमा

आज नै बाँचौ सारा जिन्दगी एक अर्काको साथमा

कती रमाइलो छ आजको यो दिन

हामी दुई अनी यो झरीको साथ छ

शायद चिसोले होला सारा शरीर तिम्रो काम्दैछ

तिमीलाई यस्तो देखेर अँगालोमा बाधुँ झैं लाग्दैछ

आउ न प्रियसी

मेरो अँगालोमा बाधिंन यो रंगिन समयमा

नाचौ अनी गाऔं मिली यो सिमसिम झरीमा

छुँदा पानीको थोपाले तिमीलाई डाहा मलाई लाग्छ

तर पनि खुशी हुन्छु म सुन्दरता तिमीमा थप्छ

रुझेको त्यो तिम्रो नसालु मुहार चुमुं झैं लाग्दैछ

तिम्रै अँगालोमा बाधिंएर जीवन यो बिताउ झैं लाग्दैछ !


क्याटेगोरी : विचार/बहस
ट्याग : #सिमसिम झरीमा, #सुवास भट्टराई


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:40 am6:28 pm +0545