Techie IT
शुक्रबार, वैशाख ५,२०८२

टोखाका वडा अध्यक्ष नेपालको कविता सन्देश


घर बाट लखर लखर ,निस्के घुम्न लाई
बाटो भरि जुलुस जस्तै ,मान्छे जम्मा भइ
किन निस्के बाटो भरि ,बुझियेन खोइ
लागे पछि बस्नु पर्छ , घरमा रोइ रोइ
खेलाचि चाहिँ नगरु है , सबले सोच्नु पर्छ
जटिल रोग आको छ है , मान्छे धेरै मर्छ
घरमा बसि आफ्नो काम , घर भित्र गरौ
समाज लाई सकारात्मक , सन्देश पनि छरौ
भुसको आगो सल्के जस्तो , जतातेतै हेर
लापरबाही भयो भने ,मान्छे मर्ने धेर
घुडा टेके सक्तिसालि , भन्ने रास्ट्रहरु
धान्दैनहै देशले अब ,आफै होस गरु
सन्देस मुलक सूचना लाई , प्रबाह गर्न खोजे
बाहिर घुम्ने काम भन्दा ,पडने लेख्ने रोजे
जिबन रहे सबथोक हुन्छ , बुझौ सबले अइले
सचेतना गर्न लाई , केही लेखे मैले
ब्याबसाही उधोग पती , सबले सोच्नु पर्छ
यहि बेलामा सहयोग गरे , मान्छे थोरै मर्छ
राजनीतिको फोहोरि खेल , बन्द गर अइले
दुई हात जोडी प्रणाम गरे , नेता हरु लाई मैले
दुई हात जोडी प्रणाम गरे , नेता हरुलाई मैले

क्याटेगोरी : विचार/बहस
ट्याग : #जे.पी नेपाल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Mostly Cloudy
5:33 am6:31 pm +0545