Techie IT
बुधबार, माघ २३,२०८१

गन्तव्यका रङ्गहरू


ओमप्रकाश आचार्य

आकाशबाट तारा खसेको मैले देखेकोछु,

प्रकाश छाड्दै गरेको पटक पटक

धर्तीमा जगतको कल्याण खातिर म पनि वलिदान हुन सक्छु भनेर ।

मूलबाट पानी बगेको मैले देखेकोछु ,

एकोहोरो गोहो बनाउँदै तलैतिर झरेको परिचय खुलाउन समुन्द्रतिर म पनि तिमी जतिकै गहिराइमा पुग्न सक्छु भनेर ।

कालो बादल मडारिदै छुत्तिखेलेको मैले देखेकोछु,

तलतिर वर्षँदै गरेको तिम्रो र मेरो नाता एउटै हो

मौसमले फेरेको हो सम्बन्ध जीवन धान्ने काममा लागेकोछु भनेर ।

पाकेको फल वृक्षबाट खसेको मैले देखेकोछु,

तल जमिनतिर आएको तम्सिएकोछु

भाग लाग्न आफ्नो अस्तित्व मेट्दै अरूकै क्षुधा शान्त गराउने अठोटछ भनेर ।

मेरो प्रिय आदर्शले शिर निहुराएको मैले देखेकोछु,

तल तल भन्दै पाइलाहरूलाई जागा भई फरेली खेल्दैगरेको

भूईँमान्छहरूका फाँदमा फेरि एकपटकलाई माफ देउँ भनेर ।


क्याटेगोरी : विचार/बहस
ट्याग : #ओमप्रकाश आचार्य, #गन्तव्यका रङ्गहरू


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
22°
Fair
6:46 am5:48 pm +0545