Techie IT
शनिबार, वैशाख ६,२०८२

मनोसामाजिक समस्या र मनोविर्मश सेवा


बिना राना

आजको बदलिदो परिवेस सारा विश्वनै भागदौड तछाड मछाडको अभियानमा लागेको समय यसबाट को ब्यक्ति अछुतो रहेको होला ?

सबैले सबैलाई पछि पारेर आफु अघि बढौ भन्ने भावनाको विकास भएको समाज र त्यहि समाजका नागरिक हामि यहाँ कसैलाइ कसैको बारेमा सोच्ने विचार गर्ने फुसर्द छ र ?
त्यहि ब्यस्तताले गर्दा मानिस निरन्तर एक्लै दौडिरहेको हुन्छ , कसैको परवाह नगरी अघि बढिरहेको हुन्छ , जबसम्म आफ्नो इच्छा चाहना पुरा हुन्छ तबसम्म त ठिक छ तर जब ठेस लाग्छ(समस्यामा पर्छ) यस्तो अवस्थामा के गर्ने ?

मनिस मन,भावना, प्रेम भएको प्राणी हो अनायासै उस्को जिवनयापन गर्ने शैलिमा ब्यवहारमा फरक आउन थाल्दछ यस्तो मा के गर्ने ? के नगर्ने ?प्रश्न उआफैमा सिमित हुन्छ जब आफ्नो मनको पिडा बुझिदिने वा सुनिदिने कोहि हुदैन आफ्ना भावनाहरु ब्यक्त गर्न नपाएर कुण्ठित भयोभने मानिसमा मनोसामाजिक समस्य हुन थाल्दछ , उस्ले आफ्नो भाावना वेदना पोख्ने वा सुन्ने ब्यक्ति खोजिरहेको हुन्छ तर को ?जब मानिसले आफुलाइ एक्लो महशुस गर्न थाल्छ तब उस्मा मनोसामाजिक समस्या देखा पर्न थाल्छ के हो मनोसामाजिक समस्या??

मन र समाजविचको सम्बन्धलाई मनोसामाजिक भनिन्छ । मानिसको मन भन्नाले भावना,विचार,विश्वास,बुझाइ,सँवेग भन्ने बुझिन्छ ।

समाजभन्नाले घरपरिवार , धर्म सँस्कृति रीतिरीवाज मुल्यमान्यत ाआपसी सम्बन्ध भन्ने बुझिन्छ मन र समाजविच एकअर्काको पारस्पारिक रुपमा विभीन्न तरीकाले प्रभावपारेको हुन्छ । मन र समाजबिच असन्तुलन हँुदा मनोसामाजिक समस्या उत्पन्न हुन्छ यो असन्तुलनले ब्यक्तिको भावना, विचार स्मरण शक्ति सिक्न बुझन र मनन गर्न सक्ने क्षमतामा नकारात्मक प्रभाव पार्छ। ब्यक्तिको सामाजिक जिवनयापन आर्थिक स्थिति प्रभावित हुन्छ जस्तै ं.आपसि सम्बन्ध बिग्रने , आर्थिक स्थिती कमजोर हुने , पारिवारिक विघठन हुने , विस्थापित हुने , सामाजिक रीतीरीवाज विग्रने आदि हुन्छ ।

मनोसामाजिक समस्याका ४ आयामहरु

  • मनमा  चिन्ता, पिर,एक्लोपन, सुन्न नसक्ने,झर्को मान्ने कसैसँग नजिक हुन मन नगर्ने, ध्यान केन्द्रित गर्न नसक्ने, डर, ग्लानि, असहायपन को महशुस हुन्छ।
  • शरीरमा  वाकवाकि लाग्ने,खानमन नलाग्ने, रीँगटा लाग्ने, निन्द्रामा गडबडी हुने, चिटचिट पसिना आउने, थकान महशुस हुने।
  • ब्यवहारमा  निस्क्रिय हुने, ध्यान केन्द्रित गर्न नसक्ने, एकोहोरो हुने,
  • डराउने,तर्सने,नबोल्ने, आवश्यक्ता भन्दा बढि सतर्कता अपनाउने,वास्तविकता लाइ स्विकार्न नसक्ने हुन्छ।

सम्बन्धमा  विश्वास नगर्ने , कसैको कुरा नमान्ने , परिवार र साथिदेखि टाढा हुने, झगडालु हुने, आक्रामक ब्यवहार देखाउने, अनावश्यक बिवाद गर्ने शँकालु हुने ।

विश्व स्वास्थ्य सँगठनका अनुसार कुैनैपनि ब्यक्ति शारीरीक रुपमा मात्र नभै मानसिक रुपमा स्वस्थ्य रहनुलाइ स्वास्थ्य भनिन्छ । तर वर्तमान परिपेक्षमा पुर्णरुपमा स्वास्थ्य मानिस भेट्टाउन सकिदैन , ब्यक्ति कुनै न कुनै रुपमा मनोसामाजिक समस्याबाट ग्रसित भएको अवस्था छ ।

मन र समाजविच हुने समस्या नै मनोसामाजिक समस्या हो, यसबाट हामि कोहिपनि अछुतो छैनौ ।

नेपालमा लामो समय चलेका द्घन्द्घ, धनि गरीब बिचको खाडल , बिभिन्न प्रकारको सामाजिक र साँस्कृतिक विभेद, बिज्ञान र प्रबिधि सँगै उपभोग्य वस्तुको विकासमा तिव्रता तर सबैको उपयोगमा पहुच नहुनु, जो सँग श्रम श्रृजना छ उ सँग धन हुदैन जो सँग धन हुन्छ उ श्रम गर्देन, असल मान्छे बन्न ेभन्दा पनि शक्तिशालि मान्छे बन्ने होडबाजि छ यस्लेपनि समाजमा मानोसामाजिक समस्या उत्पन्न भएको अवस्था छ ।

नेपालको राजनैतिक ,सामाजिक,आर्थिक तथा प्राकृतिक विपद जस्ता अवस्थाले मानिसमा बिद्रोह,निरासा, तनाव,उत्पन्न गराइ रहेको छ ?

पुरानो पुश्ताले नँया पुश्तामा भरोसा नगर्ने र नँया पुश्ताले पुरानो पुश्तालाइ आदर नगर्ने उनिहरुको आदेश नपछयाउने नभलभचबतष्यल नबउ ले पनि मनोसाजिक समस्या निम्तयाएको छ।

झण्डै ३० लाख युवा बिदेशियका छन्र जस्का कारण थुप्रैका पारिवारिक विचलन तथा पारिवारिक बिछोड भएको छ ।

२०७२ सालको विनाशकारी माहाभुकम्प को कारणलै धैरै मानिस मनोसामाजिक समस्यामा रहेका छन्र ।

बालबालिका सुन्दर कोपिला हुन« उनिहरुलाइ समयमा उचित सँस्कारको जरुरत पर्छ तर परिवार समाज र शिक्षालयले उचित भु

मिका ननिभाउदा बालबालिकामा मनोसामाजिक समस्या पैदा भैरहेको छ ।
विश्वब्यापि रुपमा रहेको कोभीड १९ का कारण मनोसामाजिक समस्या झनै भयावह भयको छ । लकडाउनको अवधिभर मात्र २२१८ जना ब्यक्तिले आत्महत्या गरेको तथ्याङ्ख बाहिरिएको छ भने तारकेश्वरमा ०७६।१२।११.(०७७।६।२ सम्म महिला १० पुरुष ११ को सँख्यामा आत्महत्या भएको तथ्याङ्ख छ ।

हिँसात्मक कार्य,अपराध, यौन र्दुब्यवहार , मानवबेचबिखन,यातना, बलात्कारको घटना बढ्र्रदो छ ।

देशमा आउने बिभिन्न सँकट निवारणमा प्रयत्क्ष सँलग्न रहने सेना,प्रहरी,स्वास्थ्यकर्मि, उद्घारकर्मी आफ्नो आँखा अगाडि ठुला,ठुला घटना देखेर र सो को सामना गर्ने भएपछि सम्मपनि उनिहरुले यस्ता घटना विर्सन नसक्ने भएका कारण थुप्रैमा आघात परिरहेको हुन्छ।

यसबाट हाम्रो समाजमा मनोसामाजिक समस्या भित्र,भित्र भुसको आगो झै सल्किरहेको छ । यसरी मानिसमा मनोसामाजिक समस्या भएमा उस्ले आफ्नो भावना,वेदना,पोख्ने ब्यक्ति खोजिरहेको हुन्छ ।

तर को????

यस्तोमा मनोविमर्शकर्ता ले उस्को समस्या समाधान गर्न सक्छ । के हो मनोविमर्श ?
यस्को आवश्यक्ता किन ?

मनोबिमर्श भनेको सेवाग्राहि (–जो मनको समस्या मा छ ) र मनोबिमर्शकर्ता विचको सहयोगात्मक उपचारात्मक सम्बन्ध हो जस्ले सेवाग«ाहि लाइ म एक्लो छैन मेरो भावना वा कुरा सुन्ने, मलाई

सहयोग गर्ने कोहि छ भन्ने भावनाको बिकास गराइ हिनताबोध बाट मुक्त गराउँन र आत्मबिश्बास बढाउन सहयोग पुरयाउछ । सँबेगात्मक भावनात्मक सहयोगका लागि मनोबिमर्शले सेवाग«ाहिका शोच,बिचार,कठिनाइ,भावना, पिडाहरु लाइ स्वच्छन्द रुपमा अभिब्यक्त गर्न दिइन्छ । ति अभिब्यक्ति हरुका लागि हौसला दिनुका साथै पुर्वाग्रहि पुर्वधारणा रहित रहेर साँस्कृतिक, धार्मिक, राजनैतिक भावनाबाट माथि उठेर स्विकार गर्दछ ।मनोविमर्श सेवा मनोसामाजिक सँवेगात्मक , भावनात्मक तथा बैचारीक समस्याहरु को समाधान सहयोग गर्ने एउटा प्रभावकारी माध्यम हो ।

मनोसामाजिक समस्या भएका ब्यक्तिहरु को पहिचान समस्यामा सहयोग र जटिल समस्या भएमा अवस्था पहिचान ेगरी सम्बन्धित सँघ सँस्था तथा उपचार के्रेन्द्रहरुमा सीफारीस गर्न मनोबिमर्शकर्ता को सहयोगको आवश्यक्ता पर्छ ।

नेपालको सन्र्दभमा भन्ने हो भने पृतिसतात्मक शोचका कारण अझैपनि महिलाहरु घरेलु हिँसाको चरम शिकार हुन बाध्य रहेको कुरा विधितै छ चाहे शिक्षित भनौ या अशिक्षित, अझ भनौ अशिक्षित महिलाहरु त बुझाइ,पहुँचका कारण घरेलु हिँसाको शिकारमा छन्र नै तर यहाँ अशिक्षित भन्दा शिक्षित महिलाहरु अझबढि घरेलु हिँसाको शिकार भएको पाइन्छ ।

सामाजिक मर्यादा र इज्जत गुम्ने डरका कारण आफ्नो पिडा आफैभित्र गुम्साएर राखेका कैयौ उदाहरण हाम्रै समाजमा ब्याप्त छन« । यस्तो अवस्थामा आफ्ना समस्या र पिडाहरु ब्यक्त गर्ने ठाँउ नपाउदा कतिपय अवस्थामा मानसिक रोगको शिकार भएको पाइन्छ भने कतिले आत्महत्या समेत गरेको देख्न वा सुन्न सकिन्छ।

जब मान्छेका मनभित्रका भावनाहरु कुण्ठित हुन्छन« तब उसलाइ शारिरिक पिडाभन्दा बढि भावनात्मक पिडा वा मानसिक पिडा हुन्छ जस्का कारण बिभिन्न रोगका शिकार हुने प्रवल सम्भावना हुन्छ । यस्तो समस्यामा युवायुवति बृद्घबृद्घा मात्र नभएर बालबालिका समेत हुने गरेको पाइन्छ ।

यसरी पिडामा रहेका ब्यक्तिहरुको कुराहरु सुनेर उस्को समस्या पहिचान गर्न लगाइ आफ्नो समस्या समाधान गर्न माध्यम पहिल्याउन मद्घत गर्ने सेवा नै मनोबिमर्श हो यो नितान्त गोप्य हुन्छ बिभिन्न सिपहरुको प्रयोगबाट ब्यक्तिलाइ समस्या बाट बाहिर निकालिन्छ ।

आजको समयमा बिभिन्न कारणले मानिसहरु मनोसामाजिक समस्यामा रहेको अवस्था छ जस्का कारण मानिसहरु डिप्रशनमा जाने र आत्महत्या सम्म गर्न पछि नपरेको पाइन्छ, यस्ता समस्याहरुको पहिचान गरी तत्काल पिडितहरु सँग बसेर उस्को कुरा सुनि उस्लाइ समस्याबाट निकालेर र्पुर्ववत अवस्थामा फर्काउन र अघि बढ्रनलाइ सहयोग गर्नका लागी परिवार समाज राज्य नै लाग्नुपर्ने आजको आवश्यक्ता रहेको छ ।

जबसम्म मानिस बिक्षिप्त भएर सडकमा आउदैन तबसम्म हामि यसलाइ गम्भिर भएर लिदैनौ,

त्यसअघि बाट उ गुज्रिने बिभिन्न समस्यालाइ कसैले गहन रुपमा लिदैनौ , शारीरीक स्वास्थ्यलाई मात्र हामी स्वास्थ्यको रुपमा लिन्छौ जस्का कारण समाजमा मानसिक स्वास्थ्यको समस्या बढ्रदो छ । मानसिक स्वास्थ्य समस्या बाट बच्न सक्छौ, बचाउन सक्छौ यो समस्यालाई औषधिले मात्र नभै मनोबिमर्शबाट पनि छिटै मुक्त गर्न सक्छौ ।

अबका दिनमा स्थानिय तहले मनोबिमर्श के हो ? यस्को आवश्यक्ता किन ? भनेर जनस्तरमा अन्तरक्रियात्मक कार्यक्रम गर्दे चेतना अभिबृद्घि गर्न जरुरी छ । बिद्यालयको पाठ्रय पुस्तकमा नै मानसिक स्वास्थ्यको बिषय समावेश गर्न जरुरी छ । मानसिक स्वास्थ्य सेवामा लगानि बढाउन अति आवश्यक छ ।

मानसिक स्वास्थ्यलाई प्रभाव पार्ने तत्वलाइ सम्बोधन गर्न जरुरी छ । राज्यले नै नीति बनाएर प्रत्येक स्थानिय तहको नीति तथा कार्यक्रममा समावेश हुनेगरी मनोबिमर्शकर्ताको ब्यबस्ता गर्न सके समाजमा हुने मनोसमाजिक समस्या न्युनिकरण गर्ने काममा कोशेढुगाँ सावित हुनेछ ।

सबैका लागि मानसिक स्वास्थ्य; पर्याप्त लगानी ब्यापक पहुच
जस्लाई पनि जहाँपनि

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 


क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #बिना राणा, #मनोसामाजिक समस्या र मनोविर्मश सेवा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545