Techie IT
शनिबार, वैशाख ६,२०८२

महिला हिँसा किन् हुन्छ ? कहिले अन्त्य हुन्छ महिला हिंसा ?


मेनुका कार्की

साँझबिहान होस् वा रातबिरात महिला स्वतन्त्रपूर्वक एकान्तमा बस्न सक्ने वातावरण छैन । उनीहरूलाई पनि शान्त स्थानमा रहन मन लाग्छ । तर, एउटा साथीको सहारामा हिँडडुल गर्नुपर्ने असुरक्षाले हाम्रो सामाजिक परिवेश कति हिंसाग्रस्त छ भन्ने देखाउँछ ।

सही विषय र राम्रो काम गर्न स्वनिर्णय अधिकारबाट धेरै नेपाली महिला वञ्चित छन् । अविवाहित हुँदा आमाबुबाको र विवाहितपछि पतिको निर्णयमा भरपर्दा उनीहरूको सिर्जना त्यसै मरिरहेको छ । महिलालाई व्यक्तिगत हुने चाहनामा प्रश्न गरेर हामी पुरुषले सबैभन्दा ठूलो हिंसा गरिरहेछौँ ।

हाम्रापालामा यस्तो थियो, हेर त यो केटी यसरी हिँडेकी छे भन्ने पुरानाहरूको कथनबाट आममहिला त्रसित छन् । हाम्रापालामा महिलाले धेरै दुःख पाए, बरु अब नयाँले देखाएको बाटोमा जाँदा उन्नति, प्रगति र महिलाको अधिकार प्राप्ति हुन्छ भन्ने पुरानो पुस्ताले कहिल्यै बुझेन । हिजोका जड्ता पुराना चलनलाई जबर्जस्ती थुपार्न खोज्ने पुरानो पुस्ता महिला हिंसाको कारण बन्दै आएको छ ।
दलीय स्वार्थका नाममा नेपाल सधैँ राजनीतिक रूपमा अस्थिर बन्यो । फलस्वरूप कानुन, दण्ड, अधिकारका विषय बाझिए । राजनीतिक परिवर्तनका नाममा अपराधी छुट्ने मौका पाए । हिंसा गर्नेले संक्रमणकालको फाइदा लिँदै कानुनबाट उम्केर अपराध गरिरह्यो ।

नेपालमा विभिन्न कालखण्डमा भएका सशस्त्र द्वन्द्वले सबैभन्दा बढी महिलालाई सताएको छ । महिलालाई हतियार बनाएर निशाना लगाउने परम्परा चलिरह्यो । पछिल्लो माओवादी युद्धमा धेरै युवती युद्धमा होमिए, कति मारिए, तर जे–जति बाँचेका छन् उनीहरू कुनै न कुनै हिंसाबाट पीडित बने भारतको उत्तर प्रदेश, झारखण्ड र बिहार विश्वमै सबैभन्दा महिला हिंसाग्रस्त क्षेत्रमा पर्छ । यसैको सिमानामा हामी छौँ । त्यसैको प्रभावले तराईमा महिला सधैँ पीडित बनेर बाँच्नुपरेको छ ।

कानुन थाहा नपाएर एकथरीले हिंसा गरिरहेछन् भने अर्काथरीले गरिबीकै कारण महिला बेचबिखनदेखि अनेक गलत काममा महिलालाई प्रयोग गरेका छन् । पछिल्लोपटक देखिएका घटनामा नपढेका व्यक्तिले नै धेरै महिला हिंसा जन्माएका उदाहरण छन् ।

खासगरी महिला हिंसा जन्मनुको मुख्य कारकतत्व पुरुषप्रधान मुलुक भएर हो । प्राकृतिक रूपमा शारीरिक हिसाबले महिला कमजोर हुन सक्छन् । तर, अधिकारमा पनि पुरुषको मात्र राज चल्ने भएकोले महिलाले चाहेर पनि हिंसाबाट बच्न सकेका छैनन् ।

 


क्याटेगोरी : विचार/बहस
ट्याग : #महिला हिँसा किन् हुन्छ, #मेनुका कार्की


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545