यो समाजले किन र कसरी देख्छ बोक्सी ?

शोभा तामाङ्ग
आज हाम्रो देशमा किन सबैको जिब्रो जिब्रोमा बोक्सी शब्द झुण्डिएको छ रुविज्ञान र प्रविधिको आजको युगका मानिसहरू हामी अझै किन जंगली ढुंगे युगको मानसिकताबाट ग्रसित भएको छौं ? हामी आफूलाई एक्काइसौं शताब्दीका मान्छे भन्न रुचाउने तर अझै पनि अन्धविश्वासमा भित्र भित्रै छिरेर विभिन्न कूप्रथा ,कुरीतिलाई अंगालेर किन बसेका छौं ? विकसित मुलुकमा मानिसहरू चन्द्रमामा पुगिसकेका छन् ,कति प्रविधिको विकास गरेर नयाँ नयाँ वस्तुहरूको आविष्कार गरेका छन्।
समयको परिवर्तन संग संगै विश्वका मानिसहरूले थुप्रै प्रगतिको फड्को मारेका छन् तर हाम्रो देशमा हामी भने आजसम्म रुढीवादीको कालो पट्टीले आँखा बाँधेर बसेका छौं।
नचाहिँदो लह लैमा नै सबै ठेललिनछौं। सामाजिक कुरीतिलाई चिर्न अझैसम्म पछि परेका छौं। हाम्रो देशमा सामाजिक विभेद र कुरीतिको जरो गाडेको देख्दा मलाई एकदमै पीडा हुन्छ। समाज भित्र पिछडिएर बसेका गरीब महिलालाई बोक्सी भन्न सक्ने तही समाजमा रहेका धनी महिलालाई किन बोक्सी भन्न डराउँछ त्यो समाज ? यस्ता घटना देख्दा र सुन्दा मेरो मुटु कुडिनछ। समाजमा जरो गाडेका विभिन्न आरोपमा किन महिलाहरूले थुप्रै खालका यातना खेप्नुपरेको हो त ? त्यो कूप्रथा मध्ये एक हो बोक्सी ।
हाम्रो देशका विभिन्न जिल्लामा रहेका विभिन्न ठाउँमा बोक्सीको आरोपमा महिलाहरूलाई विभिन्न किसिमका हिंसात्मक गतिविधिमा संलग्न भएर सिंगो समाजले नै यातना दिएको समाचार पढ्दा र घटनाका दृश्य देख्दा मेरो मानसपटलमा धेरै प्रश्नहरु अनुत्तरित छन। विज्ञानले गलत सावित गरिदिएको र ऐन कानुनले सम्म दण्डित गर्न आदेश दिइसकेको यो कुरीत प्रति समाजका शिक्षित भनाउँदाहरू किन सकृय भएर लागेका हुन् कुटपिट गरेर दानवीय यातना दिनलाई।
गरीब दुखी ,एकल महिला ,वृद्ध महिला ,र सामाजिक रुपमा आर्थिक अभावका कारण कष्टपूर्ण जीवन झेलेर बाँचेका र समाजमा आफूलाई ठुला ठालु भनाउदाहरु आर्थिक सम्पन्नता भएकाहरूबाट दबिएर केही बोल्न नसक्ने महिलाहरूलाई लगाईने आरोप हो बोक्सी , गाउँ घरमा कसैका वस्तु विरामी परेका छन् ,बच्चा विरामी भएको छ ,लैनो गाई भैंसीले दुध नदिँदा पनि बोक्सी लागेर भयो भन्ने समाज अझै छ। शरीरमा एलर्जी भएर आउने घाउ खटिरा आउँदा पनि बोक्सीको आरोपमा निर्दोष महिलालाई शंका गर्ने समाज छ।
यदी साच्चै नै बोक्सी महिलाहरू हुन्छन् भने आफूलाई अन्याय गर्ने सिंगो समाजलाई सखाप पार्ने थिए होलान नि किन केही थाहा नपाउने पशुलाई र अबोध बच्चालाई दुख दिन्थे होलान र ? धर्म संस्कृतिसंग जोडेर तान्त्रिक विधिअनुसार धामी झाँक्रीको पेशाले पनि महिलाहरूको नाम लिएर पेट पालेको देख्दा अचम्म लाग्छ। आफ्नो पेशा जोगाउन तिनै सोझा र निमुखा महिलालाई दोषको भारी बोलाउँदा साथ दिने अन्धो समाजका आँखा कहिले खुल्छन् र मस्तिष्कमा कहिले सकारात्मक सोचको विकास हुन्छ होला। जसको विरुद्धमा निमुखा महिलाहरू केही बोल्न सक्दैनन तयसै माथि चरम यातना दिएको हुन्छ।
नेपालमा बोक्सीको आरोपमा यातना दिएका सबै घटनालाई हेर्दा खेरि एकदमै गरीब र असहाय महिलाहरूमा मात्र हिंसा भएको तथ्यांक संकलन भएको छ। भर्खरै सिराहा जिल्लामा पनि आर्थिक स्थिति कमजोर भएकी महिला माथि पुरै गाउँ समाज र तेती मात्र नभएर स्थानिय तहका सरकारका जनप्रतिनिधिहरूको सम्म संलग्नता भएको समाचार सार्वजनिक भएको थियो।
न्याय दिलाउन र विभेद अन्त्य गर्न जिम्मेवारी दिइएको व्यक्तिहरू नै घटनामा संलग्न भए पछि कसले दिन्छ त अब न्याय ?
एउटी निमुखा महिलालाई बोक्सीको आरोपमा लगाउने समाजले धनी ,शिक्षित ,राजनीतिक दलका प्रतिष्ठित महिलाहरूलाई किन बोक्सी भनेर आरोप लगाएर यातना दिन सकेको छैन ? सबै महिलाहरू एउटै हुन। सबैलाई मार्न सक्ने बोक्सीले त्यसरी आगोले तताएर विभिन्न फलामका वस्तुले जीउ भरी नीलडाम बनाउँदा र जवरजस्ती मलमुत्र खुवाउँदा किन निरय भएर क्रुरतापूरण तरीकाले दिएको यातना सहन पर्दैनथ्यो।
गरिब महिलालाई बोक्सी देख्ने आँखाले आफ्नो घर परिवारलाई बोक्सी देख्न र भन्न कतिको आँट गरेको छ त ? धनी महिला र गरीब महिलामा बीच समाजको हेर्ने दृष्टिकोण किन फरक भयो रु समाज किन जंगली युग देखि आजसम्म पनि बोक्सीको आरोपमा चरम यातना अपमान ,सामाजिक विभेदमा अडिग रहेर क्रुरता पूर्ण तरीकाले हत्या गर्न महिलाहरूलाई नै बढी प्रयोग गर्ने गरिएको छ। समाज भित्र रहेका विद्यामान अवस्थामा रहेका विकृति विसंगतिलाई हटाई शान्त र सभ्य समाजको निर्माण गर्नु तपाई हामी सबैको साझा दायित्व हो।
आखिर बोक्सी प्रथा कस्तो हुन्छ रु कसलाई भन्ने बोक्सी रुकस्ता कस्ता हुन्छन् र बोक्सी रु ठूला सपना बोकेर परिवर्तनका लागि आदर्शका कुरा गर्नेहरूको चेत किन खुल्न सकेको छैन रुयो अन्धविश्वासको ढोकाबाट बाहिर निस्कन किन जान्दैन हाम्रो समाज ?
प्रत्येक दिन महिलाहरू माथि गरिने यस्ता क्रुर विभेदको अन्त्य गर्न र यातना दिने जो कोहीलाई पनि सरकारले कारबाही गर्न सक्नु पर्छ। सरकारले सबैलाई सचेत गराउन नसक्दा नै यस्ता नै यस्ता घटनाहरु घट्ने क्रम जारी रहेको छ।
एउटी निमुखा महिलाले बोक्सीको आरोपमा यातना भोगी रहँदा त्यो संग हामी समस्त महिलाहरू जोडिएका हुन्छौं। हो यही कुरा बुझ्न नसक्नु नै पहिलो समस्या हो। समाज पनि कस्तो ११ यसरी निर्दोष महिला माथि मरणासन्न हुने गरी कुटपिट गर्दा मुख दर्शक बनेर आनन्दले हेर्न सक्ने रु खै त विद्वान वर्गहरूको आवाज निस्केको रु अनि कता कता छन त युवा राजनीतिक गर्ने नेता र कार्यकर्ताहरू रु कुन दैलोमा छन् समाजसेवी अगुवा शिक्षित व्यक्तित्वहरू रु बोक्सी शब्दको व्याख्या गर्न र शब्दकोशमा नै यो विभेद ,क्रुरता पूर्ण अर्थ बोक्ने शब्दलाई हटाउने आँट गर्नु पर्छ।
बोक्सी शब्द हामी भित्र रहेको अन्धविश्वास मात्र हो। भ्रममा बाँचेर एउटा मानिसलाई धेरै जना मानिसको समूह मिलेर हिंसाको सिकार नबनाऔं। यस्ता रुढीवादी अन्धविश्वासलाई हामीले दिमागबाट बाहिर न निकाले सम्म समाजमा बोक्सीको समस्या मुक्त हुन सक्दैन।
यस्ता दिग भ्रमित अन्धविश्वासलाई त्यागी महिला माथि हुने गरेका सबै खाले हिंसाका विरुद्ध आवाज उठाउन सबै लागौं। राजनीतिक दलका छत्रछाँयामा यस्ता कुरीतिलाई अंगालेर बसनेहरूलाई सचेत गराऔं। कुनै पनि महिला बोक्सी हुँदिनन भनेर सबैलाई निर्धक्क भएर बोल्न सिकौं। एक आपसमा सदभाव राखौं। धर्मको नाममा जोडेर गरिने यस्ता कूप्रथाको अन्त्य गरौं।
बोक्सी जस्तो कूप्रथाको छापलाई जरैदेखि उखेलेर सहृदयताको सम्बन्ध कायम गर्ने गरौं। अरूलाई अन्याय पर्दा सम्बन्धित पीडितलाई न्याय दिलाउनका लागि अगाडि आउने हिम्मत जुटाउन सकौं।
अन्यायमा परेकाहरुको लागी न्याय दिन सक्नु भयो भने त्यसको अर्थ फरक र ठूलो हुन्छ। अब पनि कूप्रथाको विरुद्धमा न बोल्ने हो भने कहिले बोल्ने त रुकुरीतिलाई स्विकार गरेर बस्नु के तपाईं हाम्रो नैतिक जिम्मेवारी हो ?
क्याटेगोरी : विचार/बहस
ट्याग : #कसरी देख्छ बोक्सी ?
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्