…नत्र त म जस्ता आमाहरूले सधैं रूनु पर्नेछ

ईन्दीरा बस्नेत
म पनि एउटी आमा हुँ। हरेक आमालाई आफ्ना छोराछोरीहरू प्राण भन्दा प्यारो हुन्छन। आमाहरू छोराछोरीका लागि आफ्नो प्राण त्याग्न समेत पछि पर्दैनन्। तर दुर्भाग्य भनौं वा के भनौं तिनै आमाहरू मध्ये करिब नेपालमा तीन लाख भन्दा बढी आमाहरू आफ्नै प्राण भन्दा प्यारा छोराछोरीकै कारण दुखी र असुरक्षित भएका छन।
म जस्तै ती आमाहरू पल पल त्रसित भएर आफ्नै घरमा बाच्न विवस छन् किन की वहाँहरूका सन्तान जानी नजानी साथीहरूको संगतले गर्दा लागुऔषधमा फस्न पुगेका छन्। उनीहरू लागुऔषध दुर्व्यसनीका सिकार भएका छन्। “Man’s are basically goods”भने जस्तै एउटा बच्चा आमाको कोखबाट यो धर्तीमा पाइला टेक्दा उ स्वच्छ र पवित्र हुन्छ। विस्तारै विस्तारै आमाको काखबाट उ बाहिरिन्छ। शिक्षा लिने क्रममा विद्यालयमा प्रवेश गर्छ।
त्यो समयसम्म पनि उ आखाँको नानी हुन्छ। हरेक आमाको सपनाको सजावट हुन्छ। म जस्तै हरेक आमाहरूले पनि अनेकौँ सपना देख्ने गर्छन्। भविष्यको सुन्दर कल्पना गर्न समेत पछि परेका छैनन्। मेरो छोरा छोरी डाक्टर ,इन्जिनियर नर्स पाइलट बनाउने योजनामा आमाहरू तल्लिन हुन्छन तर तीनै सपना पूरा गर्न खटाइएका छोराछोरीहरूले नै नेपालमा धेरै आमाहरूलाई मारेका छन्।
जस माथि आमाको सपना थियो उनै ड्रग्समा डुब्न पुग्छन। जसरी मैले खाई नखाई दिन रात मेरा दुई सन्तान हुर्काउन र उनीहरूको भबिष्य सुनिश्चित गर्न लागी परेकी छु त्यसै गरी हरेक आमाहरू पनि तल्लिन छन्।
छोराछोरी मोटो देख्दा रमाउने तर दुब्लो पातलो देख्दा दुखी हुने आमाहरूको बानी हुन्छ। राम्रो पढाउन सके पछि वृद्ध अवस्थामा रक्षा गर्छन भन्ने आशामा आमाहरू बाच्ने गर्छन्। म कलेज र स्कुलबाट बाहिर निस्केर हिड्ने विध्यार्थीहरूलाई प्रत्येक दिन देख्छु।
आमा बुवालाई उनीहरूको फि तिर्न कति गाह्रो भएको हुन्छ। बारम्बार ताकेता गर्दा पनि परिक्षामा फि तिर्न नसक्दा पनि आएर भाका मागेर एडमिट कार्ड छोराछोरीलाई हातमा थमाइदिन्छन् र साथीहरुको माझमा सहज वातावरण बनाउन सफल हुन्छन आफुलाई सन्तानको खुसीको लागि उधारो आश्वासनमा बिकिउन बाध्य भएका छन् तर छोरा छोरी भने गाँजा चुरोट मदिरा र अन्य ड्रग सेवन गरेर दलदलमा फसी सकेका हुदाँ रहेछन तर यो कुरा आमालाई थाहा छैन। छोरा छोरी घरमा आउन साथ रिसाउने झर्को मान्ने एक्लै टोलाएर कोठामा ढोका बन्द गरेर बस्ने गर्छन।
यो व्यवहार गरेको देखेर आमाहरू बिरामी भएको होला भनेर चिन्तित हुने गर्छन। एकदमै नसामा मग्न भए पछि आमालाई कुट्ने ,पैसा माग्ने नदिए चोरी गर्ने जस्ता कार्य गरेर कति आमाहरूलाई सन्तानले रुवाएका थुप्रै उदाहरणहरू छन्।
बिस्तारै बिस्तारै आफ्नो सन्तान लागुऔषध दुर्व्यसनीमा फसेको कुरा आमालाई थाहा हुन्छ तर अरूको लाजले आमाले उपचार गर्न भन्दा पनि लुकाएर राख्ने गर्दा छोराछोरी पुरै ड्रगिस बनाएका पनि रहेछन। छोराको जे जे माग हुन्छ डरले त्यो पुरा गर्ने आमा बाबु पनि देख्छु अनि झन पीडा हुन्छ।
म अहिले यस्तै थुप्रै आमालाई भेट्छु। वहाँहरू मलाई दुख बिसाउनु हुन्छ। पहिला असल थियो अहिले राक्षस भयो भन्नु हुन्छ। कलेज स्कुललाई दोषी देखाउनु हुन्छ। साथीहरूलाई गाली गर्नु हुन्छ तर म अलिकति जिम्मेवारी वहन गर्न चुकें चाहिँ कहिले कोही आमाले भन्नु हुन्न।
अनि गल्ति त्यहीँ भैसकेको हुन्छ। जब लागुऔषधको कुलतमा फसेको थाहा हुन्छ तब नै न लुकाई उपचार केन्द्रमा लानुपर्छ। मोटरसाइकल ल्यापटप जस्ता कुरा किनेर कुलतबाट बाहिर ल्याउन सकिन्न। बाहिर ल्याउन उपचार केन्द्रमा नै राख्न जरुरी छ। ड्रग्समा नपरून भनेर कक्षा आठ देखि नै छोराछोरीलाई ख्याल गरौं। बाहिरबाट आउँदा कस्तो अवस्थामा आएको छ भन्ने ख्याल गरौं।
जाँड रक्सी खाएर आउँदा बिचार गरौं। अहिले यो कुरालाई मैले नजिकबाट नियालेकी छु र सत्य पनि हो। कक्षा आठ देखि +2 पढ्ने धैरै नानी बाबुहरू ड्रग्समा छन्। धेरै युवतीहरू ट्याटु खोपने गाँजा खाने चुरोट तमाखु तान्ने गर्दा गर्दै नसालु पदार्थको सेवन गर्ने गरेका छन। मन्दिर परिसरमा रहेका खाली ठाउँमा यस्ता थुप्रै भेटिन्छन्।
गुरूपमा हिड्ने ग्याङ फाइट गर्ने गरेको पाइएको छ। दिन भर बाहिर बसेर साँझ घरमा आउने दिनमा लठ्ठ भएर सुत्ने राति भर उठ्ने पनि कुलतमा फसेका व्यक्तिको व्यवहार हुने गर्छ। यस्तो अवस्था सिर्जना भएको छ भने तत्कालै उपचार केन्द्र वा परामर्श केन्द्रमा गएर राय लिन सक्नुपर्छ। हरेक आमाहरूले बेलैमा सतर्कता अपनाउन सक्नुपर्छ।
ड्रग एडिकसनमा परे पछि आफ्ना सन्तानको मायामा प्राण दिने आमालाई नै बढी क्षति पुर्याउँछन्। एक प्रकारले भन्ने हो भने उनीहरूको जीवनम विल्कुलै असामाजिक र मानसिक सन्तुलन गुमाएका व्यक्ति जस्तै हुन्छन्। यस्ता व्यक्तिहरुवाट अकल्पनिय घटना समेत घट्ने गरेका उदाहरणहरु छन्। ड्रग्सले प्रवेश गरी सके पछि विवाह गरेर विदेश पठाएर वा जेल हालेर सुधार्न कदापि सकिन्न। सुधार गर्न र पहिलाको अवस्थामा फर्काउनको लागि उपचारको खाँचो पर्छ।
यो कुरा उपचार केन्द्रमा मात्र सम्भव छ। हामी जस्ता साधारण परिवारमा यो समस्या आयो भने हाम्रा सन्तान र परिवारको के हालत होला ? त्यसैले मेरो एउटा विनम्र अनुरोध छ हरेक आमाहरू यस विषयमा सतर्क रहनुस। सन्तानको वानी व्यहोरा ख्याल गर्नुस। कलेजबाट घर आए पछि सन्तानको झोला हेरौं कपडा खल्ती जाँच गरौं। ओछ्यान मुनी सिरानी भित्र हेरौं।
कुनै पनि नसालु वस्तु भेटिएको खण्डमा सतर्क राखौँ नत्र भने जीवन भर खुब रूनु पर्नेछ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #आमाहरूले सधैं रूनु पर्नेछ, #ईन्दीरा बस्नेत
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्