रोग लाग्नु भन्दा लाग्न नदिनु नै बेस : सन्दर्भ -कोरोना

शोभा तामाङ
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस (COVID-19) यतिबेला बिश्व भरी नै महामारीको रुपमा फैलिरहेको छ। विश्वभरिमा करोड भन्दा बढी संक्रमित भएर लाखौले त ज्यान गुमाइसकेको छन् । यहि महामारीको प्रकोपमा हाम्रो नेपाल पनि अछुत रहन सकेको छैन।
नेपालमा पनि आजसम्म ३२ हजार भन्दा बढी संक्रमित भइसकेका छन् भने सय जना भन्दा बढीले ज्यान गुमाइसकेका छन्। कोरोना संक्रमणको कुनै उपचार नहुनु र व्यापक रुपमा संक्रमितको संख्या फैलिरहनु डर लाग्दो अवस्था हो । त्यसैले रोग लाग्नु भन्दा लाग्नै नदिनु उत्तम उपाय हुन्छ किनभने रोग लागीसकेपछि स्वास्थ्यकर्मीको निगरानिमा राखेर आइसोलेट गर्नुभन्दा वाहेक अर्को विकल्प हुदैन । त्यसैले आफ्नो शारिरको रोग प्रतिरोधात्मक शक्ती बढाउने खानेकुराहरु खानु, शारीरिक व्यायाम गर्नु जस्ता उपायहरु अपनाउनु पर्छ।
दिनप्रतिदिन कोरोना बढ्दो अवस्थामा रहनुमा विभिन्न कारणहरु हुन् जस्तैः
१.जनचेतनाको कमि हुनु।
२.चेतना भए पनि अनुशासन र नैतिकताको कमिले अटेर गर्नु
३.सरकारले छिटो भन्दा छिटो धेरै भन्दा धेरै परिक्षण गरि रोग पत्ता लगाइ बिरामी र निरोगी पहिचान गर्न ढिलाइ गर्नु
४.आधिकारिक तवरले PCR टेस्ट गर्नु भन्दापनि RDT टेस्ट लाई प्राथमिकतामा राखेर समय खेर फाल्नु
५.उपचार तथा सुरक्षा सामग्रीहरु समयमै उपलब्ध नहुनु
६.बिदेशी सङ्गको सिमानामा कडाइ गर्न नसक्नु
७.स्वास्थ्यकर्मी माथिनै शंका गरि दुर्व्यवहार गरि उनिहरुलाई हतोत्साहित गर्ने र संक्रमीत भएका जो कोहिलाई समाजले नै बहिस्कार गर्ने जस्ता नालायक र नाजायज अन्धविश्वासी हर्कत गर्ने
८.कोरोना संक्रमित भएर मृत्युु भएकाहरुको लास व्यबस्थापनमा समेत अवरोध गरि रोग लुकाउनु पर्छ भन्ने जस्तो विकृत भावना जागृत गराउने ९.विभिन्न अस्पतालहरुले बिरामी उपचार गर्न नमान्ने यी आदि उदाहरणहरु कोरोना संक्रमण बड्दै जानुका केही कारणहरु मात्र हुन ।
तर कोरोनालाइ पुर्ण रुपमा निर्मुल पार्न नसकिने भने चाहिँ होइन किनभने चीनमा सुरु भएको कोरोना संक्रमण चिनमानै निर्मुल भैइसकेको छ भने कोरिया ,सिङगापुर जस्ता देशहरुले पनि नियन्त्रण गरिसकेका छन ।
जसको लागि निम्न कुराहरु गर्न सकिन्छ ,जुन केही उदाहरण मात्र हुन ।जस्तै :
१.जनस्तरबाट सचेतना अपनाउने र आफू आफुनै सजग हुने र सतर्क रहने
२.सामाजिक दुरि अपनाउने र माक्स, सेनिटाइजर , पन्जा जस्ता वस्तुहरुको उचित तरिकाले प्रयोग गर्ने र प्रयोग पछि त्यसको सहि ढङ्गले व्यवस्थापन गर्ने
३. सरकारले आधिकारिक PCR टेस्ट बढाउने
४.छिटो भन्दा छिटो धेरै भन्दा धेरै परिक्षण गरि बिरामी र निरोगी पहिचान गरि उपचारको लागि छुट्टै अस्पताल निर्माण गर्न राज्यको पूरा ताकत लगाउने र विशेष व्यवस्था गर्ने
५.उपचार तथा सुरक्षित सामग्रीहरु सर्बत्र समयमै उपलब्ध गराउने
६.विदेशी सिमानामा कडाई गर्ने
७.निजि तथा सरकारी अस्पतालहरुले बिरामी उपचारमा सहयोग पुर्याइ समाधानमा सहयोग गर्ने विदेशमा रहेका आफ्ना नागरिकहरुको पनि सरकारले विशेष हेरचाह गर्नुपर्छ र निगरानिमा राख्नु पर्छ किनभने पूरा विश्वनै यतिवेला महामारिको प्रकोपमा फसेको छ ।
हाम्रो देश एक बिकासोन्मुख रास्ट्र हो ।हामीसङ्ग पर्याप्त पुर्वाधारहरु नहुनु र भएको साथै उपलब्ध हुन सक्ने पनि समयमै आवश्यक स्थानमा उपलब्ध गराइन नसक्नु सामान्य विषय भएपनी यतिवेला सतर्क र सचेत हुनु पर्दछ र छिटोभन्दा छिटो उपलब्ध गराइनु पर्दछ भने नेतृत्व बर्गमा आफ्नो जिम्मेवारिको महसुस हुनु पर्दछ ।
यतिवेला भ्रस्टाचारमा लिप्त हुने हो भने देशमा ठूलो दुर्घटना हुने निश्चित हुन्छ । देशमा दिनानुदिन बड्दै गईरहेको लकडाउन मात्र समस्या समाधान होइन किनभने लकडाउनले निम्न बर्गमा र तेसपछी मध्यम बर्गमा विशेष असर गर्दछ् भने राज्यको अर्थतन्त्रमा झन असर गर्दछ ।त्यसैले समयमै केही समय लगाएर समस्या समाधान तर्फ लाग्नु बुद्धिमानी हुन्छ ।
कोरोना भाईरस नियन्त्रण गर्न असम्भब छैन । जनस्तरबाट र सरकारि स्तरबाट प्रयास गरिने हो भने नियन्त्रण छ साथै “रोग लाग्नु भन्दा रोग लाग्न नदिनुनै बेश हुन्छ ” भने रोग लागिसकेपछी उचित तथा व्यवस्थित ढङ्गले उपचार गर्नु पर्दछ ।यसो हुन नसक्नुमा सरकार र जनता दुबै दोशी छन ।
क्याटेगोरी : विचार/बहस
ट्याग : #शोभा तामाङ
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्