तिजको महिमा

बिनया ढकाल
सनातन हिन्दु धर्मको एक महत्वपूर्ण सांस्कृतिक परम्परागत चाड तीज हाम्रोढोकामाआएकोछ।कोरोना महामारीको कारणले गाउँ शहर बजारमा सुन सान छ।
तीजको बेला आफन्त सँग भेटघाट भिडभाडले समस्या बढ्छ भनेर सरकारले निशेधाज्ञा जारी गरिसकेको छ। यस विषम परिस्थितिमा नारीहरूले साधारण तरिकाले तीज सम्पन्न गर्ने तयारीमा छन्।
सजिसजाउ र सोह्रसिङ्गार विशेष पर्वकारूपमा तीज लाई लिने गरिन्छ।
पहाडी भेगका हिन्दु नारीहरले मनाउने विशेष सांस्कृतिक महत्व बोकेको महान चाड हो तीज। तीजले नेपाली संस्कार र सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको छ।
पार्वतीलेभगवान शिवजी स्वामी पाऊँ भनी भाद्रशुक्ल पक्षको त्रियोदशीका दिन कठोर व्रतबसी भगवान शिवजी स्वामी प्राप्त गरेको विश्वासमा यस दिनमा नेपाली हिन्दु विवाहिता नारीहरले आफ्नो पतिको दीर्घायुको कामना ,परिवारको राम्रो र प्रगतिको कामनाका लागि र अविवाहिताले सुयोग्य पति प्राप्तिको कामना सहित व्रत बस्दैआएका छन्।
तिजको अघिल्लो दिन राति दर खाने चलन रहि आएको छ। तिजको दरखाने दिन हिन्दु महिलाहरुको विशेष गरी यो चाडमनाउने समुदायका विशेष महत्वको दिन हो। तीजको व्रत बस्ने नारीहरूले दर पकाउने चलना हुन्छ। आफ्नोक्षमता अनुसार मिठा(मिठा परिकार पकाउने रातिसम्म बस्ने नाचगान गर्ने, दुख सुखका कुराहरु साटासाट गर्ने रमनका बहहरु घर (माइतीबिसाउने चलनछ। विवाह गरेर टाढा(टाढा पुगेका छोरीचेलीलाईमाइतीलेआदर साथ निमन्त्रणा गर्ने र चेलीले माइतीघरको आँगनीमादुख सुखका कुराहरु साटासाट गरेरतीज मनाउने चलन छ।
काम विशेषले माइती आउन नपाएका चेलीले आफ्ना पतिको घरमा रमाइलो संग तीज मनाउने चलन
समयको परिवर्तन सँगै नेपाली समाजमा नारीलाई हेर्ने दृष्टिकोण पनि व्यापक परिवर्तन आएको छ।१० वर्षको जनयुद्ध, नेपाली युवाहरूको वैदेशिक यात्रा, आर्थिक उन्नति र शैक्षिक गुणस्तरमा वृद्धि सँगै जीवन शैलीफेरिएको छ।
फेरिएको जीवन शैली संगै चाडबाड मनाउने प्रचलनमा पनि व्यापक फेरबदल आएको छ। तिजको दर खानेदिनकोस्वरुपमापनि परिवर्तन आएको छ।
केही वर्ष यता तिजको दरखाने र खुवाउने परिपाटी फराकिलो बनेको छ।अब यो तिजको अघिल्लो दिन मात्रै नभएर महिनौ चल्न थालेको छ।
हामीले हाम्रा हजुरआमा हरुबाट सुन्दै आएका थियौं कृष्ण अष्टमी मानेपछि अब तीज लाग्यो।छोरी चेलीडाक। तिजको जोह गर। अब त्यो परम्परा बाँकी रहेन। आज भोलि दरको नाममा महिनौँ देखि रमाउन थालेका छन्। विभिन्न फेसन, र सजिसजावटले रङगिन थालेका छन्।दरकै नाममा व्यस्त पनि हुन थालेका छन्। यसले समाजमा हुर्कदै गरेका नवपिडिलाई ठूलो विकृति ल्याउने जनगुनासो दिनानु दिन बढ्दो छ।
तीजको दरखाने प्रचलनमाआएको परिवर्तनलाईसकारात्मकतर्कले भन्दा नकारात्मक तर्कले विश्लेषण गर्ने जमात ठुलो छ। अब यसलाई सकारात्मक पक्षबाट विश्लेषण गर्नुपर्ने समय पनि आइसकेको छ। महिलाहरुले तीजआउनु अगावै दिदी बहिनी भेला भएर दर खान थालेको चलनका लागि चाहिँ किन यति धेरै रोइलो ?
महिला दिदीबहिनीहरु लाई मात्रै किन समाजमा बिकृति बढाएको आरोप ? यसभित्र रहेको सकारात्मक पक्षलाई किन कोही पनि बिश्लेषण गर्ने पक्ष्यमा उभिन सकेका छैन ?
सायद हाम्रो समाज पुरुष प्रधान भएकाले पनि होला नारी बिशेषको यो पर्वमाआएको परिवर्तनको यति धेरै विरोध जन्मिएको। केही समय देखि आफूले वर्षभरी काम गरेको कार्यालय संघ(संस्थाहरुबाट राजीखुसीलेआफ्ना महिला कर्मचारीलाई दर खुवाउने प्रचलन सुरु भएको छ।
यसमाआपत्ति हुनुपर्ने कुनै कारण छैन।नेपालमा भन्दा नेपाल बाहिर बस्ने महिला दिदी बहिनीहरुले तीजको दरखाने कार्यक्रम महिनौ दिन अघिदेखि गर्दैआएको देखिन्छ। विदेशमा कडा परिश्रम गरेर हतास भएका दिदीबहिनी मात्रै नभएर दाजुभाइ पनि तीजको दर कार्यक्रममा सहभागी हुने र वर्षको एकचोटि आफ्ना देशका आफन्त सँग रमाइलो गर्ने गरेकाछन्।
यसैको प्रभाव नेपालमा पनि परेको भन्ने गुनासो बढ्दो छ। विदेशिएका चेलीहरुले नेपाली संस्कार संस्कृति लाई भड्किलो पार्दै बिकृति पैदा गरेको विश्लेषक हरूको दाबी छ तर यसलाई नकारात्मक दृष्टिले मात्र हेर्न नहुने मेरो बुझाइ छ। नकारात्मक टिप्पणी मात्रै गर्नुभन्दा अनावश्यक भड्किलो पछ्य माथि गैरआबासीय नेपाली समाजलाई ध्यानाकर्षण गराउनु उचित देखिन्छ।
पाहाडी भेगमा बसोवास गर्ने र काठमाण्डु उपत्यका आसपासमा बसोबास गर्ने महिलाहरूको सामाजि, आर्थिक, पारिवारिक, शैक्षिक आदि अवस्थाहरुमा थोरबहुत भिन्नता रहेपनि धेरै कुरामा समानता छ भने उपत्यकामा नयाँ बसोबास गर्न आउने केही नवधनाढ्य सँग भनेठिक विपरीत प्राय नै समाजका समाज नवधनाढ्य वर्गले तीजलाई केही भड्किलो रभद्दा बनाएकै छन्।
नेपाल भित्र नवधनाढ्य वर्गले भित्र्याएको विकृतिलाई सबै वर्गका महिला दिदी बहिनीहरुले अवलम्बन गर्न थालेको तितो यथार्थ अवश्यपनि छ।
आजको समयको गति सँगै महिलाहरूको जीवन शैलीमा पनि व्यापक परिवर्तन आएको छ। घरव्यवहार संगै घरबाहिरको आर्थिक पक्षलाई पनि उनीहरुले समाल्नुपर्ने अवस्था सिर्जना भइसकेको छ। शहरी इलाकामा बसोबास गर्ने नारीहरु घरायसी कामसँगै बाहिरी काममा पनि संलग्नहुन बाध्यछन् भने ग्रामीण र पहाडी भेगमा बसोबास गर्ने नारीहरु पनि सङ संगै खेती किसानी मेला पर्व सबै गर्न बाध्य छन् बालबच्चा खेतीपाती घर व्यवहार सबैमा वर्षैभरि व्यस्त रहन्छन्।
आधुनिकताका नाममा नारीहरु झनझन पिडामा पर्दै गइरहेका छन्। अर्को तर्फ नेपालको पुरुष प्रधान समाजले नारीका पीडा र व्यस्तता लाई खासै सम्बोधन गर्न नसकेको अवस्था छ। नारीहरु पनि समय व्यस्ततालाई पन्छाएर केहि समयको लागि मनोरञ्जन साथी भाइसँग भेटघाट चाहान्छन यसैको प्रतिफल पनि महिनौं दिन अघिदेखि तीजमा दर खाने परिपाटीले प्रशय पाएको देखिन्छ।
देशमा भ्रष्टाचार, दलाल प्रवृत्तिले राम्ररी जरा गाडेको छ।देशमा प्रष्ट राष्ट्रिय नीति अवलम्बन हुन नसक्दा हिजोमात्र नभएर हरेक क्षेत्रमा, हरेक चाडपर्वमा नराम्रो प्रभाव बढेको छ। त्यसैले समाजमा तीज जति भड्किलो हुँदै गएको छ त्यो भन्दा बढी यस विषयलाई लिएर गरिने टिका(टिप्पणी, व्यङ्ग्य र मिडियावाजीले बढी मात्रामा विकृति ल्याउन सहयोग गरेका छन्।
तिजको दर खाने विषयलाई लिएर जति सकारात्मक सोच्न सकिन्छ त्यतिनै बढी यसमा बिकृति विसंगति भित्रिएको कुरालाई नकार्न भने सकिँदैन। हुनेखाने वर्गलाई त यसले खासै असर नपार्ला तर हुँदा खाने वर्गलाई चाहिँ नराम्ररी असर पारेको छ। अनावश्यक रुपले आकर्षित पनि गरिरहेकै छ। तीज लाई धेरै भड्किलो खर्चालु र भद्दा बनाउन के बिल्कुलै नारीको मात्रै हात छ त ? पुरुष वर्गको भूमिका यसमा शून्य नै छ त ? मैले दर खुवाउने र खाने पछिल्लो समयको नकारात्मक पक्षलाईथोरै समेट्ने प्रयास पनि गरेकी छु।
दर खुवाउने र खाने पछिल्लो समयको नकारात्मक पक्ष
देशमा बढदो भ्रष्टाचार राजनीति र प्रशासनिक व्यक्तित्वहरुमा भ्रष्टाचार गरेर अकुत सम्पत्ति कमाउने होडबाजी नै चलेको छ। पछिल्लो समय भ्रष्टाचार गर्नमा युवाहरु नै सक्रिय देखिन्छन्।यसरी कमाएको अकुत सम्पत्ति मान्छेले सहि सदुपयोग भन्दा बढी दुरुपयोग गरिरहेको भेटिन्छ। जसको परिवारमा भ्रष्टाचारी छ उसका परिवारले चाहिने भन्दा बढी नै रवाफ देखाएको उदाहरण हाम्रो समाजमा प्रशस्तै पाइन्छ। यसैको प्रतिफल तीजको दरखाने कार्यक्रममा पनि देख्न सकिन।
नेपालीनारीहरुचेतनाकोअभाव(स् नेपाली नारीहरु पछिल्लो समयमा आफ्नै स्वविवेकले भन्दा पनिअरूको देखासिकी गर्ने बानीले बिग्रिएका छन्।
घाँटी हेरि हाड निल्ने कुरा बिर्सिएका छन्। प्रष्ट र खुल्ला रुपमा भन्नुपर्दाहिन्दीटेलिफिल्मकोफेसनहरुले नेपालीलाई बढी प्रभावित पारिरहेको छ। स्वतन्त्रताका नाममा महिलाहरु आफू काम नगर्ने श्रीमानलाई विदेश पठाउने अथवा यही पनि रोजीरोटी गर्नेका श्रीमतीहरु काममा भन्दा बढी अरूको देखासिकीमा लागि परेका छन्।
रगत पसिना एक गरेर कमाएको सम्पत्ति बेकारका फेसनमा सक्काउँदैछन्। अरुले गरेका छन् मैले गर्न किन नहुने भन्दै घरभित्र भोकै बसेर भएपनि बाहिर भने देखाउटि गर्ने प्रचलन बढ्दो छ यसले तीजको गरिमार महत्वलाई दिनप्रतिदिन घटाउँदै लगेको छ।
नारी स्वतन्त्रताको वास्तविक अर्थ पर्गेल्न नसक्नु पनि तिजको स्वरुप परिवर्तनको मुख्य कारण हो। देशको समग्र विकाससँगै यहाँका जनताको व्यक्तिगत जीवन पनि स्वाभाविक रूपले परिवर्तन हुँदै जान्छ। परिवर्तन जहिलेपनि समृद्धि तर्फ हुनुपर्छ र यो सकारात्मक पनि हुन्छ।
तर नेपाली समाजमा भने यसको प्रभाव ठीक उल्टो छ। जीवन स्तर वृद्धि भनेको फेसन, देखावटी, मनोरञ्जनकारूपमा मात्रै बुझ्दै गरिरहेको देखिन्छ। यसले आफ्नो मौलिक संस्कार संस्कृतिमाथि नै बिकृति थोपरी दिएको छ।व्यापारी वर्गको कुटिल चाल समयमा मान्छेले आफूलाईनै बेचेरपैसा कमाउन लागिपरेको छ।
यस्तो विषम परिस्थितिमा मान्छेले राष्ट्रिय संस्कार(संस्कृति बचाउमा लागि नपर्ने प्रष्टै देखिएको छ। प्राय महिलाहरु सौन्दर्य लत्ता कपडा गरगहना भनेपछि मरिहत्ते गर्दछन र छिट्टै आकर्षित पनि भइहाल्छन्। नारीका यस्तै स्वभावलाई मध्यनजर गर्दै सुष्म तरिकाले व्यापार व्यवसायको विज्ञापन हुँदै आएको छ।
बजारमा पाइने नयाँ लत्ता कपडा गरगहना सौन्दर्यका साधनहरु आदि आदिको प्रचार प्रसार व्यापारी वर्गबाट यसरी हुँदै आएको छ कि यो बिना त मान्छेको जीवन नै चल्दैन। मान्छे पुरै जंगली नै भैहाल्छ। उसले मानवीय जीवन बाँच्नै नसकेको मानसिकता पैदा गराइदिने खालका व्यापारिक सन्देशहरु आइरहन्छन्।
यसरी समाजमा फेसन विनाकोजीवनत बेकार छ अनेक किसिमकामानसिक भावनात्मक संवेगहरूमा सुक्ष्म तर गहिरो र ओजिलो प्रभाव पार्ने व्यापारिक प्रचारप्रसारले पनि तीजलाई भड्किलो पार्न राम्रैसँग सहयोग पुर्याएको छ।
कोरोनाको प्रभावका बिचमा संयमता अपनाउँदै निष्क्रिय रहेदाँ पनि नेपाली हास्यव्यंग्य क्षेत्रलका आशालाग्दा व्यक्तित्वहरु बाट प्रहार खेपिरहनु पर्यो।यस्ता प्रहारबाट पनि नारीहरुलाई नकारात्मक असर पर्ने देखिन्छ।
नेपाली सांगीतिक क्षेत्रका पछिल्लो समयका तीज बिशेष गीतहरुले नारी मनका दुख पिडा समबेदना हर्ष खुसी भन्दा फेसन देखावटी मनोरञ्जन साजसज्जाका सामग्रीहरू लाई प्रसय दिएको पाइन्छ।
नेपाली सांगीतिक क्षेत्रका आशालाग्दा सर्जकगायकहरूबाटनै तीजगीतको अस्तित्व लोप हुनु दुःख लाग्दो पक्ष हो। तीज गीतका सर्जकहरुले व्यक्तिगत स्वार्थलाई बढी स्थान दिनुले तीज गीतका मौलिकतामा पुरै फेरबदल भइसकेको छ।
तिज गित रत्यौली ,दोहोरी, सस्तो मनोरञ्जनका रुपमा परिवर्तन भइसकेका छन्।परम्परागत देखि चलि आएको ठेटनेपाली तीजका भाकाहरु, यसमा लुकेका मर्म हरु, यसले दिने सन्देशहरु लोपउन्मुख भइसकेका छन्। आजका तीजका भाकामा नारीहरुका पिडर बेदना हरु कहिँ कतै भेटिँदैनन्।
रत्यौलीमा जस्तो नारी र पुरुष बीचको आकर्षक पक्षलाई मात्र गीतमा समाबेश गरिने प्रचलन बढ्दो छ।नारी मानसिकता लाई विकृत पारेर समाज लाई नै पछाडी धकेल्ने खालका सन्देहरू प्रवाह हुने खालका गित हरू मात्र आएका छन्।
यसरी सिंगोसंस्कारसांस्कृतिकक्षेत्रलाई नै प्रभाव पार्ने गरीव्यक्तिगत स्वार्थ हाबी हुँदै विकृतिलाई मात्रै अंगालेको कुरा प्रष्टैमहसुस हुन्छ।
नेपाली समाजमा पितृसत्ताको एकोहोरो प्रभावमा कमी आउनुको सट्टा उनकै वृद्धि हुनुपर्ने तीज मा विकृति भित्र्याउने अर्को प्रमुख कारण हो। जतिसुकै शिक्षित व्यक्ति भएपनि उसले आफ्नो श्रीमतीलाई घरको चौघेरामा र आफ्नो नियन्त्रणमा राख्न खोज्दछ।
समाजको अगाडि आफ्नी नारीलाई स्वतन्त्रता दिएको बाहानामा देखावटी,फेसन, आदिमा भुलाएर राखेकोछ। पुरुषले समाजमा आफ्नो रबाफिया मानसिकता रआर्थिक स्थितिको प्रदर्शनीको लागि आफ्नै श्रीमाती, छोरी, बहिनी, बुहारी लाई माध्यम बनाइरहेको छ।
मैले जसरी फलानाले श्रीमतीलाई पालेको देखाओस त भन्दै आफ्नो निकृष्ट पुरुषार्थ प्रदर्शनी गरिरहेको छ। यसरी सुनगहना, लत्ता कपडा आदिमा लोभिने नारीहरु पुरुषबाट सधै बक्र जालमा फसि रहेका छन्। यसरी पुरुषहरु माध्यमबाटै महिलाहरु गर गहना, फेसन, देखावटी, सौन्दर्य प्रसाधन तिर मात्रै प्रोत्साहन गरीदिनाले तीजको मौलिकता गुम्न पुगेको छ।
यो एउटा यस्तो चाड हो जसले दिदीबहिनीका समस्याहरुलाई व्यवहारिक रुपमा बुझ्ने बुझाउने घर माइती मिलन गराउने, बर्खामासमा काम गरेर थाकेको शरीरलाई स्फूर्ति जगाउने आदि आदि थुप्रै मौलिक विशेषता भएको सनातन हिन्दूहरूको एक विशषचाड हो।
त्यसैले यस चाडलाई विकृतिका रुपमा भन्दा पनि यसको गरिमा को रुपमा यसलाई स्वीकार गर्न सकियो भने बेलै मा यसको मौलिकता जोगिने छ।
नेपाली नारीहरुले समयमै यसको गरिमा र महिमालाई जोगाउन नसके भावि पुस्ताले माफी दिने छैनन्।
क्याटेगोरी : विचार/बहस
ट्याग : #breaking, #तिजको महिमा, #बिनया ढकाल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्