विचित्रकाे शहर काठमाडौं ।

उषा बजगाईं,साउन २७ काठमाडौं ।
ग्रामिणको त्यो संकोच, विकट मेरो प्राणभन्दा प्यारो मेरो जन्मभूमी । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण ।
माया, ममता, स्नेह र आत्मियताले हराबरा मेरो त्यो सुन्दर जन्मभूमि बुबाको मुस्कानको त्यो न्यानो माया
र ममिको स्नेहताको त्यो प्रेमलाई कसरी पो, कहिले पो भूल्न सक्छु होला र । गाउँको त्यो आधारभूत
शिक्षा प्राप्तीसँगै, सुनौलो सपना बुनी, लक्ष्य प्राप्तीको अठोठता प्राप्तीका साथ ममि–बुबाको ठूलो मान्छे
बनेस, सबैको मान्ने गुन्ने भएस्भनेर बारम्वार दिएको आर्शिवादलाई बन्दकी राखी ।
उच्च शिक्षाको साथ
साथै रोजगारको शिलशिलामा विचित्र शहर काठमाडौं पसे । नेपालका धेरै सहर मध्येको सबै भन्दा भरिपूर्ण
शहर जहाँ शिक्षा, स्वास्थ्य, यातायात तथा विकास पूर्वाधारको सेवा सुविधा भएको क्षेत्र एकातिर ललितपुर
र अर्कोतिर भक्तपुरको विचमा रहेको प्रसिद्ध सहर काठमाडौं यस्तो विचित्रको सहर रहेछ । वास्तवमा मेरो
त यी सबै कुराहरु कल्पना बाहिरका सत्यता र यर्थाथता थिए भनम्। मानिसमा देखेका, सुनेका कुराहरु
भन्दा परेर, र गरेका कुरा मिठास पूर्ण र भावमयका साथ साथै विलौनामय हुँदा रहेछ । जुन शहरमा
मानिसहरु आफ्ना अनगिन्ती सपनाहरु मनमा सजाएर । ती सपनाहरुलाई साकार गर्छु भनेर, नेपालका
विकट गाउँवस्तीबाट आमाले बनाएको गुन्दुक र बाबाले संर्घषको योगदान र पसिनाको मूल्य पैसा बोकेर
सहर पसेका गरिब तथा उत्पिडित आमाबुबाका छोराछोरीहरु सपनालाई साकार बनाउन विचित्र शहर
काठमाडौं पस्छन्। यो सहर कतिका सपनालाई साकार बनाउँछ त कतिका सपना र सघर्षका पिडादायी
यात्राहरुलाइ डामाडोल बनाउँछु ।
नेपालको कुल जनसंख्याको लगभग ६५% प्रतिशत मानिस काठमाडौं
शहर बस्छन्। के का लागि भन्दा सुख पाउन शिक्षा स्वास्थ्यको राम्रो सुविधा पाउन आफ्ना आवश्यकता,
ईच्छा, आकांक्षा, योजनाबद्धता लक्ष्य प्राप्तीको सपना, थोरै समयमा धेरै पैसा कमाएर रमाउने उद्देश्य राखी
सहर बस्छन् । तर, यो सहर मनले भावनाले चाएको र सोचे जस्तो केही प्रतिशत पनि रहेनछ ।
व्यथितताको, अस्तव्यवस्थताको, चिच्चावट, ध्वनी प्रदुषण, वातावरण प्रदुषित जस्ता अनेकौ मानसिकताको
भोगी पो रहेछ विचित्र शहर काठमाडौं त ।। यहाँ १२५ जातजाति र १२३ भाषाभाषी बस्ने सुन्दर बगैंचाको
फुल भएतापनि मानिसको अस्तव्यस्तता, घमण्डता, एकलौती पनता, देखा सेखी, डाहा इष्र्या जस्ता कुराले
यस शहर काठमाडौं त अन्धकार मय पो रहेछ ।
कुवाको भ्याकुतो कुवामै भनेझै उखानमा सिमित पो रहेछ विचित्र सहर काठमाडौंकोदिन चर्चा
त । कठै हामी नेपालीको दुरावस्था ।
यस शहर काठमाडौंले कसैलाई जोगी बनायो त कसैलाइ भोगी ।
कोही एक पेट पाल्नकै लागि भएपनि बाटोमा मागी सघर्ष गर्छन, त कोही रगत र पसिनालाई हर समय
चुकाई दुई छाक टार्न सघर्ष गर्छन । कोही महल र फाएव स्टारमा बसी पैंसाको उडान गर्छन । साथ
फरकपनता र भिन्नताको एतिहासिकताको विचिनारीत्व होला सायद विचित्र शहर काठमााडैं । काठमाडौं
शहरको अस्थिरताको बयान गर्न मन त थिएन तै पनि ।
काठमाडौं नेपालको राजधानी तथा सबैभन्दा ठूलो शहर हो । इतिहासका विभिन्न काल खण्डमा
विभिन्न राजवंशले शासन गरेको यो नगर नेपालको एकिकरण देखि नेपाल को राजधानीको रुपमा रहेको
छ । पूरातात्विक रुपले काठमाडौंमा मानव बस्ती धेरै प्राचिन समयदेखि रहेको पाइन्छ । धार्मिक सहिष्णुता
र उच्च सामाजिक मानव सम्बन्ध रहेको यस शहरको इतिहास लगभग २००० वर्ष पुरानो रहेको मानिन्छ
। बौद्ध र हिन्दु धर्मालम्वीहरुको आस्थाको केन्द्रको रुपमा रहेको यो उपत्यका हजारौं प्रकृतिका चार्डपर्व,
जातजाति, रितिरिवाज र चालचलनको विविधताभित्र एकता रहेको छ भने नेपालीहरु मध्यकै एक प्रमुख
समुदाय नेवार समुदायको कला र संस्कृतिको खानी के रुपमा समेत रहेको छ कला संस्कृतिको जीवन्त
इतिहास तथा प्राचिन विशिष्ट शैलीको अनुपम निर्माणका कारण विश्वकै दर्शनिय स्थलहरु मध्येको नमुना
शहर हो । इतिहास देखि नै सम्पन्न र समृद्ध यस महानगर मुलुककै अर्थतन्त्रको केन्द्र विन्दुको रुपमा रही
आएको छ भने सारा नेपालीको आकर्षण केन्द्र भएतापनि नेपालीले सोच अनरुप जीवनको संघर्षलाइ
बुझाउनु, उपयोग र बुझ्न सकेका छैनन्। दुःखको कुरा त यहाँ छ कि यहाँ मान्छेको माया पाउन त
पैंसाको चलखेल गर्नु पर्छ भने बाँकी कुरा यथावत नै रहे । विचरा ! आफ्ना र आफन्तहरुलाइ पैंसाको
संघारमा किन्न पर्छ भने बाँकी अरु त दुनियाँ पो त रहे । धुलो र धुवाको प्रभावको कारण अजम्वरी
जुनीलाई भित्ता–भित्तामा गुमाउँदै । राजनीति अस्थिरताका कारण आफ्नो जीवन अल्पायुमा विताउन बाध्य
छ ।
भोकमारी, आर्थिक अभावका कारण सडकमा पिल्छिन र भोकभोकै मर्न बाध्य छ । आफन्तको
तिरस्कार दुनियाँको हेपेसी व्यवहारमा रम्लिन बाध्य छ । सबै अञ्जानको विचमा परिचय लगाउने
दौडाहनमा छ । रोजगारको सिलसिलामा यताउता भौतारिन बाध्य छ । गाउँमा आमाबुबालाई खुसीको
बाहल छरौला भनी काँधको छाला र टाउँको खियाउन बाध्य छ । सडकजाम जस्ता कुराबाट मानिसिक
चेत गुमाउन बाध्य छ । चोरी डकैटी, बलात्कार जस्ता कुराबाट यातना भोग्न बाध्य छ । यतर्थ तिम्रो
विचित्र शहर काठमाडौंमा ।। संघर्षका यात्रा सिकाए पनि कहिल्यै सुःख र शान्तको वातावरण सृजना
गराउन नसक्ने शहर मध्येको विचित्र शहर काठमाडौं । ज्ञानलाई अज्ञानी, इमान्दारीलाई घमण्डी बनाउने,
आफ्नालाई पराई, पराईलाई आफ्नो बनाउने, सुःखको आश दिलाई दुःखको मरुभूमिमा विल्छाउने शहर
मध्येको विचित्र शहर पो रहेछ काठमाडौं अनेकतामा एकता भाई भाईमा कुटाकुट, लुट्न सके लुट, कुट्न
सके कुट भन्ने शिक्षा प्रदान गर्न शहर पो रहेछ काठमाडौं । भष्टाचारको चप्पल लगाएर विकास एजेण्डाको
भाषण ठोक्ने महाविरहरुको गुट भएको शहर मध्येको विचित्र शहर पो रहेछ काठमाडौं । चोरी डकैटीहरुलाई
निर्दोष बनाई सच्चा इमान्दारीलाई दोषी ठ¥याउने, सुन जस्ता कुरालाई पित्तलमा परिणत गराउने चौविस
सयको माल दुई लाख बनाउने अनौठो प्रविधिको शहर मध्येको विचित्र शहर पो रहेछ काठमाडौं ।
एउटालाई आरोप लगाउँदा अर्काको मुटु कुट कुट गर्दै रुवाउने शहर पो रहेछ त काठमाडौं । नेता नेता
मिली जनता कुटाउने, आफ्नाले आफ्नैलाई लुटाउने शहर मध्येको एक विचित्र शहर पो रहेछ काठमाडौं ।
अनेकौता, अनौठो पनताको सम्मिश्रणको एक अंश पो रहेछ विचित्र शहर काठमाडौं ।
क्याटेगोरी : विचार/बहस, समाचार
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्