सम्झनामा असार १५

एक आपसमा हिलो खेल्ने खेतको विचमा विउको मुठ्ठो राखेर भकारि बाध्ने चलन थियो । नेपाल एक कृषि प्रधान देश हो नेपालमा खेति गरिएको जमिन ३०९१००० हेक्टर छ भने वर्षे धान खेति गरिएको जमिन करिव १३ लाख ७१ हेक्टर छ । धान मुख्य खाद्यन्न बाली हो । नेपालमा पूर्व देखि पश्चिम सम्म धान खेति लगाउँदा आ²आफ्नै परम्परा चलि आएको छ ।
असार १५ गते धान रोपाईको आफ्नै महत्व छ । किसानमा सबै समस्या समाधान गर्ने प्रमुख बाली धान हो । धान बेचेर आफ्ना महत्वपूर्ण चाँडबाड मान्ने नुन, तेल, लत्ता कपडा किन्ने चलन कायम छ । धानको महत्व बुझेर नेपालमा परापुुर्वकाल देखि नै असारमा धान रोप्दा रमाइलो गर्दै भारो पर्मद्वारा खेति गर्ने चलन छ असार १५ मा आ- आफ्ना ठाँउ विषेश अनुसार गित गाउने, दहि चिउरा खाने, मसला बाड्ने, बेठि लगाउदा पञ्चे बाजा बजाई रोपाई गर्ने गरिन्थ्यो ।
हलगोरु लाठे रोपार व्यडे आफ्नै गाँउ घरमा सजिलै पाउने गरिन्थ्यो । भारो पर्म अनुसार आलो पालो मिलाउने व्यवस्थाका लागि नाइके छान्ने चलन पनि आज सम्म कायम छ । पहिलो पटक खेत रोप्ने दिन खेतको आलीमा विडु राखेर पुजा गर्ने र गावो हाल्ने भन्ने गरिन्थ्यो, सवै लाठे, रोपार, व्यडे, हलि लाई रातो टिका लगाई छिटो छरितो र चाडो रोप्ने रोपारलाई पहिला रोप्न लगाउने चलन थियो । धान खेतीलाई असार १५ भित्र रोपेको वाली राम्रो हुने मान्यता थियो ।
धान खेतीलाई चाहिने मल किसानहरुले बेलामा नै जोहो गर्ने गर्दर्थे । तर यस वर्ष किसानले धान बाली लगाउँदा आवश्यक मल पाउन सकेका छैन कृषि पेशा कोभिड १९ का मारमा पनि परेको छ किसानले आफ्नो परम्परा अनुसार धान खेति गर्न पाएनन, कहि कतै असारे भाकाका गितपनि सुनिएन, पञ्चेवाजा बझ्ने कुरै भएन । भारो पर्म बन्द भए, गाँउ घरमा हल गोरु लाठे रोपार पाउन मुस्किल भयो, सामाजिक दुरि कायम गर्नु पर्ने भएकोले आ² आफ्नो परिवारबाट असार १५ मा पनि रोेपाइ गरिएको छ । कृषि विभागले पनि नेपालमा राष्ट्रिय धान दिवस मनाउदै आएको छ ।
यो वर्ष धान दिवसको नारा ‘धान उत्पादनमा बृद्धि आत्म निर्भतामा समबृद्धि’ तय गरेको छ । तर कृषि विभागले कोभिड १९ का कारण औपचारिकता मात्र पुरा गरेका छ । कृषि विभागले तय गरेको नाराले सार्थकता पाउनका लागि सरकारले धान वालीका लागि आवश्यक पर्ने मल तत्काल व्यवस्था गर्न जरुरी छ । समयमा मनसुन भित्रिनु कोभिड १९ का कारण देश विदेशमा रहेका नेपाली गाँउ घरमा आउनुले धान उत्पादनमा बृद्धि हुने अवसर हो । गाँउ घरमा रहेका बाझो जमिनमा पनि हाल विभिन्न खेति मकै तरकारी लगाएको पाइन्छ । खण्डीकरण भएका स–साना टुक्रा जमिनमा पनि धान खेति भएको देख्न पाइन्छ ।
सरकारी तथ्याङ्क भन्दा पनि धान खेति बढ्ने संभावना छ । कृषि पेशालाई संम्मानीत बनाउन सरकारले समयमानै किसानको वर्गिकरण गर्नु जरुरी छ । किसानलाई आवश्यक पर्ने उन्नत विउ विजन मल खाद सिचाई जस्ता महत्वपूर्ण सामाग्री समयमानै उपलव्ध गराउने व्यवस्था मिलाउन जरुरी छ समस्या नै समस्याले घेरिएको कृषि पेशा गर्न किसान बाध्य भएका छन । असिना, पानी, हावा हुरी खडेरी जस्ता महामारी किसानले भोग्दै आएका छन् असारको मेलो सकिदा नसकिदै फेरी किसान ले सलहबाट हुन सक्ने क्षति व्यहोर्न वाध्य हुने निश्चित देखिएको छ काठमाडौं उपत्यकाको आकासमा पनि छिटफूट रुपमा आएको देख्न सकिन्छ ।
ठूलो झुन्डमा उपत्यकामा भित्रिएमा वर्षे बालीमा ठूलो क्षति पुग्ने देखिन्छ वेलैमा सचेत रहि सलहबाट आफ्नो वाली जोगाउन पर्ने हुन्छ । सरकारले पनि सहल नियन्त्रण तथा व्यवस्थापनका लागी किसानलाई आवश्यक सामाग्री र ज्ञान समयमानै उपलव्ध गराउन सके सलह नियन्त्रण गर्न सकिन्छ ।
मानो रोपार मुरी फलाउने कृषि पेशा प्रति संम्मान गर्ने आम किसानहरुलाई असार १५ को सन्र्दर्भमा हार्दिक शुभकामना ।
“लेकमा पानी पप्योनी हजुर मल बाढी छोपौन जय कृषि जय किसान यहि असार १५ सोमबारका दिन गैरी खेत रोपौन”
रामहरी शर्मा
सचिव, राष्ट्रिय कृषक समूह महासंघ नेपाल
क्याटेगोरी : विचार/बहस
ट्याग : #असार १५ गते, #रामहरी शर्मा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्