गरेर पूजा गर्ने हो, रोपाई किसानको चलन ।
त्यो रातो टिका निदारमा लगाई, खेत रोप्न थालन ।।
रोपेर मानु फलाउने मुरी धन्य हो यो धान ।
न चर्को घाम न झरी बादल, धन्य हो किसान ।।
भारो र पर्म यहि छनी रिती मेलामा जानुछ
असार १५ यो गैरी खेतमा हल गोरु लानुछ ।
बाउसे र रोपार भएर भेला खेतमा जानुछ ।
असार १५ दहि चिउरा खाजा बेलैमा लानुछ । ।
भकारी बाँध्ने खेतमा खेलेर हिलोनी ।
छुपुमा छुपु रोपन धान नगरी ढिलोनी । ।
असारे भाका गाउँछन् यहाँ लाठे र रोपार
लगाउँछन बेठि गर्दछन् रोपाई महिमा छ अपार
लेखक: रामहरि शर्मा, सचिव
राष्ट्रिय कृषक समूह महासंघ नेपाल
तपाईको कमेन्ट लेख्नुहोस्