लेमन ट्री प्रिमियर, बुढानीलकण्ठ, काठमाडौँको पहिलो वार्षिकोत्सव भव्यताका साथ सम्पन्न

बुढानीलकण्ठ, काठमाडौं । १२ अप्रिल २०२५ – लेमन ट्री प्रिमियर, बुढानीलकण्ठले शुक्रबार, ११ अप्रिल २०२५ का दिन, आफ्नो पहिलो वार्षिकोत्सव उत्साहपूर्वक सम्पन्न गर्यो । सांझ आयोजना गरिएको सांस्कृतिक कार्यक्रममा विभिन्न प्रतिष्ठित पाहुना, साझेदार, अतिथि तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
एक वर्षको सफल यात्रालाई सम्झँदै आयोजित यो समारोहले आतिथ्य, सामुदायिक सहभागिता र सांस्कृतिक सम्बन्धको सम्मान गरेको थियो । स्थापना भएदेखि नै लेमन ट्री प्रिमियर बुढानीलकण्ठले नेपालको संस्कृतिक तथा मौलिकतालाई प्राथमिकता दिँदै, आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि छुट्टै पहिचान बनाउँदै आएको छ ।
कार्यक्रमको मूल विषयवस्तु ‘नेपाली संस्कृति’ मा केन्द्रित थियो, जसअनुसार विविध सांस्कृतिक प्रस्तुतिहरू जस्तै लोक नृत्य, शास्त्रीय संगीत र परम्परागत प्रस्तुतीहरूले साँझलाई जीवन्त बनाएका थिए। कार्यक्रमले नेपालको सांस्कृतिक समृद्धि झल्काउँदै होटलको सांस्कृतिक प्रवर्द्धनप्रतिको प्रतिबद्धता दर्शायो।
यो अवसर होटलका पाहुना, साझेदार र कर्मचारीप्रति कृतज्ञता प्रकट गर्ने माध्यम मात्र नभई, उत्कृष्ट अतिथि सेवा, स्थानीय समुदायसँगको सहकार्य र संस्कृतिको सम्मानप्रतिको आफ्नो निरन्तर प्रतिबद्धता दोहोर्याउने अवसर पनि बन्यो।
होटलको बारेमा:
मन ट्री प्रिमियर, बुढानीलकण्ठ, लेमन ट्री होटल्स लिमिटेड अन्तर्गतको उच्चस्तरीय होटल हो, जसले काठमाडौंको मुटुबाट केही मिनेटको दुरीमा विश्राम, विलासिता र सांस्कृतिक समृद्धिको अनुभव प्रदान गर्दछ । बुढानीलकण्ठ मन्दिर नजिक अवस्थित यो होटलले आधुनिक सुख-सुविधा र नेपाली परम्पराको संयोजनमार्फत अतिथिहरूलाई विशेष अनुभव प्रदान गर्दै आएको छ ।
क्याटेगोरी : पर्यटन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्