Techie IT
बुधबार, माघ २,२०८१

भिटोफको अध्यक्षमा ध्रुव सिंखडा (कार्यसमतिको सूचि सहित)


भिटोफको २२ अाैँ साधारणसभाले ध्रुव सिंखडाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । धादिङ स्थायी घर भएका सिंखडा लामो समयदेखि पर्यटन व्यवसायमा क्रियाशिल रहेका छन । सिंखडा यसअघि भिटोफको उपाध्यक्ष समेत रहीसकेका थिए ।

दुई प्यानलबीच भएको चुनावी प्रतिस्पर्धाको मंगलबार राति सम्पन्न मतगणनामामा नेकपा निकटका वासु पण्डेलार्इ ३५ मतले पराजित गर्दै नेकपा निकटकै सिंखडा विजयी बनेका हुन ।

फिटोफमा पहिलो पटक प्यानलै बनाएर चुनावमा होमिएका व्यवसायीका बीचमा चुनावी राैनकता बढी नै देखिएको थियो । नेकपा निकटका व्यवसायीले एउटा प्यानल निर्माण गरेका थिए भने तत्कालीन एमालेबाट असन्तुष्ट बनेको समूहले कांग्रेससँगको सहकार्यमा अर्को समूह निर्माण गरेको थियो ।

यस्तो छ निर्वाचित कार्यसमिति :

१. धुर्ब सिम्खडा – अध्यक्ष
२. दिपक दाहाल – प्रथम उपाध्यक्ष
३. गोपाल थापा – दित्तिय उपाध्यक्ष
४. जस्फा पान्डे – महासचिव
५. नबराज थापा – सचीव
६. राजकुमार धमला – कोषादस्य
७. सकुन्तला देबकोटा – सह–कोषादस्य
८. जीवन थपालिया – सदस्य
९. देबि कृष्ण रोकाया – सदस्य
१०. राममनि रिजाल – सदस्य
११. सान्त कुमार बानिया – सदस्य


क्याटेगोरी : पर्यटन
ट्याग : #ध्रुव सिंखडा, #भिटोफ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu
12°
Fair
6:54 am5:31 pm +0545