पोखरामा कृषि पर्यटनलाई प्रोत्साहन गर्न असारे रोपाइँ

पोखरा । नेपाल कृषि मुलुक भनेर चिनिने मुलुक हो । त्यही भएर नेपालमा कृषि पर्यटनको सम्भावना पनि प्रसस्तै छ । पछिल्लो समयमा पर्यटकलाई आकर्षण गर्न बेला बेलामा पर्यटनसँग कृषिलाई जोडेर विभिन्न प्रकारका रोमाँचक कार्यक्रमहरु हुने गरेका छन् । यसै क्रममा कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा पर्यटन परिषदले असार १५ गतेको अवसर पारी पोखरामा असारे महोत्सव र रोपाइँ कार्यक्रमको आयोजना गरेको छ ।
परिषदले १३ वर्षदेखि पोखरामा यस्तो महोत्सवको आयोजना गर्दै आएको छ, यो वर्ष पोखराको बाटुलेचौरमा रोपाइँ कार्यक्रम हुँदैछ। नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा ‘पोखरा सबै मौसमका लागि’ भन्ने नाराका साथ असार १५ गते स्थानीय गोविन्दबहादुर खड्काको ठूलीबेँसी फाँटस्थित आठ रोपनी क्षेत्रफलको खेतमा महोत्सव गर्न लागिएको हो।
पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माका अनुसार कृषि प्रधान देश नेपालमा बढ्दो कृषि पर्यटनको विकास र कृषि संस्कृतिको जगेर्नाका लागि रोपाइँ महोत्सवलाई निरन्तरता दिइँदै आइएको हो।
‘सहरीकरणको बढ्दो क्रमसँगै कृषिप्रतिको अनिच्छालाई न्यूनीकरण गर्दै कृषि संस्कृतिलाई पर्यटनसँग जोड्नका लागि महोत्सवको आयोजना गरिएको हो,’ उनले भने, ‘जिजुबाजेका पालादेखि नै प्रत्येक वर्षको असार १५ गते खले गरा (सबैभन्दा फराकिलो दाइँ गर्न सकिने खेत) मा रोपाइँ गर्ने हाम्रो प्राचीन संस्कृति पनि हो।’
पोखरा पर्यटन परिषद्का उपाध्यक्ष भरतराज पराजुलीले मानो रोपेर मुरी उब्जाउने समयका रुपमा असारे रोपाइँलाई लिने गरिएको बताए। पछिल्लो पुस्तामा कृषिप्रतिको आकर्षण बढाउने उद्देश्यले पनि पोखरामा रोपाइँ महोत्सव सञ्चालन गर्दै आएको उनले जानकारी दिए।
क्याटेगोरी : पर्यटन
ट्याग : #कृषि पर्यटन
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्