Techie IT
बुधबार, माघ २३,२०८१

मोरङको बुल्स ११ लाई हराउदै आयोजक क्लब दोस्रो तीनपोखरी आमन्त्रित कपको फाईनलमा प्रबेश  


खाँदबारी । संखुवासभाको खाँदबारीमा जारी दोश्रो तीनपोखरी आमन्त्रित कपको फुटबल प्रतियोगितामा मोरङको बुल्स ११ लाई हराउँदै आयोजक तीनपोखरी क्लब फाईनलमा प्रबेश गरेको छ ।
आईतबार खाँदबारी रंगशालामा भएको खेलमा मोरङको बुल्स ११ लाई तीनपोखरीले १–० गोलले हराएको थियो ।
तीनपोखरीका तर्फबाट दोश्रो हाफको ५ औ मिनेटमा अविशेषकुमार खड्काले गरेको गोल नै निर्णायक बनेको थियो । बुल्स ११ ले खेल अवधीभर पटकपटक गोल गर्ने पाएको मौका गुमाएको थियो ।
एपीएफ कोशी प्रदेश र चुलाचुली झापा बीच सोमबार दोश्रो सेमीफाईनलको खेल हुनेछ । प्रतियोगितामा ८ क्लब सहभागी छन् ।
प्रतियोगिताको विजेताले ट्रफीसहित नगद दुई लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने छ । उपविजेताले नगद एक लाख १० हजार पाउने छन् भने । प्रतियोेगिताको फाईनल माघे संक्रान्तिको दिन हुनेछ ।
        —

क्याटेगोरी : खेलकुद
ट्याग : #खादबारी, #तिनपोखरी कप, #संखुवासभा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Haze
6:46 am5:48 pm +0545