Techie IT
बिहीबार, वैशाख ४,२०८२

एनपीएल फाइनल : जनकपुरविरुद्ध टस जितेर ब्याटिङ गर्दै सुदूरपश्चिम


काठमाडौं, ६ पुस । नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सविरुद्ध टस जितेको छ ।

शनिबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमका दीपेन्द्रसिंह ऐरीले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् ।

योसँगै अब केहीबेरमा जनकपुरले बलिङ गर्नेछ । फाइनल खेल रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ ।

दुवै टोली उपाधि हात पार्ने लक्ष्यसहित मैदानमा उत्रिने छन् ।

सुदूरपश्चिमको कप्तानमा ऐरी छन् भने जनकपुरको कप्तानमा आसिफ शेख रहेका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले आयोजना गरेको यो प्रतियोगिता नेपाली खेलकुदमै सबैभन्दा ठूलो आर्थिक लगानी भएको प्रतियोगिता हो ।

उपाधि विजेता टोलीले १ करोड १० लाख रुपैयाँ र उपविजेताले ५१ लाख रुपैयाँ प्राप्त गर्नेछ । तेस्रो र चौथो स्थान हासिल गर्ने टोलीले क्रमशः २५ लाख र १५ लाख रुपैयाँ जित्नेछन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #एनपीएल फाइनल


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Light Rain
5:35 am6:30 pm +0545