Techie IT
शुक्रबार, चैत्र २८,२०८१

लिखुगाँउपालिका स्तरिय राष्ट्र्पति रनिङशिल्ड प्रतियोगितामा क्षेत्रपाल मा.बि प्रथम


केदार ढकाल, नुवाकोट । लिखुगाउपालिकाको आयोजनामा भएको दोश्रो गाँउपालिका स्तरिय राष्ट्र्पति रनिङशिल्ड प्रतियोगितामा क्षेत्रपाल मा.बि ले पहिलो स्थान हासिल गरेको छ । ।
स्वास्थ्यको लागी खेलकुद राष्ट्र्को लागी खेलकुद भन्ने नाराका साथ क्षेत्रपाल माबि चौघडामा १४ गते बाट सुरु भएको प्रतियोगिता २० स्वण सहित क्षेत्रपाल मा बि प्रथम भएको हो ।

यस्तै ३ स्वण, ६ रजत सहति ज्योती कुञ्ज ऐकेडेमी द्धित्तिय र ३ स्वण ५ रजत सहित शान्तिकुञ्ज ऐकेडेमीले त्तितिय भएको हो । प्रतियोगितामा ७ वटा स्कुलहरुले सहभागिता जनाएका थिए ।

प्रतियोगिताको समापन गर्दै लिखु गाँउपालिकाका अध्यक्ष ध्रुव श्रेष्ठले देशको सम्बृद्धिमा खेलको महत्वपुर्ण भुमिका हुने बताए । उनले गाँउपालिकाको नीति तथा कार्यक्रममा शिक्षा जत्तिकै महत्वका साथ खेलकुदलाई स्थान दिने बताए ।

२ दिन सम्म संचालन भएको प्रतियोतिामा सहभागी स्कुलहरु लाई १÷१ वटा भलिबल र फुटबल प्रतिनिधिशभा सदस्य बहादुर सिंह लामाले प्रदान गरेका थिए ।

 


क्याटेगोरी : खेलकुद
ट्याग : #लिखुगाँउपालिका


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545