Techie IT
शुक्रबार, चैत्र २८,२०८१

सरस्वतिमा भयो कराँतेको बेल्ट प्रमोशन


प्रदीप ढकाल ,भक्तपुर
श्रावण २६, शनिबार 

चाँगुनारायण नगरपालिका वडा नं. , थाकलमाठ स्थित श्री सरस्वति मा.बि. मा आज माचुसिमा क्योकुसिनकाइकान कराँतेको ब्रान्च गोर्खा क्योकुसिनकाइकान कराँतेको बेल्ट प्रमोशन टेस्ट भएको छ। बिधालय ब्यबस्थापन समितिका अध्यक्ष सञ्जिव पुरी, नेपाल ब्रान्चचिफ राजकुमार गुरूङ, प्रमुख प्रशिक्षक रघु के.सी. तथा अभिभावक लगायतको  उपस्थितिमा ग्रिन बेल्ट तर्फका १२ जना, एल्लो बेल्टतर्फका जना वाइट बेल्ट तर्फका जना गरि ३० जनाको बेल्ट प्रमोशन टेस्ट गरियो सो क्रममा बिधालय ब्यबस्थापन समितिकाअध्यक्ष सञ्जिव पुरीले बिधार्थीहरू निकै अनुशासित रहेको खेल निरन्तरता, मिहिनेतले नै हाम्रो बिधालयका बिधार्थीहरू आज ग्रिन बाटब्राउन बेल्टसम्मको खुट्किलो टेक्न सफल रहेको अबगत गराए। सबैजना खेलसंगै पढाइमा पनि अब्बल रहेकाले अरू बिधार्थीहरूलगाएत सम्पुर्णमा खेललाई पनि जिवनको एउटा पाटोमा संगै लिएर हिड्दा बिधार्थीको स्वास्थ्य स्वास्थ रहने, सामाजिक प्रतिष्ठा साथैतिक्ष्ण  बुद्धि निडर स्वभाव रहने हुनाले कुनै भ्रममा नपरि आफ्नो खेल जीवन अगाडि बढाउनुहुन सबैमा अनुरोध गरे। साथै यस गेमकाखेलाडी बिधार्थीले सहजै एस परिक्षामा समेत राम्रो अंकका साथ सफलता हासिल गर्नुभएको जानकारी समेत सबैमा राखे

त्यस्तै ब्रन्चचिफ राजकुमार गुरूङ्गले बेल्ट टेष्टमा सफल हुने खेलाडी सबैलाई बधाई दिंदै अझै खेलमा उच्च मनोबलका साथ लाग्नअनुरोध गरेका छन्। यस डोजोका प्रमुख प्रशिक्षक रघु के.सीले सबैलाई बधाई दिंदै आगामी दिनमा हुने खेल प्रतियोगितालाई मध्यनजरराख्दै खेलमा एकाग्रताका साथ लाग्न आग्रह समेत गरेका छन्


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545