दोस्रो भक्तपुर अन्तरविद्यालय फुटसल गोल कप-२०१९ आयोजना हुने

भक्तपुरमा भाद्र २३ बाट जिल्ला व्यापी यु- १६ अन्तरविद्यालय फुटसल गोल कप भक्तपुर, २२ भाद्र – ‘हामी सक्छौं’ भन्ने मुल नाराका साथ युवाका साथ साथ आवाज नेपालले दोस्रो भक्तपुर जिल्ला व्यापी यु-१६ अन्तरविद्यालय फुटसल गोल कप-२०१९ आयोजना गर्ने भएको छ ।
प्रतियोगिता सुर्यविनायक र चाँगुनारायण नगरपालिकाको सहयोग र विभिन्न गैरसरकारी संघ संस्था तथा व्यापारीक केन्द्रहरुको सहकार्यमा संचालनमा आउन लागेको हो । प्रतियोगिता यहि भाद्र २३,२४ र २५ गते सञ्चालन हुनेछ । प्रतियोगितामा भक्तपुर जिल्लाका २८ वटा विद्यालयहरुको सहभागिता रहने जानकारी संस्थाका सचिव श्रीकृष्ण थापाले दिएका छन ।
प्रतियोगिताबाट सङ्कलन हुने रकमबाट बालबालिका र युवाहरुको क्षेत्रमा भए रहेका विकृति र विसङ्गतीहरुको विरुद्धमा लड्न अभियान सञ्चालन गर्न लागिएको संस्थाका संस्थापक दिपेश बिसुङ्केले बताए ।
प्रतियोगितामा विजय हुने टिमहरुलाई क्रमश प्रथम पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु २० हजार, दोस्रो पुरस्कार ट्रफी,मेडल,प्रमाणपत्र र नगद रु १० हजार र तेस्रो पुरस्कार ट्रफी,मेडल र प्रमाणपत्र साथै सहभागी विद्यालयहरुलाई प्रमाणपत्रको व्यवस्था गरिएको संस्थाका कोषाध्यक्ष अमर शिवाकोटीले जानकारी दिए । कार्यक्रमको कुल लागत ३ लाख ५० हजार रहेको पनि उनले जनाए ।
कार्यक्रमलाई सभ्य र भव्यताका साथ सम्पन्न गरि सफल बनाउन सम्पूर्ण तयारी पूरा भएको जानकारी संस्थाका अध्यक्ष राजेश घिमिरेले दिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #भक्तपुर अन्तरविद्यालय फुटसल
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्