Techie IT
शुक्रबार, चैत्र २८,२०८१

वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट वैशाखमा


वीर गणेशमान सिंह फाउन्डेसनको आयोजनामा २०८१ वैशाख ४ देखि १६ गतेसम्म वीर गणेशमान सिंह टि२० राष्ट्रिय प्रतियोगिता हुने भएको छ ।

आयोजकले आज काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिता घोषणा गरेको हो । फाउन्डेसनको आयोजनामा संचालन हुने प्रतियोगितामा नागार्जुन नगरपालिका र नागार्जुन खेलकुद विकास समितिको सहयोग रहेको छ ।

प्रतियोगितामा ७ प्रादेशिक टोलीले राउन्ड रोबिन लिगमा प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता काठमाडौंको माथिल्लो मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

आयोजकले घरेलु क्रिकेटको विकाससँगै नेपाल क्रिकेटको बढोत्तरीमा टेवा पुग्ने विश्वाससहित प्रतियोगिता आयोजना गरेको बताएको छ । पत्रकार सम्मेलनमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले घरेलु क्रिकेटमा सहयोग गरेकोमा फाउन्डेसनलाई धन्यवाद दिए ।

‘हामीले यस प्रतियोगितालाई क्यानको क्यालेन्डरमा पनि समावेश गरेका छौं । आशा छ आउने वर्षमा पनि यसले निरन्तरता पाउनेछ । क्रिकेटको लागि पहल लिनुभएकोमा धन्यवाद दिन चाहन्छौं,’ खड्काले भने ।

कार्यक्रमका संयोजक तथा नागार्जुनका मेयर मोहन बहादुर बस्नेत तथा फाउन्डेसनका प्रभास मान सिंहको पनि उपस्थिति थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #वीर गणेशमान सिंह राष्ट्रिय क्रिकेट वैशाखमा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545