नार्गाजुनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न , सीतापाइला मा.बी प्रथम

काठमाडौको नार्गाजुन नगरपालिकामा नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । स्वास्थको लागी खेलकुद , राष्ट्रको लागी खेलकुद भन्ने मूल नाराका साथ नार्गाजुन नगरपालिकाको आयोजनामा सो प्रतियोगिता ३ दिन सम्म चलेको थियो । नार्गाजुन हलचोक स्थीत शसस्त्र प्रहरी खेल मैदानमा आयोजना गरिएको सो कार्यक्रमको सभापत्त्वि नार्गाजुन नगरपालिकाका मेयर मोहन बहादुर बस्नेतले गर्नुभएको थियो भने कार्यक्रममका प्रमुख अतिथि पूर्व प्रधानमन्त्रि प्रकाश मान सिंह रहनु भएको थियो ।
नगरपालिकाभित्रका ३७ वटा बिध्यालयहरुले भाग लिएका सो प्रतियोगिताका बिषेश अतिथिहरुमा प्रतिनिधिसभा सदस्यहरु गणेश पराजुली , विराजभक्तm श्रेष्ठ , पूर्व मन्त्रि एवं प्रदेश सभा सदस्य केशव पोखरेल , उद्धव थापा , प्रदेश सभा सदस्य बाल कुमारी बि.क , नगर उपप्रमुख शुशीला अधिकारी , प्रमुख प्रशासकीय अधिकृत सुमन अधिकारी , वडा अध्यक्षज्य एवं जनप्रतिनिधिहरु , बिषयगत शाखाका कर्मचारी स्थानिय बुद्धीजिवि , प्र.अ , शिक्षक , खेलाडी एवं पत्रकारहरुको उपस्थीती रहेको थियो ।
शसस्त्र प्रहरी खेल मैदानमा सञ्चालित प्रतियोगिताको नगरप्रमुख मोहन बहादुर बस्नेत र प्रकाश मान सिहंले बेलुन उडाएर उद्घाटन गर्नेभएको थियो भने सहभागी ३७ वटा बिध्यालयका बिध्यार्थीहरुले मार्चपास गरेर उद्घाटन सत्रलाई थप रोचक बनाएका थिए ।
सो अवसरमा सहभागी सबैलाई नगरउपप्रमुख शुसीला अधिकारीले स्वागत मन्तब्य राख्नुभएको थियो । कार्यक्रममा बिभिन्न परम्परागत पोशाक सहितका बिध्यार्थीहरुको नृत्यले कार्यक्रम थप रोचक भएको थियो ।
नेपालले हाल खेल क्षेत्रमा हासिल गरेका उपलब्धिबाट केही आशाको किरण पलाएको छ । भलिबल, क्रिकेट, फुटबल, कराँतेले प्राप्त गरेका अन्तराष्ट्रिय सफलतालाई केही हदसम्म उपलब्धि मान्नुपर्छ ।
खेलले देशको प्रतिष्ठामा वृद्धि त गर्छ नै, स्वस्थ नागरिक पनि उत्पादन हुन्छ । साथै सबैलाई स्वस्थ रहनका लागि अभिप्रेरित पनि गर्दछ । खेललाई अझ व्यवस्थित स्वरोजगारीको एक उत्तम स्थल र देशको अर्थतन्त्रमा समेत सघाउ पुर्याउने लक्षय नार्गाजुन नगरपालिकाले राखेको छ ।
उद्घाटन कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथिहरुले खेलालीहरुको मनोबलबृद्धि बढाउदै यसरी शुभकामना मन्तब्य राख्नुभएको थियो ।
नार्गाजुन नगरपालिकाले अल्पकालिन कार्यक्रम मात्र नगरी अब योजनाबद्ध मध्यकालिन तथा दिर्घकालिन कार्यक्रम बनाई खेल सामाग्री , प्रशीक्षक , खेलकुलमैदान जस्ता बिषयहरुलाई केन्द्रमा राखेको छ ।
नगरपालिकाले खेलसँगै अनुशासनलाई जोडेर लैजानुपर्ने र प्रतियोगितालाई सञ्चालन गरेर खेलकुदको विकासमा विद्यार्थीलाई अभिप्रेरित गरेको हो ।
नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड उद्घाटन सत्रलाई सम्बोधन गर्नुहुँदै कार्यक्रममा प्रमुख अतिथि एवं पूर्व उपप्रधानमन्त्रि प्रकाशमान सिंहले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको चर्चा गर्नुहुँदै नगरपालिकाभित्र दक्ष खेलाडी जन्माउन आफुनो सक्दो सहयोग रहने बताउनुभयो ।
यस्तौ कार्यक्रमका सभापति एवं नगर प्रमुख मोहन बहादुर बस्नेतले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गर्नुले खेलकुदको विकासमा अगाडि बढेको छ भन्ने पुष्टि भएको बताउनु भयो । उहाँले खेलकुद क्षेत्रलाई थप प्रोत्सान गर्ने नगरपालिकाले बिभिन्न श्रृजनात्मक एवं रचनात्मक कार्य गर्दे आएको बताउनुभयो ।
यसरी उद्घाटन सत्रपछि कार्यक्रममा बिधिन्न खेलाडीहरुले बिभिन्न खेलहरुप्रर्दशन गरेका थिए ।
कार्यक्रमको तेस्रो दिन वा अन्तिम सत्र इलोन मोोरीयल स्कुलमा भएको थियो । कार्यmममा बिभिन्न बिधाबाट छानिएर आएका बिध्यार्थी खेलाडीहरुलाई ट्रफी शिल्ड, र प्रमाणपत्र उपलब्ध गराइएको थियो ।
प्रथम नगरस्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको प्रथम स्थानहासील गर्ने सफल सीतापाइला मा।बी भएको छ भने दोस्रोमा द– एक्सन पब्लिक सेकेण्डरी स्कुल , तेस्रोमा बाल बिकाश मा।वी र चौथोमा इलोन मोोरीयल स्कुलले ट्रफी जित्न सफल भएको थियो ।
प्रतियोगितामा छात्र र छात्राको भलिबल, कबड्डी, मार्सल आर्टतर्फ कराते, तेक्वान्दो, उसु, एथलेटिक्सतर्फ हाइजम्प, लङजम्प, सटफुट, मिटर रिलेआदी बिधामा भाग लिएका थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #hot, #नार्गाजुनमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न, #सीतापाइला मा.बी प्रथम
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्