Techie IT
शुक्रबार, चैत्र २८,२०८१

प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी


काठमाडौं । अष्ट्रेलियालाई विश्वकपको उपाधि दिलाएका कप्तान प्याट कमिन्स इण्डियन प्रिमियर लिग (आईपीएल) मा कीर्तिमानी मूल्यमा बिक्री भएका छन् ।

मंगलबार भएको अक्सनमा सनराइज हैदरबादले उनलाई २०.५० करोडको बोली लगाएका हो । यससँगै उनी आईपीएलको इतिहासकै सबभन्दा महंगो खेलाडी बनेका छन् ।

उनको सुरुवाती मूल्य २ करोड थियो । सुरुमा चेन्नई सुपर किङ्सले बोली लगायो, त्यसपछि मुम्बई एण्डियन्स आयो । दुईको प्रतिस्पर्धामा चेन्नईले ४.८ करोडको बोली लगायो । त्यसपछि रोयल च्यालेन्जर्स बैंग्लोरले ५ करोडको बोली लगायो ।

बैंग्लोर र चेन्नईको प्रतिस्पर्धा ७.४० करोडसम्म रह्यो । बैंग्लोर ७.८० करोड तिर्न तयार भयो । त्यसपछि कमिन्सलाई बोली लगाउने दौडमा सनराइज हैदरबाद प्रवेश गर्‍यो र, २०.५० करोडमा कमिन्सलाई अनुबन्ध गरेको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #प्याट कमिन्स बने आईपीएलकै महंगा खेलाडी


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545