Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल २१ वर्षपछि एसिया कपमा, इतिहासमै पहिलो पटक भारत र पाकिस्तानसँग प्रतिस्पर्धा गर्ने


राधेश्याम तिमलसिना

काठमाडौं, १९ वैशाख । नेपाल २१ वर्षपछि एसिया कपमा छनोट भएको छ । मंगलबार काठमाडौंको कीर्तिपुरस्थित टियू क्रिकेट मैदानमा भएको एसीसी प्रिमियर कपको फाइनलमा यूएईलाई ७ विकेटले पराजित गर्दै नेपाल एसिया कपमा छनौट भएको हो ।

एसिया कपमा छनोट भएसँगै अब नेपालले बलियो टोली भारत र पाकिस्तानसँग इतिहासमै पहिलो पटक प्रतिस्पर्धा गर्नेछ । एसिया कप २०२३ आगमी सेप्टेम्बरमा पाकिस्तानमा हुनेछ ।

नेपाल, भारत र पाकिस्तान एकै समूह ए मा छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् । सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा स्थान बनाउँदै नेपालले एसिया कपमा पुगेको थियो । त्यो समय फाइनल पुग्ने दुई टोली एसिया कपमा पुग्ने गर्दथे । उक्त फाइनलमा नेपाल युएईसँग ६ विकेटले पराजित भएको थियो ।

तर भारत र पाकिस्तानको आन्तरिक राजनीति र विवादको कारण त्यो वर्ष एसिया कप नै हुन रद्द भएको थियो । त्यसकै कारण नेपाल एसिया कपमा पुगेर पनि खेल्न पाएको थिएन । त्यसपछि नेपाल एसिया कपमा छनोट हुन सकेको थिएन।

अहिले पनि भारत र पाकिस्तानबीच विवाद कायमै छ । भारतले पाकिस्तानमा हुने प्रतियोगितामा भाग नलिने अडान लिइरहेको छ। भारत पाकिस्तानमा खेल्न जान नमाने कि खेल स्थल परिवर्तन गर्नुपर्ने हुन्छ कि त खेल नै रद्द हुने स्थिति रहन्छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #breaking, #नेपाल २१ वर्षपछि एसिया कप


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
19°
Partly Cloudy
5:33 am6:31 pm +0545