Techie IT
आईतबार, वैशाख ७,२०८२

कतार विश्वकप : क्रोएसियाले जित्यो तेस्रो स्थान


काठमाडौं । फिफा विश्वकप कतार २०२२ को तेस्रो स्थान क्रोएसियाले जितेको छ ।

शनिबार साँझ तेस्रो स्थानका लागि भएको क्रोएसिया र मोरक्कोबीचको खेलमा २–१ गोल अन्तरले मोरक्कोलाई पराजित गर्दै क्रोएसियाले तेस्रो स्थान पक्का गरेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलमा क्रोएसियाले खेलको सातौं मिनेटमा नै अग्रता लिएको थियो । जोस्को भार्डीओलले हेडरमार्फत उत्कृष्ट गोल गर्दै क्रोएसियालाई अघि बढाए । फ्रिकिकमा इभान पेरिसिचले दिएको हेडर पासलाई उनले डाइभ दिँदै गोलमा परिणत गरे ।

तर मोरक्कोले २ मिनेटपछि नै गोल फर्कायो । अक्रफ दारीले मोरक्कोलाई सेट पिसमा क्लियर हुन नसकेको बलमा गोल गरेका थिए । उनले फ्रिकिकबाट आएको बललाई क्रोएसियाका डिफेन्डरले क्लियर गर्न नसक्दा हेडरमार्फत गोलतर्फ पठाए ।

४२ औं मिनेटमा क्रोएसियाले पुन: अग्रता लियो । मिस्लाभ ओर्सिचले पेनाल्टी क्षेत्रको बायाँ भागबाट सुन्दर गोल गरे । उनले गरेको प्रहार गोलरक्षक यासिन बोनोको हातमा लाग्दै गोलमा परिणत भएको थियो । त्यही गोलले क्रोएसियालाई तेस्रो स्थान दिलायो ।

प्रतियोगिताको फाइनल भोलि आइतबार साँझ ८:४५ बजे हुँदैछ । । उपाधिका लागि फ्रान्स र अर्जेन्टिना प्रतिस्पर्धामा छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #क्रोएसियाले जित्यो तेस्रो स्थान


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
16°
Mist
5:32 am6:32 pm +0545