फ्रान्स विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा

काठमाडौं । फ्रान्स फिफा विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा पुगेको छ ।
कतारको अल थुमामा स्टेडियममा आइतबार भएको खेलमा फ्रान्सले पोल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको हो । जीतसँगै साविक विजेता फ्रान्स क्वाटरफाइनलमा पुग्ने तेस्रो टोली बन्यो ।
यसअघि हिजो सम्पन्न खेलमा नेदरल्यान्ड्स र अर्जेन्टिना क्वाटरफाइनलमा पुगिसकेका छन् । नेदरल्यान्डसले अमेरिकालाई ३-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो भने अर्जेन्टिनाले अस्ट्रेलियालाई २-१ गोलअन्तरले हराउँदै क्वाटरफाइनमा प्रवेश गरेको हो ।
फ्रान्सले खेलको पहिलो हाफमा एक गोल ग¥यो भने दोस्रो हाफमा दुई गोल थप्यो । खेलको पहिलो हाफमा फ्रान्सका स्ट्राइकर ओलिभिएर जिरुडले गोल गर्दै पहिलो अग्रता लिए । उनले खेलको पहिलो हाफको ४४औँ मिनेटमा किलियन एमबाप्पेको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए ।
त्यस्तै खेलको ७४औं मिनेटमा एमबाप्पेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । उनले ओस्मान डेम्बेलेको पासमा पेनाल्टी क्षेत्रभित्रबाट गरेको प्रहार गोलमा परिणत भएको थियो । त्यसपछि खेलको दोस्रो हाफको अत्तिरिक्त समयमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गरेपछि फ्रान्सको जीत पक्का भएको थियो ।
खेलको दोस्रो हाफको अत्तिरिक्त समयको अन्तिम मिनेटमा पोल्यान्डले पेनाल्टीमार्फत् एक सानत्वना गोल गर्यो ।
विश्वकपमा फ्रान्स समूह डिको विजेताका रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो भने पोल्यान्ड समूह सिको उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको थियो ।
क्याटेगोरी : खेलकुद
ट्याग : #फ्रान्स, #फ्रान्स विश्वकप फुटबल २०२२ को क्वाटरफाइनलमा
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्