Techie IT
शुक्रबार, चैत्र २८,२०८१

प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता शुरु


आठौँ राष्ट्रिय खेलकूद २०७५ अन्तर्गत प्रदेश नं ३ स्तरीय महिला भलिबल छनोट प्रतियोगिता यहाँ बुधबारबाट शुरु भएको छ ।

प्रदेश खेलकूद परिषद्को आयोजना र जिल्ला खेलकूद विकास समिति दोलखाको सहआयोजनामा शुरु भएको भलिबल प्रतियोगितामा १२ जिल्लाका खेलाडी सहभागी भएको आयोजकले जनाएको छ । सहभागी हुने जिल्लामा प्रदेश नं ३ अन्तर्गतको दोलखा, रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर, काठमाडाँै, ललितपुर, नुवाकोट, धादिङ, चितवन, मकवानपुर रहेका छन् । खेल अवधिभर सबै खेलाडीको मूल्याङ्कन गरिने र १२ टिमभित्रबाट खेलाडी छनोट गरी प्रदेश नं ३ को महिला भलिबल टिम बनाइने खेल संयोजक उमेश केसीले बताउनुभयो ।

‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने मूल नारासहित चरिकोट टुँडिखेल मैदानमा शुरु भएको खेल फागुन ११ गतेसम्म सञ्चालन हुने जिल्ला खेलकूद विकास समिति दोलखाका अध्यक्ष हिरा थोकरले बताउनुभयो । दोलखा र काभ्रेबीच भएको पहिलो खेलमा दोलखा तथा भक्तपुर र धादिङबीच भएको खेलमा भक्तपुरले जित हात पारेका छन् ।


क्याटेगोरी : खेलकुद
ट्याग : #महिला भलिबल छनोट


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:41 am6:27 pm +0545