गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ : मिनु र सन्जुमाया क्वाटरफाइनलमा

काठमाडौं । नेपाली सेनाकी मिनु गुरुङ र एपीएफ क्लबकी सन्जुमाया थिङ राजधानीमा जारी गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
महिला ५१ किलो तौल समूहमा गुरुङले मङ्गलबार भएको खेलमा मधेश प्रदेशकी रमिशा श्रेष्ठलाई पराजित गरेकी हुन् । उनी १३औँ दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेतासमेत हुन् । यस्तै सोही विधामा एपीएफकी सन्जुमाया थिङले प्रदेश १ की सुस्मिता श्रेष्ठलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेकी छन् ।
यस्तै महिला ५७ किलो तौल समूहमा बाग्मती प्रदेशकी स्वस्तिका तिरुवाले कर्णाली प्रदेशकी सुशिला थापा तथा प्रदेश १ की सुस्मिता राईले सुदूरपश्चिम प्रदेशकी सन्जिता चौधरीलाई पराजित गरिन् ।
दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । यस्तै पुरुष ५२ किलो तौल समूहमा गण्डकी प्रदेशका आकाश रानाले लुम्बिनी प्रदेशका सुरज ओलीलाई तथा एपीएफका प्रदीप महर्जनले कर्णाली प्रदेशका मोहन गुरुङलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।
यसैगरी पुरुष ५७ किलो तौल समूहमा नेपाल पुलिस क्लबका शम्भु राजवंशीले सुदूरपश्चिम प्रदेशका रामबहादुर थापालाई तथा एपीएफका पुरन राईले बाग्मती प्रदेशका मार्सल गुरुङलाई हराए । दुवै जना क्वाटरफाइनल प्रवेश गरेका छन् । पुरुष ६३ किलो तौल समूहमा एपीएफका सोनाम सार्कीले सुदूरपश्चिमका वीरेन्द्र रावललाई तथा लुम्बिनीका अनिल पुन मगरले प्रदेश नं १ का तोविन प्रधानलाई हराउँदै क्वाटरफाइनलको यात्रा तय गरेका छन् ।
यस्तै पुरुष ६९ किलो तौल समूहमा एपीएफका विक्रम चौधरीले मधेश प्रदेशका सचिन शाक्यलाई तथा लुम्बिनीका विकास राना मगरले गण्डकीका सुनिल विकलाई पराजित गर्दै क्वाटरफाइनल प्रवेश गरेका छन् ।
पुरुष ७५ किलो तौल समूहमा सेनाका दीपेश लामाले लुम्बिनीका गणेश सुनारलाई हराउँदै क्वाटरफाइनल प्रवेश गरेका छन् । वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीले प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगिता शनिबारसम्म चल्ने आयोजक संस्थाले जनाएको छ ।
क्याटेगोरी : खेलकुद, स्थानीय
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्