Techie IT
शनिबार, वैशाख ६,२०८२

आईपीएलमा गुजरातद्वारा पन्जाब किङस ६ विकेटले पराजित


काठमाडौं । आईपीएल टी–२० क्रिकेटमा पन्जाब किङसलाई ६ विकेटले हराउँदै गुजरात टाइटन्सले लगातार तेस्रो जित हासिल गरेको छ ।

मुम्बईमा शुक्रबार राति सम्पन्न खेलमा पन्जाबले दिएको १९० रनको लक्ष्य गुजरातले २० ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । गुजरातको जितमा सुबमन गिलले सर्वाधिक ९६ रन बनाए । पन्जाबका कागिसो राबडाले २ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ९ विकेट गुमाएर १८९ रन बनाएको थियो । पन्जाबका लियाम लिभिङस्टोनले सर्वाधिक ६४ रन बनाए । गुजरातका राशिद खानले ३ विकेट लिए ।

जितसँगै गुजरात ३ खेलमा ६ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । पन्जाब ४ खेलमा २ अंक जोड्दै छैटौँ स्थानमा रहेको छ ।


क्याटेगोरी : खेलकुद, स्थानीय


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Mostly Cloudy
5:33 am6:31 pm +0545