Techie IT
शनिबार, वैशाख ६,२०८२

आइपीएलमा कोलकत्ताको दोस्रो जित


काठमाडौं । पन्जाब किङ्सलाई ६ विकेटले हराउँदै कोलकत्ता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटमा लगातार दोस्रो जित निकालेको छ । शुक्रबार राति पन्जाबले दिएको १३८ रनको लक्ष्य कोलकत्ताले १४ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्यो ।

कोलकत्ताको जितमा आन्द्रे रसेलले अविजित रहदै ७० रन बनाए । यस्तै कप्तान श्रेयस आयरले २६ र साम विलिङ्सले अविजित २४ रन बनाए ।

यस अघि पहिले ब्याटिङ गरेको पन्जाबले १८ ओभर २ बलमा अलआउट हुँदै १३७ रन बनायो । पन्जाबका लागि भानुका राजपाक्षेले ३१ रन जोड्दा कागिसो राबडाले २५ रन बनाए ।

लियाम लिभिङस्टोनले १९, शिखर धवनले १६ तथा हारप्रित ब्रारले १२ रन बनाए । कोलकत्ताका उमेश यादवले ४ विकेट लिदा टिम साउथीले २ विकेट लिए ।

जितसँगै कोलकत्ताले ३ खेलबाट ४ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । पन्जाबको भने यो पहिलो हार हो । पन्जाबले २ खेलमा २ अंक छ ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Partly Cloudy
5:33 am6:31 pm +0545