Techie IT
शनिबार, वैशाख ६,२०८२

त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज : मलेसियाको जित


काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा मलेसियाले पपुवा न्यूगिनीलाई पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा मलेसियाले पपुवा न्यूगिनीलाई आठ रनले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो । जारी प्रतियोगितामा पवुवा न्युगिनीको यो लगातार दोस्रो हार हो ।

हिजो भएको पहिलो खेलमा पपुवा न्यूगिनी नेपालसँग १५ रनले पराजित भएको थियो । मलेसियाले जितको लागि दिएको १८१ रनको लक्ष्य पछ्याएको पपुवा न्यूगिनी १९ दशमलव ३ ओभरमा सबै विकेट गुमाउँदै १७२ रनमा समेटियो । पपुवा न्यूगिनीका लागि टोनी उराले सर्वाधिक ५६ रनको योगदान दिए ।

त्यस्तै नोर्मान भानुवाले ४५ रन बनाए भने सिमोन अटाइले १५ तथा असाद भालाले ११ रन जोडे । मलेसियाका लागि शर्भिन मुनियाण्डीले ४ विकेट लिए । यस्तै मुहमद वाफिक र विरन्दिप सिंहले समान ३–३ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ३ विकेट गुमाएर १८० रन बनाएको थियो । मलेसियाका लागि कप्तान अहमद फाइज र विरन्दिप सिंहले अर्धशतकीय इनिङ्स खेले । वीरन्दीपले अविजित रहदै ५९ रन जोडे भने अहमदले ५६ रन बनाए ।

यस्तै साएद अजिज ४७ रनमा आउट भए । पपुवा न्युगिनीका नोर्मन भानुवाले २ तथा नोसेन पोकानाले १ विकेट लिए ।


क्याटेगोरी : खेलकुद


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
17°
Fair
5:32 am6:32 pm +0545