नेपाली सेना र सुदूरपश्चिम हक्कीकाे फाइनलमा

काठमाडौं । विराटनगरमा जारी शिखर पुरुष गिरिजाप्रसाद कोइराला स्मृति तेस्रो राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा नेपाली सेना र सुदूरपश्चिम प्रदेश विजयी हुँदै फाइनलमा प्रवेश गरेका छन् ।
शुक्रबारको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशलाई ३–१ को गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सुदूरपश्चिमका केशवराज जोशी, नरेन्द्र कार्की र कान्तुराम पनेरुले समान १–१ गोल गर्दै टिमलाई विजयी बनाए । गण्डकीका रोहित लामाले एक गोल फर्काए । खेलको म्यान अफ द म्याच सुदूरपश्चिमका केशवराज जोशी घोषित भए ।
दोस्रो खेलमा नेपाली सेनाले लुम्बिनी प्रदेशलाई ५–१ गोलअन्तरमा पराजित गर्दै फाइनलमा पुगेको हो । सेनाका रोमन राणाले ४ गोल र राजेन्द्र कार्कीले १ गोल गर्दै टोलीलाई विजयी बनाए । खेलको म्यान अफ द म्याच सेनाका रञ्जित राउत घोषित भए ।
शनिबार बिहान तेस्रो स्थानका लागि गण्डकी प्रदेश र लुम्बिनी प्रदेशबीच खेल हुनेछ भने दिउँसो फाइनल खेल नेपाली सेना र सुदूरपश्चिम प्रदेशबीच हुने खेल संयोजक रञ्जन थापाले जानकारी दिए ।
चैत १२ गतेसम्म हुने प्रतियोगितामा विभागीय टोली नेपाली सेनाका साथै प्रदेश १, मधेस प्रदेश, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले नगद ५० हजार, उपविजेताले ३५ हजार र तेस्रो हुने टोलीले नगद १५ हजार रुपैयाँका साथै ट्रफी प्राप्त गर्ने छन् ।
क्याटेगोरी : खेलकुद
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्