बालाजुलाई उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि

आयोजक बालाजु तेक्वान्दो डोजाङ ‘बी’ ले प्रथम उपत्यकाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । समग्रमा टिम च्याम्पियन बनेको बालाजु ‘बी’ ले ६ स्वर्ण, ३ रजत र ३ कांस्य जित्यो ।
दीलिप स्मृति तेक्वान्दो डोजाङले ३ स्वर्ण, ४ रजत र १२ कांस्य जित्दै दोश्रो भयो । तेश्रो स्थानमा चित्त बुझाएको आयोजक बालाजु ‘ए’ ले ३ स्वर्ण, १ रजत र १२ कांस्य हात पा¥यो ।
बालाजुस्थित तरुण माविमा भएको प्रतियोगिताको पुरुषमा आयोजक बालाजु ‘बी’ का सुजन लामा तथा महिलामा द गुर्खाकी प्रिस्का मगर उत्कृष्ट खेलाडी घोषित भए ।
विजेतालाई युएस वेस्ट तेक्वान्दो एसोसिएसन, अमेरिकाका इन्स्ट्रक्टर ग्रान्ड मास्टर सुधोधनमान रन्जित, काठमाडौं जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अरुण बस्नेत, आयोजक बालाजु डोजाङका प्रमुख सुरेश मानन्धरलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा तेक्वान्दो खेलको विकास र विस्तारमा योगदान पु¥याएवापत काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्कालगायतलाई प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । दुईदिने प्रतियोगितामा विभिन्न १६ स्पर्धामा १ सय ४० खेलाडी सहभागी थिए ।
क्याटेगोरी : खेलकुद
ट्याग : #तेक्वान्दो प्रतियोगिता, #बालाजु
धेरै पढिएका
- १एमाले काठमाडौ जिल्ला कमिटीमा ४३ सदस्य मनोनित (सूचि सहित)
- २टोखामा मेयर प्रकाश अधिकारीको २० उदारणीय काम , जसकै देशैभर चर्चा परिचर्चा हुने गर्दछ (सूचि सहित )
- ३तारकेश्वर नगरपालिकाद्वारा फूटबलका पूर्व फिफा रेफ्री राजेश श्रेष्ठ सम्मानित
- ४टोखा झोरमा गोली चल्यो , प्रहरीलद्धारा गोठाटार हत्याकाण्डका अभियुक्त पक्राउ
- ५तारकेश्वरमा काग्रेसकै मेयर र वडाध्यक्ष बिच विवाद , कार्यकारी पनि असन्तुष्ट हुँदा जनताका काम प्रभावित
- ६टोखामा १४०० रोपनी अतिक्रमित जग्गा संरक्षणमा मेयर प्रकाश अधिकारीको प्रभावशाली कदम, अव बसुन्धारा क्षेत्रमा खाली गराइदै
- ७खाँदबारीका मेयरलाई मदिरा सेवन गरि वडाध्यक्षद्धारा कार्यकक्षामै दुर्ब्यवहार
- ८पात्र मात्र होइन, प्रवृत्ति परिवर्तन जरुरी छ
तपाईको कमेन्ट लेख्नुहोस्