Techie IT
शनिबार, वैशाख ६,२०८२

नगरस्तरीय मैत्रीपूर्ण कर्मचारी फुटसलमा तारकेश्वरलाई टोखाको ७ः८ अन्तरले गोल


काठमाडौं । अन्तर नगरस्तरीय मैत्रीपूर्ण कर्मचारी फुटसल प्रतियोगितामा तारकेश्वरलाई टोखाले ७ः८ को अन्तरले गोल गरेर टोखा नगरपालिकाले तेस्रो स्थान प्राप्त गरेको छ । जसमा कीर्तिपुरलाई चन्द्रागिरीले ३ः५ को अन्तरले पराजित गरेर चन्दगिरी प्रथम भएको छ भने कृतिपूर दोस्रो स्थान हासिल गरेको छ ।

तारकेश्वर नगरपालिकाको आयोजनामा तारकेश्वर नगरपालिका, टोखा नगरपालिका, कीर्तिपुर नगरपालिका र चन्द्रागिरी नगरपालिकाको कर्मचारीहरुले फुटसलमा सहभागी भएका थिए ।

पहिलो चरणको खेलमा टोखा नगरपालिका र चन्द्रागिरी नगरपालिकाबीच भएको थियो । उक्त खेलमा चन्दगिरीले धेरैको अन्तरमा टोखालाई पराजित गराएको थियो ।

त्यस्तै कीर्तिपुर र तारकेश्वरको पहिलो चरणमा कीर्तिपुरले जित हासिल गरेको थियो । खेलको समापन कार्यक्रममा तारकेश्वर नगरपालिकाको नगर प्रमुख रामेश्वर बोहरा र टोखा नगर प्रमुख प्रकाश अधिकारी उपस्थित भएर बिजेता खेलाडी प्रथम र दितिय हुनेहरुलाई ट्रफि वितरण गरिनुका साथै्र प्रथम हुनेलाई शिल्ड वितरण गरिएको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #तारकेश्वरलाई टोखा


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545