Techie IT
शनिबार, वैशाख ६,२०८२

नेपाल खेलकुद महासंघद्धारा प्रदेश १ का सामाजिक बिकास मन्त्रीसंग भेटघाट


काठमाडौ । नेपाल खेलकुद महासंघले प्रदेश नं १ का सामाजिक बिकास मन्त्री उषाकला राईसंग भेट गरि समसामयिक विषयमा छलफल गरेको छ ।

भेटमा खेल , खेलाडी र खेलमैदान , प्रशिक्षकहरुको हक हित र अधिकार लगायतका विषयमा महत्त्वपूर्ण छलफल भएको केन्द्रिय उपाध्यक्ष प्रभात बिक्रम कटुवालले बताए ।

महासंघको पहलकदमीमा प्रदेश १ का खेलाडी तथा प्रशिक्षकहरुलाई कोभीड (१९ विरुद्धको खोपको ब्वबस्था मिलाइदिने र क्रमिक रुपमा खेलाडीहरुको समस्यालाई समाधान गर्दे जाने मन्त्री उषाकला राईले प्रतिबद्दता दिनुभएको उपाध्यक्ष कटुवालले बताए ।

कटुवालका अनुसार केन्द्रिय अध्यक्ष रमेशकुमार पौडेलको नेतृत्वमा, बरिस्ठ उपाध्यक्ष पर्शुराम बस्नेत , केन्द्रिय उपाध्यक्ष तथा प्रदेश नं १ का इन्चार्ज प्रभात बिक्रम कटवाल , सह इन्चार्ज सन्तोष बान्तावा राई , सचीव बासु नेपाल , स्थायी कमिटी सदस्य सन्तोशी श्रेष्ठ लगायतको उपस्थिती रहेको थियो ।


क्याटेगोरी : खेलकुद
ट्याग : #नेपाल खेलकुद महासंघ


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545