Techie IT
शनिबार, वैशाख ६,२०८२

प्रधानमन्त्रीद्वारा नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई


प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई बधाई दिनुभएको छ । प्रधानमन्त्रीले आज बिहान ट्वीट गर्दै नेपाल, मलेसिया र नेदरल्याण्डसबीच सम्पन्न त्रिदेशीय अन्तरराष्ट्रिय टि–२० क्रिकेट प्रतियोगितामा नेपाल विजयी भएकामा बधाई दिनुभएको हो ।

शनिबार सम्पन्न नेपाल र नेदरल्याण्डसबीच भएको फाइनल प्रतियोगितामा नेपाल विजयी भएको थियो ।

“नेपालले नेदरल्याण्डसलाई १४२ रनको विशाल अन्तरले पराजित गरी ११ वर्षको इतिहास तोड्दै शानदार विजय हासिल गरेकोमा नेपाली राष्ट्रिय क्रिकेट टीमलाई हार्दिक बधाई ”, ट्वीटमा भनिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #पाली राष्ट्रिय क्रिकेट टोली


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545