Techie IT
शनिबार, वैशाख ६,२०८२

क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता सम्पन्न


सीता पौडेल (अर्चना)

भक्तपुर । नेपाल क्योकुशिन सेशीन कैकान कराँते संघ भक्तपुर डोजोेले आयोजना गरेको प्रदेशस्तरीय क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता २०२१ हालै सम्पन्न  भएको छ । गत चैत्र २९ गतेदेखि चैत्र ३१ गतेसम्म सञ्चालन भएको सो प्रतियोगितामा  पुर्व उद्योग मन्त्री तथा प्रतिनिधी सभाका सदस्य महेश बस्नेत र राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश शिलवाल लगायतले विजयी खेलाडीहरुलाई शिल्ड, मेडल, प्रमाणपत्र तथा नगद पुरस्कारले सम्मान गरेका थिए ।

कार्यक्रममा केन्द्रिय संघका अध्यक्ष, नेपाल ब्रान्चचिफ एवं विश्व क्योकुशिन काई करांतेका उपाध्यक्ष सिहान अशोक कुमार श्रेष्ठले प्रमुख अतिथी सांसद बस्नेतलाई मायाको चिनो प्रदान गरेका थिए ।

त्यस्तै कार्यक्रममा मिस नेवाः नेपाल ११४१ का बिजेता कृषा महर्जन, शसस्त्र प्रहरी नायब उपरीक्षक समिक महर्जन र रोशन भोयद्योलाई कदरपत्रद्धारा सम्मान गरिएको थियो ।

त्यसैगरी कार्यक्रममा मिस नेवाः कृषा महर्जनले विभिन्नप्रदेशबाट सहभागी खेलाडीहरुको मनोबल उच्च पार्न तथा उनिहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले  नेप्लिज फेशन होमको तर्फबाट स्टेशनरी तथा स्कुल ब्याग बितरण गरेकी थिइन ।

त्यस्तै कार्यक्रममा भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष श्रीभक्त कासिछवाले जुरी, निर्णायक र कार्यक्रम सफल पार्न सहयोग गर्ने विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनो प्रदान गरिनुका साथै  कदरपत्रले समेत सम्मान गरिएको थियो ।

भक्तपुर आसापुरी डोजोका सुर्य लामाले संयोजकत्व गरेको सो कार्यक्रमको संचालन भने मिस नेवाः नेपाल २०२१ का उपबिजेता प्रिया तण्डुकार र मिस नेवाः प्रजिता श्रेष्ठले गरेका थिए ।


क्याटेगोरी : खेलकुद
ट्याग : ##क्योकुशिन सेशीन फूल कन्टयाक्ट कराँते प्रतियोगिता, ##भक्तपुर डोजोे, #breaking


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
18°
Mostly Cloudy
5:33 am6:31 pm +0545