Techie IT
बुधबार, वैशाख ३,२०८२

जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बाहुन तिल्पुङ युवामन्च दोस्रो स्थानमा


सिन्धुलि । प्रगतिशिल युवा क्लब भिमान सिन्धुलिको जिल्ला स्तरिय भलिबल प्रतियोगितामा बाहुन तिल्पुङ युवामन्चका खेलाडिहरुले दोस्रो स्थान हासिल गरेका छन्।

सिन्धुलीको कमला माई नगरपालिका वडा नं १० मा आयोजना गरिएको सो प्रतियोगिता प्रगतीशील युवा क्लबले आयोजना गरेको हो । प्रतियोगितामा आयोजक प्रगतीशिल युवा क्लव प्रथम भएको छ भने दोस्रो बाहुन तिल्पुङ युवामन्च भएको हो ।

प्रथम बिजेताले नगद रु पचाँस हजार , दोस्रोले नगद रु २५,००० र तेस्रोले नगद दश हजार सहित ट्रफी र प्रमाण पत्र पाएका छन ।

“मानव स्वास्थ्यका लागि खेलकुदको एकदमै ठूलो महत्व छ। यसमा उमेरको कुनै हदबन्दी हुदैन। बालकदेखि वृद्ध सबैका लागि खेलकुद आवश्यक छ ।

खेलाडीहरु  रिमनाथ अधिकारी , रिमनाथ अधिकारी ,तारा तिमल्सिना , नवीन अधिकारी , लिला अधिकारी ,पाण्डब काफ्ले ,मिलन श्रेष्ठ ,दिबस पहाडि ,दिपक पहाडि , केदार काफ्ले लगायतले कुशलताका साथ खेल कला देखाएका कारण बिजय भएको बाहुनतिल्पुङ युवा मन्चका अध्यक्ष पुरुषोत्तम घिमिरेले बताए ।

 

 

 

 


क्याटेगोरी : खेलकुद
ट्याग : #बाहुन तिल्पुङ युवामन्चे


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
21°
Fair
5:36 am6:30 pm +0545