Techie IT
शनिबार, वैशाख ६,२०८२

टोखा ५ मा व्याडमिटन ट्रस निर्माण ,वडा स्तरीय खेल प्रतियोगिता हुने


काठमाडौं । टोखा नगरपालिका वडा नं. ५ को कार्यालय भवनको प्राङ्गण अगाडि व्याडमिटन ट्रस निर्माण भएको छ । टोखा नगरपालिका वडा नंं ५ को बजेट सहयोगमा ट्रस निर्माण सम्पन्न भएको हो । उक्त आयोजना टोखा नगरपालिका वडा ५ को बजेट सहयोगमा सम्पन्न भएको हो।

उक्त आयोजना निर्माणको लागि ७ लाख ७० हजार, ६७० लागतमा ५४ मिटर लम्बाई भएको ३३ मिटर चौडाईको दुई पाखे ट्रस निर्माण भएको छ । ट्रस निर्माणमा वडा नम्बर ५ को रु. ७ लाख र उपभोक्ता समितीबाट ७० हजार ६७० रकमको सहयोगमा ट्रस निर्माण भएको छ । । ट्रस निर्माणका लागि उपभोक्ता समितिमा श्री समाज खेलकुद बिकास क्लबले टोखा नगरपालिकामा सम्झौता गरि निर्माण प्रक्रिया अघि बढाइएको टोखा ५ का वडा अध्यक्ष जगन्नाथ ढकालले बताउनुभयो।

ट्रस निर्माण भएपछीको पहिलो प्रतियोगितात्मक कार्यक्रम अन्तगर्त आउँदो शनिबार वडा भित्रका आन्तरिक खेलाडीहरुबीच खेलमा प्रतिस्पर्धा हुँदैछ । उक्त कार्यक्रममा वडा अध्यक्ष जग्ग्नाथ ढकाल प्रमुख अतिथिको रूपमा उपस्थित हुने बुझिएको छ ।


क्याटेगोरी : खेलकुद
ट्याग : #व्याडमिटन ट्रस


तपाईको कमेन्ट लेख्नुहोस्


Kathmandu, NP
23°
Mostly Cloudy
5:33 am6:31 pm +0545